Friday, March 5, 2021
Home Editor-Picks चिनीमा कालोबजारी : कृत्रिम अभाव सिर्जना गरेर उपभोक्ता ठग्दै

चिनीमा कालोबजारी : कृत्रिम अभाव सिर्जना गरेर उपभोक्ता ठग्दै

ठूला व्यापारी र उद्योगीकै मिलेमतो

काठमाडौं । चाडपर्व नजिकिँदै जाँदा चिनीमा चरम कालोबारी हुन थालेको छ । ठूला व्यापारी र चिनी उद्योगीको मिलेमतोमा कृत्रिम अभाव देखाएर चिनीमा चरम कालोबारी हुन थालेको हो । व्यापारीले पछिल्ला दिनमा चिनीको मूल्य पनि बढाएका छन् । केही दिनअघिसम्म ८० देखि ८५ रुपैयाँ प्रतिकिलोमा पाइने चिनी अहिले एक सय रुपैयाँसम्म पुगेको छ ।

नेपाल राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बजारमा पर्याप्त चिनी हुँदा हुँदै पनि ठूला व्यापारी र केही उद्योगीको मिलेमतोमा अभाव सिर्जना गर्न खोजिएको बताए । ‘अहिले जानाजान अभाव सिर्जना गर्न खोजिएको छ, ठूला चाडपर्व नजिकिरहेको अवस्थामा अभाव देखाएर कालोबजारी गर्न खोजिएको छ, सरकारले समयमै यसप्रति ध्यान दिनुपर्छ ।’

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार मुलुकभर सामान्य अवस्थामा मासिक २०÷२५ हजार मेट्रिक टन चिनी खपत हुन्छ । ६० प्रतिशत चिनी घरायसी परियोजन र ४० प्रतिशत मिठाई उद्योगमा खपत हुन्छ ।

असार मसान्तदेखि १४ साउनसम्म भन्सार नाकाबाट ४८ हजार मेट्रिक टन चिनी वैध रूपमा भित्रिएको थियो

मन्त्रालयको तथ्यांकअनुसार १ जेठमा ६५ हजार ४ सय ९२ मेट्रिक टन चिनी मौज्दात थियो, जसमा चिनी उद्योगसँग ६३ हजार २ सय ७ मेट्रिक टन र साल्ट टे«डिङसँग २ हजार २ सय ८५ मेट्रिक टन चिनी मौज्दात थियो ।

यस्तै, चिनी व्यापारीहरूले पनि निरन्तर आयात गर्दै आएका छन् । गत असार मसान्तदेखि १४ साउनसम्म भन्सार नाकाबाट ४८ हजार मेट्रिक टन चिनी वैध रूपमा भित्रिएको थियो ।

त्यस्तै, अवैध रूपमा १ लाख २ हजार मेट्रिक टन चिनी नेपाल भित्रिएको पाइएको छ । यो तथ्यांक हेर्दा अहिले बजारमा चिनीको अभाव नहुनुपर्ने हो ।

उता, कोरोना भाइरस महामारीका कारण भएको करिब ४ महिना लामो लकडाउनमा मिठाई उद्योगहरू सञ्चालन हुन पाएनन् । लकडाउन अन्त्य भए पनि अधिकांश मिठाई उद्योग राम्रोसँग सञ्चालन हुन सकेका छैनन् । मिठाई उद्योग बन्द हुँदा चिनी खपत आधा नै कम हुन्छ । अहिलेको अवस्थामा २० देखि २५ हजार मेट्रिक टन खपत हुने चिनी घटेर करिब ९ देखि १३ हजारमा झरेको छ । मन्त्रालयको १ जेठको तथ्यांकलाई आधार मान्ने हो भने ६५ हजार मेट्रिक टन चिनी करिब ५–६ महिनालाई पुग्नुपर्ने हो ।

१ जेठको तथ्यांकअनुसार ६३ हजार २ सय ७ मेट्रिक टन चिनी मौज्दात रहेकामा अहिले उद्योगहरूसँग करिब ३० देखि ३५ हजार बढी मेट्रिक टन चिनी मौज्दात हुनुपथ्र्याे । राम्रोसँग मिठाई उद्योगसमेत सञ्चाल नभएको अवस्थामा साढे १ महिना नपुग्दै उद्योगीहरूले चिनीको मौज्दात जम्मा ७ हजार मेट्रिक टन मात्र रहेको बताउन थालेका छन् ।

