नेवार समुदायमा गाईजात्राको महत्व

नेपाल विश्वमा एक मात्र धार्मिक एवं सांस्कृतिक विविधता रहेको देश हो । यहाँ भिन्नभिन्न जातजाति र धर्मका मानिस बस्दै आएका छन् । विभिन्न धर्म मान्ने मानिसहरू विभिन्न चाडपर्व मनाउँछन् । त्यसमध्ये गाईजात्रा पनि एक हो । यो चाड विशेषगरी काठमाडौं उपत्यकाका नेवार जातिले मनाउने गर्छन् । प्रत्येक जात्रा तथा मेलाको आफ्नै विशेषता र महत्व हुन्छ । गाईजात्रा सुरुवात मल्ल राजा प्रताप मल्लले गरेका हुन् । उनले छोराको मृत्युमा शोक मनाइराखेको रानीलाई खुसी पार्न गाईजात्राको सुरुवात गदै ‘हाम्रा घरमा मात्रै मान्छे मरेका होइनन्’ अरूको घरमा पनि मरेका छन् भन्ने महसुस आफ्ना रानीलाई गराएका थिए । गाईजात्राका दिन वर्षभरि मरेका आफन्तका नाममा गाई वा मरेका मानिसको तस्बिर लिएर राजधानी घुम्ने चलन छ । यसलाई अत्यन्त महत्वपूर्ण जात्राका रूपमा लिने गरिन्छ । ’cause यस दिन आफन्त र परिवारका सदस्यलाई गुमाएकाले पनि दुःख प्रकट गर्ने अवसर पाउँछन् ।

त्यसैगरी, मृत्यु भएका आफन्तको सम्झनामा दीनदुःखीलाई दान दिने चलन छ । गाईजात्राको अवसर पारेर थुप्रै कलाकारले विभिन्न हास्यव्यंग्य कार्यक्रम प्रस्तुत गर्छन् । देशका विभिन्न क्षेत्रमा रहेका विकृति र विसंगतिमाथि व्यंग्य गर्दै सबै नेपालीलाई मनोरञ्जन प्रदान गर्छन् । हाम्रा पुर्खाले गाईजात्रालगायतका अन्य थुप्रै संस्कृति र चाडवर्पको सुरुवात गरेर तिनको निरन्तरता एवं संरक्षण गर्न हाम्रा हातमा सुम्पिएका छन् गाईजात्राको चलन नेवार समुदायमा मनाइने ठूलो पर्व हो । यो पर्व जहाँजहाँ नेवारको बसोबास छ त्यहाँ विशेष रूपमा मनाइएको पाइन्छ । गाईजात्राको दिन गाई घुमाउनुको अर्थ हो मरेका व्यक्तिहरू गाईको पुच्छर समातेर वैतरणी पार गर्न सजिलो हुन्छ र यमराजले पनि स्वर्गको ढोका खोलिदिन्छ भन्ने जनधारणा रहेको छ । यस दिन गाई निकाल्ने घरमा आफ्नो छोरीबेटी, इष्टमित्र, गाउँटोलका सम्पूर्ण मानिसलाई बोलाई भोज खुवाउने गरिन्छ । काठमाडौं टोल टोलमा पु¥याएर नाच्दै–घुमाउँदै आफ्नो घरमा फर्कने गर्दछन् । यस दिन स्वर्गको ढोका खुला हुन्छ । गाईलाई यसरी घुमाउनाले मृतक स्वर्ग जान सक्छ भन्ने जनधारणा रहेको छ ।

