Wednesday, September 22, 2021
Your Ads Here
Homeबिचारकहाँ गयो रासायनिक मलको अनुदान !

कहाँ गयो रासायनिक मलको अनुदान !

,
sharethis

नेपालमा हरेक वर्ष मल आपूर्ति गर्न सरकारले रासायनिक मल अनुदान बढाउँदै लगे पनि त्यसमार्फत किसानले पाउनुपर्ने सुविधा पाउन सकेका छैनन् । त्यति मात्र होइन, किसानले बर्सेनि खेतीका लागि आफूलाई आवश्यक पर्ने मात्रामा मल पनि पाउन नसक्नुका कारण भनेको जति मात्रामा खेती उत्पादन गर्न सकेका छैनन् । हिउँदे बालीका लागि त्यति धेरै मलको आवश्यकता नपरे पनि खेतीमा हुने परिमाणका कारण बर्खाको धान बालीमा आवश्यक पर्ने मल हरेक वर्ष अभाव हुने गरेको छ । यस समयमा किसानले रासायनिक मलको चरम अभाव झेल्दै आएका छन् । किसानको सरकारप्रति विश्वास निकै नै घट्दै गएको छ । किसान या त मलबिना रोपाइँ गरिरहेका छन्, या त थोरै मलका लागि पनि बिचौलियाको सिकार भइरहेका छन् । तर, सरकारी अनुदान लागतको आँकडा हेर्ने हो भने विगत ६ वर्षभित्र मात्र दुई गुणाले बजेट वृृद्धि गरेको देखिएको छ ।

तुलनात्मक अध्ययनका हिसाबले आर्थिक वर्ष २०७०÷७१ मा रासायनिक मल अनुदानका लागि सरकारले ५ अर्ब ३० करोड ८ लाख ७७ हजार २ सय ६४ रुपैयाँको बजेट विनियोजन गरेको थियो भने ६ वर्षभित्रै त्यो तथ्यांक बढेर आर्थिक वर्ष २०७६÷७७ मा १० अर्ब ५२ करोड ५ लाख १० हजार रुपैयाँ पु¥याइएको देखिन्छ । यो बजेट परिमाणका हिसाबले डबल नै हो । तर, यसले जनतामा केही असर पारेको छ वा छैन यसको कुनै लेखाजोखा छैन । सरकार यसको बारेमा बेखबरझैं देखिन्छ । सरकारी बजेट अनुदान छुट्याएको भनेर प्रचारात्मक रूपमा निकै बजार बनाए पनि आखिर जनताको हातमा रासायनिक मल पुग्न सकिरहेको छैन । जनता बिचल्लीमा छन् । उनीहरूका लागि न त सरकारले बेलैमा रासायनिक मल उपलब्ध गराएको छ, न त सहुलियत ऋण दिने व्यवस्था नै । बरु यो रकम कहाँ र कसरी खर्च भइरहेको छ यसका बारेमा अनुसन्धान र पारदर्शितासमेत छैन ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   राजनीतिमा व्यक्तिको होइन, कार्यशैलीको महत्व हुन्छ

हरेक वर्ष किसानका लागि या त बजेट भाषणमा मात्र मल उपलब्ध गराइएको छ, या त कागजी घोषणा पत्रमा मात्र । वास्तविकतामा किसान मलविहीन र अनुदानविहीन अवस्थामा छन् । सरकारले अनुदानको रासायनिक मल आयात बिक्रीको जिम्मा कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलाई दिएको छ । कृषि सामग्रीले ७० प्रतिशत र साल्ट टे«डिङले ३० प्रतिशत अनुदानको मल बिक्रीवितरण गर्ने गरेको लेखा परीक्षणमा देखाइने गरिएको छ । तर, वास्तवमा यी दुवै कम्पनीले किसानका लागि न त समयमा मल आयात गरेका छन्, न त अनुदानको मल उपलब्ध गराउन गरेका छन् । यस वर्ष त लाजै नमानी कोरोनाको संक्रमणलाई कारक बनाएर दायित्वबाट पन्छिएका छन् । भनिन्छ, नेपालका लागि मगाइएको २१ हजार ५ सय टन युरिया मल भारतको कोलकातामै बेवारिसे अवस्थामा छाडिएको छ । यता देशभित्र भने वितरणका लागि भण्डारमा मल पनि छैन, आउला भन्ने आशा पनि छैन । तराईमा यस वर्ष पनि बिना मलबिना रोपाइँ सकिएको छ । सरकार यस विषयमा थप संवेदनशील बन्न जरुरी छ ।

तपाइको प्रतिक्रिया

(Visited 163 times, 1 visits today)

आजको समाचार

बजेट व्यवस्थापनमा ध्यान देऊ

ओली सरकारले ल्याएको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न देउवा सरकारले प्रतिस्थापन विधेयक ल्याएर प्रतिनिधिसभामा प्रस्तुत गरी पारित गरेपछि बजेट होलिडेका कारण देशमा दैनिक काम धान्न...

