Saturday, September 19, 2020
Home Breaking News कोरोना त्रास : १२ जिल्लामा निषेधाज्ञा

कोरोना त्रास : १२ जिल्लामा निषेधाज्ञा

कतै जिल्लाभर, कतै वडामा मात्रै

काठमाडौं । कोरोना संक्रमणको बढ्दो गतिलाई फैलन नदिन स्थानीय प्रशासनले मंगलबार साँझसम्म १२ वटा जिल्लामा निषेधाज्ञा जारी गरेको छ । सरकारले संक्रमणको गति र अवस्था हेरेर स्थानीय प्रशासनलाई नै आवश्यक निर्णय गर्न सक्ने अधिकार दिएपछि मंगलबार साँझसम्म १२ वटा जिल्लामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेका हुन् ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले मंगलबार साँझसम्म १२ वटा जिल्लामा निषेधाज्ञा जारी गरिएको बताए । उनका अनुसार केही जिल्लामा पूर्ण निषेधाज्ञा लागू गरिएको छ भने केहीमा बढी प्रभावित रहेका स्थानीय तह र वडामा मात्रै निषेधाज्ञा गरिएको छ ।

‘मंगलबार साँझसम्म १२ वटा जिल्लामा निषेधाज्ञा जारी छ, केही जिल्लामा जिल्लाभर निषेधाज्ञा छ, केहीमा अवस्था हेरेर क्षेत्र छुट्याएरै निषेधाज्ञा लागू गरिएको छ,’ गृह प्रवक्ता बुढाले राजधानीसँग भने ।

गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीका अनुसार सप्तरी, बाँके, बारा र पर्सामा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ भने धनुषा, मोरङ, महोत्तरी, झापा, सुनसरी, बझाङ, नुवाकोट र दार्चुलामा केही स्थानीय तह र स्थानीय तहभित्रका केही वडामा मात्रै निषेधाज्ञा लागू गरिएको छ ।

‘मंगलबारसम्म सप्तरी, बाँके, बारा र पर्सामा जिल्लाभर निषेधाज्ञा कायम छ भने धनुषा, मोरङ, महोत्तरी, झापा, सुनसरी, बझाङ, नुवाकोट र दार्चुलामा केही स्थानीय तह र स्थानीय तह भित्रका केही वडामा मात्रै निषेधाज्ञा लागू गरिएको छ,’ गृह मन्त्रालयका सहप्रवक्ता अधिकारीले भने ।

यो पनि पढ्नुहोस   कर्णालीमा कोरोना संक्रमितको संख्या १९८ पुग्यो

उनका अनुसार जिल्लामा संक्रमणको अवस्था हेरेर थप जिल्लाले समेत निषेधाज्ञा जारी गर्नुपर्ने वा नपर्ने निर्णय गर्ने अधिकार जिल्लास्थित प्रमुख जिल्ला अधिकारीलाई दिइएको छ ।

संक्रमणको गति फैलन सक्ने भन्दै अन्य जिल्लाले समेत जिल्लाभित्र हुने गतिविधिमा नियन्त्रण गर्न स्थानीय प्रशासनलाई सक्रिय बनाएका छन् । यस्तै, भारततर्फका नाकासँग जोडिएका सीमा क्षेत्रमा समेत स्थानीय प्रशासनले कडा निगरानी राख्दै आइरहेका छन् ।

मंगलबार साँझसम्म मात्रै देशभर कुल संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । उनीहरूमध्ये ५८ जनाको मृत्यु भएको छ भने १५ हजार २० जना उपचारपछि निको भएका छन् । मंगलबार मात्रै थप २५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको थियो ।

कोरोना भाइरस संक्रमित धमाधम थपिन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सरोकारवाला र विज्ञहरूलाई बालुवाटारमा बोलाएर आगामी रणनीतिबारे छलफलसमेत गरेका छन् ।

(Visited 178 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

काठमाडौं उपत्यकामा थपिए ७११ कोरोना संक्रमित, ५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ७११ जना कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । ती मध्ये...

थप १२०४ जनामा कोरोना संक्रमण पुष्टि, १४४७ जना डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १२०४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ६२ हजार ७९७...

उपत्यकामा मात्रै ६०० भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण पछिल्ला दिनमा स्वास्थ्यकर्मीमा बढी देखिन थालेको छ । मुलुकभर कोभिड–१९ को सङ्क्रमित बढिरहेको बेला उपत्यकामा अग्रपङ्क्तिमा काम गरिरहेका स्वास्थ्यकर्मीमा...

काँग्रेस महामन्त्री कोइराला अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइराला अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । केही दिन पहिला कोरोना सङ्क्रमण पुष्टि भएका महामन्त्री कोइरालामा सामान्य ज्वरो...

भर्खरै

जनकपुरमा संविधानको विरोध/समर्थन !

जनकपुरधाम । जनकपुरधाममा आज दुइ थरी दृश्य देखियो । जनता समाजवादी पार्टीले संविधानको विरोध गर्दै प्रदर्शन गरिरहेका थिए भने केही युवाहरुले जानकी चोकमा दिपावली...

पत्रकार घिमिरे र आचार्यलाई शैलजा आचार्य पत्रकारिता पुरस्कार

मोरङ । विराटनगरका दुई जना पत्रकार शैलजा आचार्य पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन । नेपाल प्रेस युनियन मोरङले कोरोना महामारीबीच शनिबार विराटनगरमा भर्चुअचल कार्यक्रम...

ठमेलमा टोलवासीको रात्रि सुरक्षागस्ती (फोटो फिचर)

काठमाडौं । ठमेलको पहिचानमा विकृति आउन नदिन र स्थानीयवासीको अमनचयनलाई कायम राख्न टोलीवासीले रात्रि सुरक्षागस्ती सुरु गरेका छन् । ठैटीदेखि गल्कोपाखासम्म राति ८ बजेदेखि...

काठमाडौं उपत्यकामा थपिए ७११ कोरोना संक्रमित, ५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ७११ जना कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । ती मध्ये...

धेरै पढिएका

कोरोना त्रास : उद्घाटन नगरी फर्किए मन्त्री पोखरेल

जलेश्वर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेल महोत्तरीको एक कार्यक्रमको उद्घाटन नगरी फर्किएका छन् । आज उनले मटिहानी नगरपालिकामा अवस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठको नवनिर्मित...

कृषिमा चार अर्ब बजेट कम

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आगामी आर्थिक वर्षका लागि पेस गरेका कृषि कार्यक्रमलाई बेवास्ता गर्दै आप्mनै मन्त्रालयका कार्यक्रम...

‘अब कसको मुख हेरेर बसौँ, आफैँ क्वारेन्टिनमा छु’: सञ्चारकर्मी

जीतपुर । कोभिड –१९ को नियन्त्रण तथा रोकथामका लागि कपिलवस्तुमा स्थानीय सरकारको व्यवस्थापन कमजोर देखिएको छ । जिल्लामा स्थलगत रिपोर्टिङमा सक्रिय दुई सञ्चारकर्मीसहित नौ...

नेकपा नेतालाई ज्यान मार्ने प्रयास, प्रदेश अध्यक्ष प्रभु साहद्वारा कारवाहीको माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले पार्टी नेतामााथि सांघातिक आक्रमण भएको भन्दै सरकारसंग कारवाहीको माग गरेका छन्...

ई-पेपर

(Visited 63 times, 1 visits today)