यो पनि पढ्नुहोस   सेयर बजारमा उत्साह, ९० अंकले बढ्यो

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले चिनी उद्योगीहरूले चिनीको यकिन तथ्यांक नदिएको बताइन् । ‘केही दिनअघि मात्र ३६ हजार मेट्रिक टन मौज्दात रहेको भनिएकामा अहिले ७ हजार मेट्रिक टन मात्र मौज्दात रहेको जानकारी दिइएको छ,’ उनले भनिन् ।

अहिले बजारमा चिनी केही कम भए पनि अभावै हुने अवस्था भने नरहेको मन्त्रालयको भनाइ छ । पछिल्ला दिनमा भारतबाट दैनिक दुई–तीन गाडी चिनी भन्सारबाट आइरहेको उनले बताइन् ।

पछिल्ला दिनमा बजार अनुगमन प्रभावकारी हुन नसकेको आरोप लाग्दै आएको छ । बजार अनुगमन गर्ने कानुनी अधिकार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र स्थानीय तहलाई छ । बजार अनुगमन प्रभावकारी नहुँदा चिनी व्यापारी र उद्योगीले बर्सेनि चाडपर्वमा कृत्रिम अभाव सिर्जना गरेर कालोबारी गर्ने गरेका छन् ।

मन्त्रालयकी प्रवक्ता केसीले वाणिज्य विभागको बजार अनुगमन प्रभावकारी नभएकै कारण व्यापारीले कालोबारी गर्न थालेको बताइन् । प्रभावकारी अनुगमन गर्न मन्त्रालयले विभागलाई निदर्शेनसमेत दिइसकेको उनले बताइन् ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले ठूला व्यापारी र सरकारकै मिलेमतोमा चाडपर्वमा चिनीमा कालोबजारी गरेर उपभोक्तालाई ठग्ने गरेको आरोप लगाए । साल्ट ट्रेडिङलाई समयमै चिनी आयातका लागि अनुमति नदिने गरिएकाले पनि कालोबजारी हुने गरेको उनको भनाइ छ ।

‘जब बजारमा ठूला व्यापारी र चिनी उद्योगीले कालोबजारी गर्न थाल्छ अनि मात्र साल्ट ट्रेडिङले चिनी आयात गर्छ, त्यसैले पनि कालोबजारी हुने गरेको छ,’ तिमल्सिनाले भने । उनले सरकारले कडाइका साथ व्यापारीका ठूला भण्डारण स्टोरमा अनुगमन गर्नुपर्ने बताए ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रबहादुर सुवेदीले बजार अनुगमन प्रभावकारी बनाउन नसकेको स्वीकार गरे । उनले अनुगमन गर्न जनशक्ति कम भएकाले उपभोक्ताले चाहेअनुसारको बजार अनुगमन गर्न नसकेको बताए । उनले कडाइका साथ अनुगमन गर्ने तयारीमा विभाग गरेको बताए ।

(Visited 153 times, 1 visits today)
Loading comments...

आजको समाचार

सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति

काठमाडौं । सरकार र प्रतिबन्धित नेकपा विप्लव समूहबीच आज बिहीबार तीन बुँदे सहमति भएको छ । यो सहमतिसँगै विप्लव समूहले हिंसा छोडेको छ । सहमतिअनुसार...

सेयर बजारमा उत्साह, ९० अंकले बढ्यो

काठमाडौं । सेयर बजारमा उत्साह देखिएको छ । पछिल्ला केही दिन क्रमश घट्दै गएको बजार साताको अन्तिम दिन बिहीबार लयमा फर्किएको छ । सरकार र...

बिटक्वाइनको मूल्य ५० हजार

एजेन्सी । विश्वकै महँगो क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य पुनः आकासिएको छ । बुधबार बिटक्वाइनको मूल्यमा ५ प्रतिशतले बढ्दा प्रतिबिटक्वाइन ५० हजार ९४२ डलर ५८ सेन्ट...

