Saturday, September 19, 2020
Home Not-to-be-missed दुई वर्षभित्र कभर्ड हल

दुई वर्षभित्र कभर्ड हल

काठमाडौं । भलिबल नेपालको राष्ट्रिय खेल भएर पनि आफ्नै पूर्वाधार नहुनु दुर्भाग्य रहेको बताउँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा पुनः नियुक्ति पाएका सदस्यसचिव रमेशकुमार सिलवालले अबको दुई वर्षभित्र सुविधा सम्पन्न कभर्ड हल बनाउने घोषणा गरेका छन् ।

नेपाल भलिबल संघले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा सदस्यसचिव सिलवालले आगमी दुई वर्षभित्र भलिबलको पूर्वाधार बनाउने घोषणा गरेका हुन् । ‘भलिबलको कर्भड हल बनाउने विषयमा यसअघि नै राष्ट्रपति, प्रधानमन्त्री र खेलकुदमन्त्रीका साथै अर्थमन्त्रीसँग पनि छलफल गरिसकेको छु । यसमा संघले पनि पहल लिनुपर्दछ,’ सदस्यसचिव सिलवालले भने, ‘संघका पदाधिकारीलाई बूढानीलकण्ठ, मूलपानी र लुभुमा जग्गा देखाइसकेका छौं । उपयुक्त ठाउँमा प्रक्रिया थाल्नेछौ । यसबाहेक सबै प्रदेशमा कभर्ड हलका लागि प्रयास गर्नेछौं ।’

सिलवालले पहिलो कार्यकालमा भलिबलले नै आफूलाई सिफारिस गरेको स्मरण गर्दै भलिबलको विकासका लागि आफ्नो सहयोग सधैं रहने प्रस्ट पार्दै ग्रासरुट, महिला र पुरुषकै उमेर समूह र ब्याकअप टिम बनाएर अघि बढ्न आवश्यक रहेको औंल्याए । उनले तत्कालै भलिबलको अभ्यास सुरु गर्नुपर्नेमा जोड दिए । सदस्यसचिव सिलवालले केही प्रशिक्षकहरू शरीरमा धुलो लाग्ला कि झंै गरेर प्रशिक्षण गराइरहेको देखिएको र प्रमुख प्रशिक्षक र प्रशिक्षकले अब त्यस्तो गर्ने छुट नपाउने चेतावनी शैलीमा आफ्नो ध्यानाकर्षण भएको बताए ।

यो पनि पढ्नुहोस   गायाद्वारा स्पेनको उद्धार

उनले भलिबललाई माथि उठाउनका लागि फ्रेन्चाइज बेसमा जानुपर्ने बेला आएको र त्यसका लागि कम्तीमा महिला र पुरुषका ८ टिमबीच प्रतिस्पर्धा गराउनेगरी अघि बढ्न आग्रह पनि गरे । राखेपका नवनियुक्त सदस्य रिमबहादुर रानाभाटले नेपाली खेलकुदको विकासका लागि आफूहरूलाई सरकारले नियुक्त गरेको बताउँदै नेपाली खेलकुदलाई अन्तर्राष्ट्रिय करण गर्नुपर्नेमा जोड दिए । यस्तै, राखेपका अर्का सदस्य इन्दिरा निरौलाले टिमवर्कमा मात्रै सबै सफल हुने भएकाले खेलकुद बुझेका व्यक्ति नै सदस्यसचिव भएर पुनः आएकाले नेपाली खेलकुदले थप उचाइँ लिने विश्वास व्यक्त गरिन् ।

उनले भलिबलले आफूलाई भारी बोकाएको र त्यो ऋण तिरेरै छाड्ने बताइन् । संघका महासचिव जीतेन्द्रबहादुर चन्दले कोरोनाका कारण भलिबल संघका कार्यक्रमहरू प्रभावित भएको उल्लेख गर्दै राष्ट्रिय टिमलाई प्रशिक्षणमा फर्काउने अवस्था नरहेको र अवस्था सहज भए रोकिएका घरेलु प्रतियोगिताहरू अर्को महिलाबाट ती प्रतियोगिता सञ्चालन गर्नेमा संघले पहल गर्ने उनले बताए । संघले सदस्यसचिव सिलवालसँगै राखेपका सदस्यद्वय रिमबहादुर रानाभाट र इन्दिरा निरौलाका साथै राखेपबाट भलिबलको चिफ कोच बनेका प्रज्वलबहादुर सिंहलाई स्वागत तथा बधाई ज्ञापन गरेका थिए ।

(Visited 20 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

काठमाडौं उपत्यकामा थपिए ७११ कोरोना संक्रमित, ५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ७११ जना कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । ती मध्ये...

