Saturday, October 24, 2020
Home भर्खरै निको भएका २५ संक्रमित प्लाज्मा दिन इच्छुक

निको भएका २५ संक्रमित प्लाज्मा दिन इच्छुक

१२ अस्पतालले अनुसन्धान गर्दै

काठमाडौं । नेपालमा पहिलोपटक प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचार सफल भएसँगै कोरोना निको भएका २५ जना व्यक्ति प्लाज्मा दिएर जीवनदान गर्न तयार देखिएका छन् ।

कोरोना संक्रमणले गम्भीर अवस्थामा पुगेका बिरामी र प्लाज्मा दिने व्यक्तिको इच्छाअनुसार प्लाज्मा थेरापी विधिबाट उपचार प्रक्रिया सुरु भएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ । त्रिवि शिक्षण अस्पतालमा कन्भालेसेन्ट प्लाज्मा थेरापीबाट एक जना कोरोना संक्रमितको उपचार गरिएको थियो ।

परिषद्ले प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचारका लागि १२ वटा अस्पतालसँग मिलेर अनुसन्धान सुरु गरेको छ । परिद्षका सदस्य सचिव डा. प्रदीप ज्ञवालीका अनुसार नौवटा सरकारी अस्पताल र तीन निजी अस्पतालमा प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचारको तयारी गरिएको छ ।

दातामा हुनुपर्ने मापदण्ड
–आरटी–पिसिआर पद्धतिबाट कोभिड–१९ भएको पुष्टि हुनुपर्ने
–रक्तदान गर्नुपूर्व कम्तीमा १४ दिनअगाडि कोभिड–१९सम्बन्धी लक्षण देखा नपरेको
–रक्तदान गर्दा नेपाल रेडक्रसले तोकेको मापदण्ड पूरा गर्नुपर्ने

प्लाज्मा प्राप्त गर्ने व्यक्तिमा हुनुपर्ने मापदण्ड
– १८ वर्ष पूरा भएको हुनुपर्ने
– आरटी–पिसिआर टेस्टबाट कोभिड–१९ पोजेटिभ रिपोर्ट आएको हुनुपर्ने
– अस्पतालमा भर्ना भई उपचार गराएको हुनुपर्ने
– बिरामीको अवस्था गम्भीर भएको हुनुपर्ने वा ज्यान जोखिममा रहेको हुनुपर्ने
– बिरामी गम्भीर अवस्थामा जान सक्ने भएको पुष्टि चिकित्सकले गरेको हुनुपर्ने

निजी अस्पतालतर्फ नेपाल मेडिसिटी अस्पताल, ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल र ह्याम्स अस्पताल रहेका छन् । यस्तै, धुलिखेल अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, पाटन अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपालगन्ज मेडिकल कलेज, कोसी अस्पताल, नारायणी अस्पताल, भक्तपुर अस्पताल, भेरी अस्पताल र सेती अस्पतालमा प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचार सुरु हुन लागेको हो । यी अस्पतालमा बिरामीको चाप र संक्रमितको आवश्यकताअनुसार प्लाज्मा थेरापी विधिबाट उपचार हुने डा. ज्ञावलीले बताए ।

डा. ज्ञवालीका अनुसार प्लाज्मा दिने व्यक्तिको पिसिआर विधिबाट कोरोना निको भएको पुष्टि हुनुपर्ने, रक्तदान गर्नुअघि कम्तीमा १४ दिनअघि कोरोनाको लक्षण देखा नपरेको हुनुपर्ने र निको भएका संक्रमितले रक्तदान गर्दा नेपाल रेडक्रस सोसाइटीले बनाएको मापदण्ड पूरा गरेको हुनुपर्नेछ ।

यस्तै, प्लाज्मा थेरापीबाट उपचार पाउने व्यक्ति १८ वर्ष पूरा भएको, पिसिआर विधिबाट कोरोना संक्रमित भनेर पुष्टि भएको,अस्पतालमा भर्ना भई उपचार गराएका, स्वास्थ्य अवस्था गम्भीर भएको र चिकित्सकले गम्भीर अवस्था छ भनेर पुष्टि गरेको हुनुपर्नेछ ।

यो पनि पढ्नुहोस   ४४९९ कोरोना संक्रमित थपिए, थप १७ जनाको मृत्यु (तथ्यांकसहित)

कन्भ्यालेसन प्लाज्मा थेरापी एक किसिमको सम्भाव्य अवलोकन क्लिनिकल अध्ययन हो । नोबेल कोरोना भाइरसको एन्टिबडी भएको कन्भ्यालेसन प्लाज्मा कोभिड– १९ को गम्भीर प्रकृतिका बिरामीको उपचारका लागि अविलम्ब विकल्पका रूपमा रहेको छ ।