दर्जनौं फिल्म पाइरेसीको आरोपमा परियार पक्राउ

काठमाडौं । डिजिटल प्लेटफर्ममार्फत नेपाली चलचित्रलाई पाइरेसी गरेर विभिन्न समूह तथा व्यक्तिलाई प्रत्यक्ष बिक्री वितरण गरेको आरोपमा लमजुङ, बेंसीसहरका सुजन परियार पक्राउ परेका छन्...

पश्चिमी वायुको प्रभावले पहाडी भेगमा हल्का वर्षाको सम्भावना

काठमाडाैं । पश्चिमी वायुको प्रभावले आज देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेकाे छ । पश्चिमी वायुको आंशिक...

साताका लोकप्रिय समाचार

निष्ठाको राजनीति समृद्धिको आधार

व्यक्ति राजनीतिमा किन होमिन्छ र उसको मूलभूत राजनीतिक उद्देश्य के हो ? भन्ने कुरा पहिचान गर्न यी दुई हरफ साहेद पर्याप्त होलान् । निष्ठावान्...

दक्षिण सुडानमा विमान दुर्घटना, १० जनाको मृत्यु

जुबा । दक्षिण सुडानको जोङ्गलाई राज्यमा मङ्गलबार विमान दुर्घटना हुँदा चालक दलका सदस्य दुई सहित दश जनाको घटनास्थलमै मृत्यु भएको छ । राज्यका गभर्नर डेनाई...

भोलिबाट केपी ओलीको पक्षमा ९२ सांसद पुग्छन्, अबको प्रधानमन्त्री पनि उहाँ नै हो : महेश बस्नेत

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रभावशाली नेता तथा सांसद महेश बस्नेतले आफूहरुको पक्षमा भोलिबाट ९२ जना सांसद पुग्ने दाबी गरेका छन्...

सहज छैन प्रधानमन्त्री ओलीलाई हटाउन

काठमाडौं । नेकपाका अध्यक्ष तथा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विद्यमान अवस्थामा संसद्बाटै प्रधानमन्त्रीबाट हटाउन कानुनी तथा संवैधानिक रूपमै असहज हुने...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो...

ट्रेन्डिङ

प्रदेश २ सरकार कृषिको बजेट अनियमितता गर्न व्यस्त : प्रभु साह

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले प्रदेश २ सरकार बजेटको अनियमिततामा व्यस्त रहेको खुलासा छन् । बिश्वव्यापी महामारीको...

सञ्चारकर्मी जनकको म माया लाउदिन

काठमाडौं । पत्रकार जनक रावलले आफ्नो नयाँ गीत म माया लाउदिन...को भिडियो सार्वजनिक गरेका छन् । २०४९ सालदेखि गीत लेखनमा सक्रिय गीतकार रावलका यसअघि...

महासंघको वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेदवारी घोषणा

काठमाडौं । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको आगामी चैतमा हुने निर्वाचनको मिति नजिकिएसँगै अहिले व्यवसायीबीच चुनावी महोल तात्न थालेको...

अब यात्रुले ५० प्रतिशत बढी भाडा तिरेर सार्वजनिक बस चढन पर्ने

काठमाडौं । सरकारले छोटो दुरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले सिट क्षमताको बढीमा आधा यात्रु राखेर...

राजपा र समाजवादी एकीकरण, छलफल सुस्त, नेतृत्व र वरीयता विवाद यथावत्

काठमाडौं । एकले अर्काको प्रस्ताव अस्वीकार गर्दा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीबीचको एकीकरण प्रक्रियामा ढिलाइ भएको छ । दुई पार्टीबीच छलफल...

बलात्कार प्रयासमा एक जना पक्राउ

बैतडी । बैतडीको मेलौलीका एक ब्यक्ति बलात्कार प्रयासको आरोपमा पक्राउ परेका छन् । मेलौली नगरपालिका वडा न. ५ का ४५ बर्षीय केशब चन्दलाई बलात्कार...

एउटा कुखुरामा २७० रुपैयाँ घाटा बेहोर्दै कुखुरा पालक किसान

चितवन । कुखुराको मासु सस्तो हुँदा शहर बजारका उपभोक्ता मख्ख छन् । काठमाडौंका कतिपय मासु पसल सञ्चालकले ब्रोइलर कुखुराको मासु प्रतिकिलो १९० रुपैयाँ भनेर...