थप १२०४ जनामा कोरोना संक्रमण पुष्टि, १४४७ जना डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १२०४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ६२ हजार ७९७...

उपत्यकामा मात्रै ६०० भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण पछिल्ला दिनमा स्वास्थ्यकर्मीमा बढी देखिन थालेको छ । मुलुकभर कोभिड–१९ को सङ्क्रमित बढिरहेको बेला उपत्यकामा अग्रपङ्क्तिमा काम गरिरहेका स्वास्थ्यकर्मीमा...

काँग्रेस महामन्त्री कोइराला अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइराला अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । केही दिन पहिला कोरोना सङ्क्रमण पुष्टि भएका महामन्त्री कोइरालामा सामान्य ज्वरो...

भर्खरै

जनकपुरमा संविधानको विरोध/समर्थन !

जनकपुरधाम । जनकपुरधाममा आज दुइ थरी दृश्य देखियो । जनता समाजवादी पार्टीले संविधानको विरोध गर्दै प्रदर्शन गरिरहेका थिए भने केही युवाहरुले जानकी चोकमा दिपावली...

पत्रकार घिमिरे र आचार्यलाई शैलजा आचार्य पत्रकारिता पुरस्कार

मोरङ । विराटनगरका दुई जना पत्रकार शैलजा आचार्य पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन । नेपाल प्रेस युनियन मोरङले कोरोना महामारीबीच शनिबार विराटनगरमा भर्चुअचल कार्यक्रम...

ठमेलमा टोलवासीको रात्रि सुरक्षागस्ती (फोटो फिचर)

काठमाडौं । ठमेलको पहिचानमा विकृति आउन नदिन र स्थानीयवासीको अमनचयनलाई कायम राख्न टोलीवासीले रात्रि सुरक्षागस्ती सुरु गरेका छन् । ठैटीदेखि गल्कोपाखासम्म राति ८ बजेदेखि...

काठमाडौं उपत्यकामा थपिए ७११ कोरोना संक्रमित, ५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ७११ जना कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । ती मध्ये...

धेरै पढिएका

मल कारबाही प्रकरण : ठेक्का रद्ध भए पनि कालोसूचीमा राख्न अलमल

काठमाडौं । सरकारले समयमै मल ल्याउन नसकेका दुई कम्पनीको ठेक्का सम्झौता रद्ध गरे पनि कालोसूचीमा नराख्न भरपुर पहल भइरहेको पाइएको छ । कृषि सामग्री कम्पनीले...

जुत्ता उद्योग र व्यवसाय नै पलायन हुने अवस्था

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण उत्पन्न जटिल अवस्थाका कारण छाला जुत्ता उद्योग र व्यवसाय नै पलायन हुने अवस्था आएको छ । कोभिड–१९ का...

कलैया उपमहानगरपालिका घेराउ

बारा । बाराको कलैया उपमहानगरपालिका घेराउ गरिएको छ । कलैया उपमहानगरपालिका वडा नम्वर ९ का स्थानियहरुले उपमहानगरपालिका घेराउ गरेका हुन् । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत...

कोरोनाबाट ज्यान गुमाएकी महिलाको शिशुसहित परिवारका सबै डिस्चार्ज

सिन्धुपाल्चोक । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाएकी सुत्केरी महिलाको सम्र्पकमा भएका सबैको पिसिआर रिपोर्ट नेगेटीभ आएको छ । जेठ १ गते कोरोना...

ई-पेपर

(Visited 63 times, 1 visits today)