Saturday, September 19, 2020
Home प्रमुख महामारी र संकटलाई विरोधको अवसर नठानौं : प्रधानमन्त्री

महामारी र संकटलाई विरोधको अवसर नठानौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महामारी र राष्ट्रिय संकटलाई विरोधको अवसरका रुपमा लिने प्रबृत्ति फेर्नु पर्ने वताएका छन् । कोभिड–१९ र यसको रोकथामबारे स्वास्थ्य क्षेत्रका विज्ञहरुसँगको परामर्श बैठकमा प्रधानमन्त्री ओलीले महामारी सबैको साझा चुनौति भएकाले त्यसलाई मिलेर सामना गर्नु पर्ने वताएका हुन् ।

प्रधानमन्त्री ओलीले कोरोना महामारी नियन्त्रण सरकारले गर्ने कामले मात्र सफल नहुने जनाउँदै जति धेरै जनचेतना जगाउन सक्यो यस विरुद्धको लडाईं त्यति छिटो सफल हुने वताए । ‘कोभिड–१९ को विश्वब्यापी महामारी नियन्त्रण सरकारले गर्ने काम र प्रयासले मात्र सम्भव छैन, जनतामा चेतना जति बढाउन सकिन्छ, कोरोना बिरुद्धको लडाईं जित्न त्यति सजिलो हुन्छ’ प्रधानमन्त्री ओलीले भने ।

उनले यस्ता राष्ट्रिय संकट र महामारीलाई विरोधको अवसरका रुपमा लिने प्रबृत्ति बढेकाले यस्तो प्रबृत्ति त्याग्नु पर्ने वताए । ‘यस्तो संकट र महामारीलाई पनि विरोध गर्ने अवसरका रुपमा लिने प्रबृत्ति बढेको छ, यसलाई बदल्नु पर्छ’ प्रधानमन्त्री ओलीले भने ‘यता पल्टाएर पनि विरोध, उता पल्टाएर पनि विरोध, कहिले लकडाउन किन नगरेको भनेर विरोध, कहिले किन लकडाउन नखोलेको भनेर विरोध । सामाजिक अनुशासनले कोरोना पराजित गर्न मद्दत पुग्छ, यसलाई विरोधको अवसर ठान्नु हुन्न ।’

प्रधानमन्त्री ओलीले स्वास्थ्यकर्मी, उपकरण, संरचना आदि सबै हिसावले कमजोर रहेको अवस्थामा पनि सबै प्रवन्ध गरेर कोरोना नियन्त्रणका लागि प्रभावकारी कदम चालेको वताए । ‘हाम्रो कार्यान्वयन एकदमै कमजोर रहेका होइन, स्वास्थ्यकर्मी, उपकरण र संरचनाका हिसावले हामी कमजोर थियौं’ प्रधानमन्त्री ओलीले भने ‘हामीले यस महामारी आएपछि पूर्वाधार बनाएर सक्षम, सम्पन्न र बलियो स्वास्थ्य पूर्वाधार भएका देशहरुको तुलनामा सफलता हासिल गरेका छौं ।’

यो पनि पढ्नुहोस   कोरोना संक्रमण समुदायमा फैलिएकाबारे अध्ययन, तेस्रो चरणमा प्रवेशको खतरा

उनले जनतामा हुने असन्तुष्टि र आक्रोशलाई आफूले स्वाभाविक रुपमा लिने वताउँदै फरक आस्था र विश्वासकै कारण राम्रो कामको पनि विरोध गर्ने प्रबृत्तिसँग भने सजग रहनु पर्ने वताए । ‘जनताका सामान्य असन्तुष्टि र आक्रोशलाई स्वाभाविक मान्न सकिन्छ, तर जे ग¥यो त्यसको आँखा चिम्लेर विरोध गर्ने जुन परिपाटी छ, त्यसले सही बाटो देखाउँदैन’ प्रधानमन्त्रीले भने ‘विरोध एउटा विषयमा गरेको हुन्छ, विरोधको उद्देश्य अर्कै कुरासँग गाँसिएको हुन्छ । भर्खर गाउँ गाउँमा निकासा दिएएको रकमको हिसाव खै भन्ने शैलीको विरोध हुन्छ ।’