आज आएर गाईजात्रा समसामयिक विसंगतिलाई अभिव्यक्त गर्ने एक सशक्त माध्यम पनि बनेको छ

गाईजात्राको सुरुवात कहिलेदेखि नेपालमा भयो भन्ने कुराको चासो हुनु स्वाभाविकै छ । ऐतिहासिक पृष्टभूमिलाई हेर्दा भक्तपुरका मल्ल राजा जगतप्रकाश मल्लको पाला देखि यो पर्व चलेको पाइन्छ । तत्कालीन मल्ल राजाले जनताको अभिब्यक्ति केकस्तो किसिमको छ ? भन्ने कुरा जान्नको लागि यो चलन चलाएका रहेछन् । त्यसपछि राजाले गाईजात्रा महोत्सव चलाई जनतालाई चित्त नबुझेका कुरा राजा, राज्य, शासन समाज आदिका समसामयिक विषयमा निर्धक्क साथ बोल्न र हिँड्न पाउने अधिकार दिए । यसप्रकार प्रजातन्त्रको आभास दिने खालको चलन राजा जगतप्रकाशले सुरुआत गरे । त्यस बेलादेखि जनताले गरेका आलोचना राजाका गुप्तचरले बटुली राजासमक्ष पेस गर्दथे । त्यस बेलाका शासकलाई आफूले गल्ती गरेको गलत कानुन र शासनव्यवस्थालाई सुधार गर्दै लग्ने अवसर पाएका थिए । यसबाट राजा र जनतामा राम्रो सम्बन्ध कायम भएको थियो । तसर्थ जनता र राजाका बीच सम्बन्ध सुमधुर भयो । पछि गएर राजा र जनताका बीच छलफलको लागि एक सन्देशमूलक रूपमा गाईजात्राको परम्परा सुरुवात भयो ।

समग्रमा भन्नुपर्दा नेवारी समुदायमा अहिलेसम्म पनि एउटा लोकप्रिय जात्राका रूपमा गाईजात्रा मनाइँदै आएको छ । नेवारी समुदायले मनाउने विभिन्न चाडपर्वमध्ये गाईजात्रा पनि एक महत्वपूर्ण पर्व हो । गाईजात्रा पर्व मनाउने क्रममा केही वर्षयता केही नयाँ चलन पनि थपिँदै आएका छन् । घरमा कोही पनि नमरेका परिवारले पनि विशुद्ध मनोरञ्जनका लागि भए पनि यो चाड मनाउन थालेका छन् । अनुहारमा मुकुन्डो लगाएर वा मुखमा अनेकौं चित्र कोरेर अथवा जोगीको भेषमा थोत्रो लुगा लगाएर मानिस सडकमा निस्केको देखेर त्यसलाई हेर्ने जो कोहीलाई हाँसो उठ्नु स्वाभाविक हो । गाईजात्राले कुनै पनि सरकारको कार्यशैलीलाई जनमुखिरूपमा जस्ताको तस्तै रूपमा छर्लङ उत्तानु नै वास्तविक हो । काठमाडौं उपत्यकाको नेवार समुदायमा हरेक वर्ष गाईजात्रा महोत्सव मनाउँदै आइरहेको छ । हाम्रो देशमा धार्मिक एवं सांस्कृतिक विविधता रहेको छ । यहाँ भिन्नभिन्न जातजाति र धर्मका मानिस बस्दै आएका छन् । विभिन्न धर्म मान्ने मानिसहरू विभिन्न चाडपर्व मनाउँछन् । त्यसमध्ये गाईजात्रा पनि एक हो ।

नेवार जातिमा गाईजात्राका दिन वर्षभरि मरेका आफन्तका नाममा गाई वा मरेका मानिसको तस्बिर लिएर राजधानी घुम्ने चलन छ

