कोरोना संक्रमण नियन्त्र’bout जनस्वास्थ्य विज्ञसंग प्रधानमन्त्रीको छलफल

काठमाडौं । कोरोना संक्रमितको संख्या दिन दिनै बढ्दै गएपछि सरकारले नियन्त्रणका लागि नयाँ उपाय खोजी सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार जनस्वास्थ्य विज्ञहरूसँग परामर्श सुरु गरेका छन् ।

जनस्वास्थ्यका क्षेत्रमा क्रियाशील व्यक्तिलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले परामर्श सुरु गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
कोरोना नियन्त्रण प्रभावकारी बनाउनुका साथै दोस्रो चरणको लकडाउनको मोडालिटीमा जानुपर्ने वा नपर्ने’bout पनि प्रधानमन्त्रीले परामर्श गर्ने बुझिएको छ ।

लकडाउन खुकुलो बनाउने बेलामा पनि प्रधानमन्त्री ओलीले स्वस्थ्यकर्मीसंग सुझाब लिएका थिए ।
कोरोना संक्रमण समुदायमा फैलिएपछि स्थानीय तहले आवागमन रोक्नेदेखि निषेधाज्ञा लगाउनेसम्म निर्णय लिन थालेका छन् । पछिल्लो समय प्रदेश १ र २ उच्च जोखिममा छन् । वीरगन्ज, विराटनगर महानगरपालिकामा जोखिम डरलाग्दो देखिएको छ । उपत्यका प्रवेश गर्ने नाकामा गरेको परीक्षण र त्यसको नतिजाका आधारमा काठमाडौं, ललितपुर, भक्तपुर पनि जोखिममै रहेको विज्ञहरूले टिप्पणी गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 4 times, 1 visits today)

epaper

भर्खरै

१० सचिवको सरुवा, कसलाई कहाँ पठाइयो ?

कुरी-कुरी