उमेर, लिंग, अस्पतालमा भर्ना र डिस्चार्ज भएको मिति, गर्भवती भए नभएको र रगतको समूह दातालाई जानकारी गराउनुपर्ने हुन्छ । चिकित्सकका अनुसार प्लाज्मा मानिसको रगतमा पाइने एक किसिमको तरल पदार्थ हो । यसले शरीरमा आवश्यक पर्ने भागमा प्रोटिन पु¥याउने काम गर्छ । रगतमै पाइने एन्टिबडी पनि एक किसिमको प्रोटिन हो । यसले शरीरमा विभिन्न किसिमका रोगबाट हुने आक्रमणको प्रतिरोध गर्छ ।

उपत्यका थप जोखिममा, संक्रमित ६६५ पुगे
सोमबार काठमाडौं उपत्यकामा ५१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४३, ललितपुरमा ३ र भक्तपुरमा ५ जनामा कोरोना संक्रमण देखिएको हो ।

काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ४ सय ९३, ललितपुरमा १ सय ८ र भक्तपुरमा ६४ पुगेको छ । यससँगै कुल संक्रमितको संख्या ६ सय ६५ पुगेको छ ।

यसैबिच, देशभर रहेका क्वारेन्टिनमा बस्नेको संख्या घट्दै गएको पाइएको छ । दुई महिनाको अवधिमा १ लाख २३ हजार ५ सय २३ जना बाहिरिएका छन् । गत २३ जेठमा १ लाख ३३ हजार ९ सय ७५ जना क्वारेन्टिनमा रहेकामा यो संख्या घटेर १० हजार ४ सय ५२ मा झरेको छ ।

अहिले दैनिक ५ सय बढीले क्वारेन्टिन छोड्दै गएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थलमार्गबाट आएका व्यक्तिलाई स्वाब संकलन नगर्दासम्म क्वारेन्टिनमै राख्न भनेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले भने, ‘स्वाब संकलन नगर्दासम्म स्थलमार्गबाट आएका सबै क्वारेन्टिनमा बस्नै पर्छ । भौतिक दुरी पूर्णतः कार्यान्वयन गर्नुपर्ने हुन्छ ।’

पछिल्लो २४ घण्टामा देशभर थप ४ सय १८ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ५७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । संक्रमितमध्ये हालसम्म १४ हजार ९ सय ६१ जना डिस्चार्ज भएका छन् । हालसम्म ३ लाख ९८ हजार ९ सय ७ जनाको आरटी–पिसिआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ ।

(Visited 112 times, 1 visits today)
Loading comments...

आजको समाचार

कोभिड–१९ बाट सुदूरपश्चिममा २१ जनाको मृत्यु

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमण ९ कोभिड–१९० बाट हालसम्म २१ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा...

साताका लोकप्रिय समाचार

थप ३०९३ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार ९३ जनामा कोरोना भाइरस (कोभिड –१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको...

२० मिनेटमा टोटेनह्यामको ३ गोल, तर सम्हालिन सकेन

लन्डन । इंग्लिस प्रिमियर लिगमा टोटनह्यामले वेष्टह्याम युनाइटेडसँग तीन गोलको बराबरी खेलेको छ । घरेलु मैदानमा भएको खेलमा टोटनह्याम ३ गोलको अग्रता जोगाउन सकेन...

७ सय ७९ सदस्यीय जसपाको केन्द्रीय समिति घोषणा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्को अध्यक्षमा डा. बाबुराम भट्टराई नियुक्त भएका छन् । जसपा कार्यकारिणी समितिको मंगलबार सम्पन्न दुई दिने बैठकले...

किसानको मर्का बोध गर

पर्वहरु लाइन लागेर आइसके । दसैं, तिहार र छठलगायतका पर्व उछिनपाछिन गर्दै आइरहेका छन् । ती सबैको आफ्नो गच्छेअनुसार स्वागत र बिदाइ गर्नुपर्नेछ ।...

दैलेखमा बस र टिपर दुर्घटना, ३ जनाको मृत्यु १५ घाइते

दैलेख । मंगलबार कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका जाँदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बसमा सवार १४...

ट्रेन्डिङ

गणित विषयको विवाद उठेपछि अध्ययन कार्यदल गठन

काठमाडौँ । पाठ्यक्रम विकास केन्द्रले राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ को साधारण शिक्षातर्फ कक्षा ११ र १२ को विज्ञान विषयमा गणित विषय अनिवार्य हुनुपर्ने माग...

लकडाउनमा सक्रिय र बिन्दास कर्मचारी

कोभिड–१९ का कारण लामो समयदेखि मुलुकी प्रशासन पनि अन्योलको भूमरीमा परेको छ । यस अवस्थामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरू आआप्mनो...

बार्सिलोनाले मार्टिनेजलाई १ सय मिलियन खर्चनुपर्ने

लन्डन । इटालियन क्लब इन्टर मिलानका स्पोर्टिङ डाइरेक्टर पिएरो एसिलियोले आफ्ना अर्जेन्टिना फरवार्ड लोउटारो मार्टिनेजको लागि १ सय मिलियन पाउन्ड नै खर्चनुपर्ने बताएको छ...

