Tuesday, September 29, 2020
Home Editor-Picks सौराहा घुम्न आउने पर्यटक भेटिए, बास बस्ने पाइएन

सौराहा घुम्न आउने पर्यटक भेटिए, बास बस्ने पाइएन

चितवन । कोरोना कहर पछि लकडाउनका कारण बन्द भएको सौराहाका होटल रेष्टुरेन्ट खुलेका छन् । गत विहिवारबाट होटल रेष्टुरेन्ट खोलिए पनि पर्यटक नआउदा सौराहा सुनसान देखिन्छ । कोरोना प्रभावसंगै बर्षातको समय भएका कारणले पनि सौराहामा चहल बढेको छैन ।

प्रत्येक बर्ष बर्षातको समयमा सौराहा नजिकै रहेको चितवन राष्टिय निकुञ्ज बन्द हुने गरेको थियो । अहिले कोरोनाको समस्यापछि निकुञ्जसंगै मध्यवर्ती सामुदायिक बन पनि वन्द भएका छन् । पर्यटकको मुख्य आकर्षण रहने निकुञ्ज र बन क्षेत्र खुल्न नसकेकोले सौराहा क्षेत्र सुनसान देखिएको हो ।

सौराहाका होटल तथा रेष्टुरेन्ट स्वास्थ्य सावधानी र छुट प्याकेजसहित सञ्चालनमा आएपनि आएका पर्यटकलाई घुमाउने क्षेत्र बन्द भएका कारण समस्या भइरकेको व्यवसायीहरुले बताएका छन् । आन्तरिक पर्यटकलाई लक्षित गरी व्यवसायीले छुट प्याकेजको घोषणा सहित करिव चारमहिनापछि सञ्चालनमा ल्याएका हुन् ।

क्षेत्रिय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टरार्ईले लामो समयपछि होटल खुल्दा व्यवसायीमा थोरै आसावादी देखिएको भएपनि आउने पर्यटकलाई देखाउने क्षेत्र निकुञ्ज र सामुदायिक वन बन्द भएकाले थप निरास बनाएको बताए । वन र वन्यजन्तुसँग रमाउनका लागि पर्यटक सौराहा आउने गर्दछन् ।

‘सौराहा क्षेत्र खुला भएपछि आन्तरीक पर्यटकको केही चहलपहल बढेको छ’ उनले भने–‘सौराहा आउने पर्यटकको मुख्य आकर्षण निकुञ्ज र वन क्षेत्रमा प्रवेश खुला नभएकाले समस्यामा छौँ ।’ सौराहासंगै जोडिएको पर्यटकीय क्षेत्रलाई खुला गराउन सम्वन्धीत निकायसंग समन्वय भइरहको अध्यक्ष भट्टरार्ईले बताए ।

सौराहा आउने पर्यटकको मुख्य आकर्षण हात्ती चढेर स्थानीय सामुदायिक वनमा रमाउने, राप्ती नदीमा डुङ्गा चढ्ने, जङ्गलमा पैदल यात्रा गर्ने रहन्छ । तर,अहिले वन क्षेत्र वन्द भएका कारण यो सुविधा दिन सक्ने अवस्था छैन । स्थानीय कुमरोज, बाघमारा, चित्रसेन र खोरसोर मध्यवर्ती सामुदायिक वनमा हात्ती चढाएर पर्यटकलाई डुलाइन्छ । यही वन खुलेका छैनन । निकुञ्ज खुला भएपछि मात्र पर्यटकका लागि वन क्षेत्र खुला गरीने तयारी छ ।

स्थानीय र आसपासका क्षेत्रबाट चार महिनापछि खुलेको सौराहा हेर्न आउने क्रम बढेको छ तर वास वस्ने पर्यटक छैनन्

सरकारले जारी गरेको मापदण्डलाई पालना गरेर होटल रेष्टुरेन्ट खोलेको बताउदै अध्यक्ष भट्टराइले होटल सञ्चालन गर्दा सबै होटलले अनिवार्यरुपमा कोभिड–१९ सम्बन्धी आवश्यक जानकारी सूचना टाँस गर्ने, सम्पूर्ण पर्यटकको ज्वरो जाँच, हातधुने र स्यानेटाइजरको व्यवस्था गरिएको जानकारी दिए । होटलमा एक पटक प्रयोग गरेको कोठा ४८ घण्टासम्म प्रयोग नगर्ने मापदण्ड समेत वनाएको उनले बताए ।

स्थानीय र आसपासका क्षेत्रबाट चार महिनापछि खुलेको सौराहा हेर्न आउने क्रम बढेको छ तर वास वस्ने पर्यटक छैनन् । पर्यटकलाई अनिवार्य मास्क प्रयोग गर्न लगाउने, सम्पूर्ण पर्यटकको फोन नम्बरसहित सम्पूर्ण विवरण राख्ने, १०० डिग्रीभन्दा बढी ज्वरो आएको पर्यटकलाई नजिकको स्वास्थ्य चौकीमा पठाउने वा सम्बन्धित निकायमा खबर गर्ने मापदण्ड बनेको अध्यक्ष भट्टरार्ईले बताए ।