बालुवाटारमा गठबन्धनकाे बैठक जारी

  काठमाडाैं ।  सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा  केहीबेरअघिदेखि सुरु भएको बैठकमा सरकार विस्तारका विषयमा छलफल हुने भएकाे छ...

पहिरोले घर पुरिदा एकै परिवारका तीन छोरीको मृत्यु

  गुल्मी । गुल्मीमा पहिरोल घर पुिरदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका –८ थुम्कामा तिलक परियारको घर पुरिदा उनकी छोरीहरु २१...

अध्यादेश खारेज नभई जसपाले मन्त्री पठाउँदैन : उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नभएसम्म सरकारमा नजाने अडान लिएका छन् । अध्यादेश खारेजपछि मात्र...

ओली सरकारले नियुक्त गरेका सबै राजदूत फिर्ता

काठमाडौं । सरकारले नेपालका लागि अमेरिकी राजदूत पूर्वअर्थमन्त्री डा. युवराज खतिवडासहित केपी शर्मा ओलीको पालामा नियुक्त भएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ...

साताका लोकप्रिय समाचार

म्युजिक भिडियो ‘सोच्दैछु’ सार्वजनिक

काठमाडौं । म्युजिक भिडियो 'सोच्दैछु' सार्वजनिक भएको छ। सुजन अधिकारिको शब्द तथा स्वर रहेको गीतमा इन्द्र आरपीको संगीत सुन्न सकिन्छ। गीतलाई एरेन्ज सुरज साही...

नेपाल अमेरिकासँग पराजित

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपाल अमेरिकासँग छ विकेटले पराजित भएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा गए...

मोडल कुन्साङ बोम्जन फिचर्ड ‘केवल तिमीभित्रै’

काठमाडौं । सामाजिक कार्यको साथमा नेपाली गीत संगीतमा सक्रिय स्रष्टा र सर्जकको सिर्जनालाई बचाई राख्ने उदेश्य साथ स्थापित स्मुल सिङ्गिङ ओपन ग्रुपको प्रस्तुतिमा रहेको...

पञ्चायतले ०३५ सालमा मृत्युदण्ड दिएकाे क्याप्टेन यज्ञबहादुर थापालाई ०७८ मा पदक

ओखलढुंगा । क्याप्टेन यज्ञबहादुर थापाले सहादत प्राप्त गरेको ४३ वर्ष भइसकेको छ । सरकारले आइतबार घोषणा गरेको मानपदवी पाउनेको सूचीमा थापाको नाम ‘प्रसिद्ध प्रबल जनसेवाश्री’...

किन हुन्छ सीमा क्षेत्रमा सशस्त्र प्रहरीमाथि बारम्बार आक्रमण ?

काठमाडौं । कञ्चनपुरमा सोमबार साँझ भारतीय तस्कर समूहको आक्रमणबाट नेपालका तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । साँझ करिब ८ बजेको समयमा दोधाराचाँदनी...

ट्रेन्डिङ

पेट्रोलियम प्रदार्थको मुल्य बृद्धि, पेट्रोलको मुल्य प्रतिलिटर १२० रुपैयाँ पुग्यो

काठमाडौँ । पछिल्लो समय पेट्रोलियम प्रदार्थमा निरन्तर मुल्य बृद्धि भइरहेको छ । पेट्रोलमा मात्र प्रतिलिटर १ यस २० रुपैयाँ पुगेको छ । चालु आर्थिक...

एमाले विवाद: ओली र नेपालको आ–आफ्नै रणनीति

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का शीर्ष नेता आ–आफ्नै रणनीतिमा अगाडि बढ्न खोजेपछि पार्टी एकताबद्ध हुनसकेको छैन । एमाले अध्यक्ष केपी शर्मा ओली र...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)