यो चाड विशेषगरी काठमाडौं उपत्यकाका नेवार जातिले मनाउने गर्छन् । प्रत्येक जात्रा तथा मेलाको आफ्नै विशेषता र महत्व हुन्छ । गाईजात्रा सुरुवात मल्ल राजा प्रताप मल्लले गरेका हुन् । उनले छोराको मृत्युमा शोक मनाइराखेको रानीलाई खुसी पार्न गाईजात्राको सुरुवात गरेका थिए । यसरी राजाले अरुको घरमा पनि मानिस मरेका छन् भन्ने महसुस आफ्ना रानीलाई गराएका थिए । गाईजात्राका दिन वर्षभरि मरेका आफन्तका नाममा गाई वा मरेका मानिसको तस्बिर लिएर राजधानी घुम्ने चलन छ । यसलाई अत्यन्त महत्वपूर्ण जात्राका रूपमा लिने गरिन्छ । ’cause यस दिन आफन्त र परिवारका सदस्यलाई गुमाएकाहरूले पनि दुःख प्रकट गर्ने अवसर पाउँछन् । त्यसैगरी मृत्यु भएका आफन्तको सम्झनामा दीनदुःखीलाई दान दिने चलन छ । गाईजात्राको अवसर पारेर थुप्रै कलाकारले विभिन्न हास्यव्यंग्य कार्यक्रम प्रस्तृत गर्छन ।

देशका विभिन्न क्षेत्रमा रहेका विकृति र विसंगतिमाथि व्यंग्य गर्दै सबै नेपालीलाई मनोरञ्जन प्रदान गर्छन् । हाम्रा पुर्खाले गाईजात्रालगायतका अन्य थुप्रै संस्कृति र चाडवर्पको सुरुवात गरेर तिनको निरन्तरता एवं संरक्षण गर्न हाम्रा हातमा सुम्पिएका छन् । त्यसैले देशमा विदेशी भाषा, शैली र परम्परा भित्रियो भन्दैमा आफ्नो देशको धर्म, संस्कृति, भाषा र शैलीलाई चटक्क बिर्सिन हुँदैन ।

गाईजात्रा त हाम्रो संस्कृतिको एक नमुना मात्र हो । यस्ता जात्रा हाम्रो देशमा थुप्रै छन् र तिनको संरक्षण गर्नु हामी सबैको कर्तव्य हो । यस पर्वले सामाजिक एवं राजनीतिक विकृतिलाई व्यंग्यत्मक रूपमा प्रस्तुत गरिन्छ । हाम्रो देशमा पञ्चायती व्यवस्था अन्त्य गर्न र लोकतान्त्रिक व्यवस्था स्थापना गराउन गाईजात्रा महोत्सवले महŒवपूर्ण भूमिका खेलेको पाइन्छ । त्यसैले होला देशमा विदेशी भाषा, शैली र परम्परा भित्रियो भन्दैमा आफ्नो देशको धर्म, संस्कृति, भाषा र शैलीलाई चटक्क बिर्सिन हुँदैन । गाईजात्रा त हाम्रो संस्कृतिको एक नमुना मात्र हो । यस्ता जात्रा हाम्रो देशमा थुप्रै छन् र तिनको संरक्षण गर्नु हामी सबैको कर्तव्य हो ।

आज आएर गाईजात्रा समसामयिक विसंगतिलाई अभिव्यक्त गर्ने एक सशक्त माध्यम पनि बनेको छ । गाईजात्रा प्रारम्भ हुने केही दिन अघिदेखि नै विभिन्न पत्रपत्रिकामा गाईजात्रे विशेषांक प्रकाशन गरेर राजनीतिक, सामाजिक, प्रशासनिक र पारिवारिक विकृतिमाथि तिखो प्रहार गरिन्छ । कहिलेकाहीँ यस्ता व्यंग्यात्मक प्रस्तुतिमा निकै नराम्रा शब्द पनि प्रयोग गरिएका पाइन्छन् । त्यसैले यस्तो क्रम रोकेर गाईजात्रालाई आफ्नो धार्मिक संस्कृति अनुकूलको मौलिकता र स्वच्छ मनोरञ्जन दिने चाडको रूपमा मनाउनु उपयुक्त होला ।

तपाइको प्रतिक्रिया
(Visited 1,607 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

२५ हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदानको विषयमा झडपदेखि मतपेटिका आगजनीसम्म