लकडाउन सुरु भएपछि सौराहाका होटल व्यवसायीले कर्मचारीलाई विदा दिएर होटल बन्द गरेका थिए । सौराहामा होटलमा प्रत्यक्षरूपमा पाँच हजार बढी कामदारले विभिन्न क्षेत्रमा रोजगारी पाएका छन् । लकडाउनसँगै अधिकांश कामदारलाई होटलले छुट्टी दिएका थिए । पहिलो चरणमा २५ प्रतिशत कर्मचारीलाई काममा फर्काएको अध्यक्ष भट्टरार्ईले जानकारी दिए ।

होटल सञ्चालनमा आएपछि व्यवसायीले छुट प्याकेज घोषणा गरेकाछन् । अवस्था सहज नहुने समयसम्मका लागि नेपाली पर्यटकका लागि लक्षीत गरी ३० प्रतिशत छुट सहितकोृ प्याकेज तयार गरी लागु गरिएको अध्यक्ष भट्टरार्ईले बताएकाछन् ।

व्यवसायीले स्वतःस्फूर्त रुपमा छुटको प्याकेज घोषणा गरेको अवस्था छ संस्थागत रुपमा आउने पर्यटकका लागि अझै छुट हुन सक्नेगरी प्याकेज घोषणा गर्ने तयारी भइरहेको उनले बताए । सौराहामा ११० होटल सञ्चालनमा छन् । सौराहामा १०० हाराहारी रेष्टुरेण्ट छन् ।

(Visited 91 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

सम्झनाका हत्या अभियुक्त सार्वजनिकः प्रमाण बोले पनि आरोपित बोलेनन्

बझाङ । बझाङ प्रहरीले सम्झना कामीका हत्या आरोपीलाई सार्वजनिक गरेको छ । सम्झनाकोे हत्या आरोपमा प्रहरीले २० वर्षीय राजेन्द्र बोहरालाई आज सार्वजनिक गरेको हो...

हिमालय एयरलाइन्सलाई भूमिस्थ सेवा दिने निर्णय खारेज गर्न निगमको माग

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई आफै भूमिस्थ सेवा ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने सम्बन्धमा भएको निर्णय...

बझाङ घटनालाई गम्भीर रुपमा लिएको छु : सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई आफूले गम्भीर रुपमा लिएको बताएका छन् । सिंहदरबारस्थित कार्यकक्षमा बझाङ बलात्कार...

थप १५१३ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार ५१३ जनामा कोरोना भाइरस (कोभिड–१९) सङक्रमण पुष्टि भएको छ । यसैगरी आज कोरोना निको भई ७३१...

भर्खरै

सम्झनाका हत्या अभियुक्त सार्वजनिकः प्रमाण बोले पनि आरोपित बोलेनन्

बझाङ । बझाङ प्रहरीले सम्झना कामीका हत्या आरोपीलाई सार्वजनिक गरेको छ । सम्झनाकोे हत्या आरोपमा प्रहरीले २० वर्षीय राजेन्द्र बोहरालाई आज सार्वजनिक गरेको हो...

तातोपानी नाका असोज १९ देखि खुल्ने

सिन्धुपाल्चोक । पहिरोका कारण सडक सम्पर्क टुटेको तातोपानी नाका यही असोज १९ गतेदेखि खुल्ने भएको छ । नेपाल र चीनका अधिकारीबीच आज मितेरी पुलमा...

हिमालय एयरलाइन्सलाई भूमिस्थ सेवा दिने निर्णय खारेज गर्न निगमको माग

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई आफै भूमिस्थ सेवा ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने सम्बन्धमा भएको निर्णय...

प्रदेश १ मा १६६ जना डिस्चार्ज, १२२ संक्रमित थपिए

मोरङ । प्रदेश १ मा मंगलबार १ सय ६६ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । १ सय २२ कोरोना संक्रमित थपिएका छन्...

धेरै पढिएका

समुदायमा कोरोना देखिएपछि गाउँपालिका एक साता सिल

दमौली । तनहुँको देवघाट गाउँपालिकाका दुई जना समुदायका व्यक्तिमा कोरोना पुष्टि भएपछि गाउँपालिका एक साताका लागि सिल गरिएको छ । कोरोनाको जोखिम न्यूनीकरणका लागि...

चुनाब जितेपछि दोस्रो पटक गाउँ पुगेका मन्त्रीलाई सडकमै मागपत्र

जाजरकोट । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलाई पश्चिम जाजरकोटका स्थानीयवासीले स्वागतसँगै सडकमै मागपत्र बुझाएका छन् । ...

नेपालद्वारा आठ देशका नागरिकलाई ‘अन अराइभल’ भिसा बन्द

काठमाडौं । अध्यागमन विभागले कोरोना संक्रमण धेरै देखिएका आठ देशका पर्यटकलाई विमानस्थल आएपछि दिइने गरिएको अन अराइभल भिसा दिन बन्द गरेको छ । विभागले कोरोना...

जनकपुरमा भारतीयहरुको कोरोना परीक्षण

जनकपुरधाम । उदयपुर र पर्सामा भारतबाट फर्किएका जमातीहरुमा कोरोना संक्रमण भेटिएपछि सचेतना स्वरुप जनकपुरको एक मस्जिदमा रहेका भारतीयहरुको कोरोना संक्रमण परीक्षण गरिएको...

ई-पेपर

(Visited 63 times, 1 visits today)