प्रधानमन्त्री ओलीले असल कामको समर्थन र गलत कामको विरोध गरे विरोधको पनि नैतिक हैसियत रहने वताए । ‘विरोध भयो खराव काम गरिएछ कि भन्ने अवस्था नै रहेन, सरकारले गरेको भनेपछि जस्तो भए पनि विरोध गर्नु कर्तब्य हो भनेजस्तो भयो’ प्रधानमन्त्रीले भने ‘असल कामको समर्थन र खराव कामको विरोध गरे, विरोधको पनि नैतिक हैसियत हुन्थ्यो । यहाँ त जे ग¥यो त्यसको विरोध, कसैले राम्रो भयो भने त्यसलाई पनि खेद्ने काम हुन्छ ।’

कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र गुरागाईंले प्रतिदिन १८ हजार जनासम्मको पीसीआर परीक्षण गर्न सक्नेगरी ल्याब स्थापना गरिएको र हालसम्म ४ लाख जनाको परीक्षण गरिएको रिपोर्ट प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमूख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, जसपाका अध्यक्ष महन्थ ठाकुर पनि सहभागि थिए ।

(Visited 35 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

काठमाडौं उपत्यकामा थपिए ७११ कोरोना संक्रमित, ५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ७११ जना कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । ती मध्ये...

थप १२०४ जनामा कोरोना संक्रमण पुष्टि, १४४७ जना डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १२०४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ६२ हजार ७९७...

उपत्यकामा मात्रै ६०० भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण पछिल्ला दिनमा स्वास्थ्यकर्मीमा बढी देखिन थालेको छ । मुलुकभर कोभिड–१९ को सङ्क्रमित बढिरहेको बेला उपत्यकामा अग्रपङ्क्तिमा काम गरिरहेका स्वास्थ्यकर्मीमा...

काँग्रेस महामन्त्री कोइराला अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइराला अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । केही दिन पहिला कोरोना सङ्क्रमण पुष्टि भएका महामन्त्री कोइरालामा सामान्य ज्वरो...

भर्खरै

जनकपुरमा संविधानको विरोध/समर्थन !

जनकपुरधाम । जनकपुरधाममा आज दुइ थरी दृश्य देखियो । जनता समाजवादी पार्टीले संविधानको विरोध गर्दै प्रदर्शन गरिरहेका थिए भने केही युवाहरुले जानकी चोकमा दिपावली...

पत्रकार घिमिरे र आचार्यलाई शैलजा आचार्य पत्रकारिता पुरस्कार

मोरङ । विराटनगरका दुई जना पत्रकार शैलजा आचार्य पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन । नेपाल प्रेस युनियन मोरङले कोरोना महामारीबीच शनिबार विराटनगरमा भर्चुअचल कार्यक्रम...

ठमेलमा टोलवासीको रात्रि सुरक्षागस्ती (फोटो फिचर)

काठमाडौं । ठमेलको पहिचानमा विकृति आउन नदिन र स्थानीयवासीको अमनचयनलाई कायम राख्न टोलीवासीले रात्रि सुरक्षागस्ती सुरु गरेका छन् । ठैटीदेखि गल्कोपाखासम्म राति ८ बजेदेखि...

काठमाडौं उपत्यकामा थपिए ७११ कोरोना संक्रमित, ५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ७११ जना कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । ती मध्ये...

धेरै पढिएका

प्रहरीको भीडन्तमा लागुऔषध कारोबारीको मृत्यु

जनकपुर । महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका –७ सहसौलामा गए राति लागुऔषध कारोबारीसँग प्रहरीको भीडन्त हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामगोपालपुर...

कोरोना सहायता कक्षको अनुगमन

बैतडी ।  भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा सञ्चालनमा ल्याइएको स्वास्थ्य सहायता कक्षको सोमबार अनुगमन गरिएको छ । दशरथचन्द नगरपालिकाका नगरप्रमुख नरेन्द्रसिंह थापा लगायतको...

धादिङका ३२ वर्षिय युवाको कोरोनाबाट मृत्यु भएपछि धादिङमा निषेधाज्ञा

काठमाडौं । काठमाडौंको ह्याम्स अस्पतालमा मंगलबार मृत्यु भएका धादिङको नीलकण्ठ नगरपालिका–१४ धुवाँकोटका ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उपचारका क्रममा मृत्यु भएका...

लकडाउनको प्रभाव मिथिलाञ्चलको हिलोपानी पर्व

जनकपुरधाम । माटोको हिलो एक अर्कालाई दलेर पनि पर्व मनाइन्छ सुन्दा आश्चर्य लाग्न सक्छ, तर मिथिलाञ्चलको प्रमुख पर्वमध्ये एक जुड़शीतल यसैगरी मनाइदै...

ई-पेपर

(Visited 63 times, 1 visits today)