क्लिनफिडले बन्द टेलिभिजन च्यानल पुनः सञ्चालन

काठमाडौँ । सरकारले गत कात्तिक ८ गतेदेखि नेपालमा सञ्चालित विदेशी टेलिभिजन च्यानल पूर्णरुपमा विज्ञापनरहित (क्लिन फिड) लागू भएपछि रोकिएका च्यानल पुनः सञ्चालनमा आएका छन्...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

पशुपतिमा विशेष पूजा फागुन २५ देखि

काठमाडौं । पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण एक वर्षअघि देखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि शुरु हुने भएको छ । कोरोना जोखिम कायमै...

नख्खुमा जीपको ठक्करबाट क्याम्पस हिँडेकी १९ वर्षीया छात्राको मृत्यु

काठमाडौं । ललितपुरको नख्खुमा क्याम्पस जाँदै गरेकी एक छात्राको आज विहान जीपको ठक्करबाट मृत्यु भएको छ । बिहान पौने ६ बजे स १ ज...

प्रधानमन्त्रीको राजिनामा माग्नु अनैतिक : मन्त्री साह

काठमाडौ। नेपाल कम्युनिष्ट पार्टीका नेता तथा शहरी विकास मन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग्नु नै अनैतिक भएको बताएका छन् । एक टेलिभिजन...

ताप्लेजुङको दोभान बजारमा आगलागी, ४० बढी घर जले, नियन्त्रण प्रयास जारी

काठमाडौं । ताप्लेजुङको दोभान बजारमा आज आगलागी हुँदा कम्तीमा चालीस घर जलेका छन् । बिहान करिब ९ बजेदेखि सुरु भएको आगलागी नियन्त्रणका लागि प्रयास...

भर्खरै

कृष्णमाया भन्छिन् ‘मलाई बलात्कार गर्नेले आधा सम्पत्ति दिनुपर्छ’

काठमाडौं । झापा जिल्लास्थित कनकाई नगरपालिका वडा ३ निवासी घर नजिकैका छिमेकी नेत्र प्रसाद तिम्सिनाबाट २०७० असोज १५ गते बलात्कृत भएकी पीडित कृष्णमाया उप्रेतीले...

अनुदानसँगै ऋण लिएरै भएपनि कर्णाली बनाउन जुटे स्थानीय सरकार

सुर्खेत । कर्णाली प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले विकासका दृष्टिले निकै पछाडि रहेको कर्णालीमा राज्यले लगानी बढाउन ढिलो गर्नु नहुने बताएका छन् । नगर...

अब दुई वर्ष केपी ओली नै हाे प्रधानमन्त्री : अर्थमन्त्री

बुटवल ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभामा वर्तमान सरकारका बहुमत सांसद रहेको बताएका छन् । गृह जिल्ला रुपन्देहीका विभिन्न कार्यक्रममा सहभागी हुन आएका अर्थमन्त्रीले पौडेलले...

पुस्तक अंश : कमरेड, २५ गते रातभर दुश्मनलाई ब्लक गरौं

प्रिय कमरेड परिवर्तन जी क्रान्तिकारी लाल सलाम । आराम छु आरामै चाहन्छु । विशेष कुरा के छ भने, नेपाली क्रान्ति रणनैतिक प्रत्याक्रमणको चरणमा पुग्दा फौजी हिसावले...

धेरै पढिएका

विप्लवसँग वार्ता गर्न सरकारले बनायो गृहमन्त्री नेतृत्वको टोली

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय टोली गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन...

सरकारको नेतृत्व गर्ने जिम्मेवारीबाट भागिन्नः सभापति देउवा

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने अवस्था आए पछि नहट्ने बताएका छन् ।चितवन बुधबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले...

पश्चिमी वायुको प्रभावले पहाडी भेगमा हल्का वर्षाको सम्भावना

काठमाडाैं । पश्चिमी वायुको प्रभावले आज देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेकाे छ । पश्चिमी वायुको आंशिक...

देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले आज दिउँसो पदाधिकारी बैठक बोलाएका छन् । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार सभापति देउवाले आज दिउँसो ३...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)