बजेटमा छायांकन नेपाल र बन्द हललाई सहुलियत

काठमाडौं । आर्थिक वर्ष २०७७-७८ को बजेटमा छायांकन नेपाल परियोजना र कोभिड–१९ का कारण बन्द रहेको सिनेमा घरलाई सहुलियत दिने पक्षलाई समेटिएको छ ।...

चीनका राष्ट्रपतिद्वारा प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभको कामना

काठमाडौँ । चीनका राष्ट्रपति सी चिनफिङले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । राष्ट्रपति सीले प्रधानमन्त्री ओलीलाई आज एक सन्देश पठाएर...

अब ७५ रुपैयाँमा विषदीरहित एकछाक खाना

काठमाडौँ । नेपाल युथ डेवलपर क्लबले अबको एक वर्षभित्र २० हजार युवालाई रोजगारी दिने उद्देश्यका साथ विषादीरहित सस्तो र गुणस्तरीय किचेन...

तातोपानी नाकाबाट आयात–निर्यात सहजरूपमा गर्ने निर्णय

मेलम्ची । नेपाल र चीनका सरकारी अधिकारीबीच तातोपानी नाकाबाट स्वास्थ्य सामग्री र अत्यावश्यक खाद्यान्न आयात–निर्यात सहज रूपमा गर्ने निर्णय भएको छ ।...

आरडीटी परीक्षण नगर्न सुझाव : क्वारेन्टिनमा बसेकाको पीसीआर नगर्दा जोखिम बढ्दै

काठमाडौं । सरकारले क्वारेन्टिनमा बस्दै आएका सबै नागरिकको आरटीपीसीआर परीक्षण नगर्ने भएको छ । तर, विज्ञहरूले भने भरपर्दो र विश्वसनीय भएकाले पीसीआर परीक्षण गर्नुपर्ने...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन देउखुरीमा राख्ने तयारी

देउखुरी । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन प्रादेशिक राजधानी देउखुरीमा राख्नेबारे गृहकार्य शुरु भएको छ । स्थायी राजधानीको टुंगो लागिसकेका अवस्थामा प्रदेशसभा बैठक सञ्चालन गरेर स्थायी...

डा. भट्टराई–हिसिलालाई काेराेना संक्रमण

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
यो पनि पढ्नुहोस   कोभिड–१९ बाट सुदूरपश्चिममा २१ जनाको मृत्यु
नेता...

बैतडीका सबै मन्दिरमा यसपाली पशुबलि नदिइने

बैतडी । सुदूपश्चिमकै धेरै पशुबलि हुने बैतडी जिल्लामा यो बर्ष कोरोना कहरका कारण बलि चढाउन रोक लगाईएको छ । एकै सक्तिपिठमा १हजार बढि रांगा,बोकाको...

बिपी प्रतिष्ठानमा कोरोना संक्रमितले  ६० हजार धरौटी राखेर मात्र भर्ना पाउने

धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ । यही कात्तिक...

भर्खरै

कोभिड–१९ बाट सुदूरपश्चिममा २१ जनाको मृत्यु

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमण ९ कोभिड–१९० बाट हालसम्म २१ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा...

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन देउखुरीमा राख्ने तयारी

देउखुरी । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन प्रादेशिक राजधानी देउखुरीमा राख्नेबारे गृहकार्य शुरु भएको छ । स्थायी राजधानीको टुंगो लागिसकेका अवस्थामा प्रदेशसभा बैठक सञ्चालन गरेर स्थायी...

डा. भट्टराई–हिसिलालाई काेराेना संक्रमण

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ । नेता...

बैतडीका सबै मन्दिरमा यसपाली पशुबलि नदिइने

बैतडी । सुदूपश्चिमकै धेरै पशुबलि हुने बैतडी जिल्लामा यो बर्ष कोरोना कहरका कारण बलि चढाउन रोक लगाईएको छ । एकै सक्तिपिठमा १हजार बढि रांगा,बोकाको...

धेरै पढिएका

ढिके नुनसँग भटमास र बेथे साट्दै किसान

डोटी । चाडपर्व नजिकिएसँगै गाउँमा आफूले फलाएका भटमास र बेथे बोकेर ढिके नुनसँग साट्न जिल्लाका किसान प्रमुख बजारमा धाउन थालेका छन् । किसानले प्रतिकिलो भटमाससँग...

साझा पार्टीका प्रदेस सभा सदस्य शाक्यले दशैं भत्ता नलिने

काठमाडौं । साझा पार्टीको बागमती प्रदेश सभा सदस्य शोभा शाक्यले दशैं भक्ता फिर्ता गर्ने भएकी छिन् । कोभिड १९ को महामारीका कारण देश संकटमा...

नवरात्रको छैटौँ दिन आज कात्यायनीको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको छैटौँ दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी...

यसरि नष्ट गरियो म्याद गुज्रेका खाद्य सामग्री

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाले म्याद नाघेका करिब २ लाख बराबरको समान बरामद गरी नष्ट गरेको छ । चन्द्रपुर नगरपालिकाकी उप प्रमुख रामरती चौधरीको...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 83 times, 2 visits today)