Saturday, September 19, 2020
Home भर्खरै काठमाडौं उपत्यकामा लाइसेन्स वितरण स्थगित

काठमाडौं उपत्यकामा लाइसेन्स वितरण स्थगित

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाबाट वितरण हुँदै आएको सवारी अनुमतिपत्र (लाइसेन्स) वितरण हाललाई स्थगित गरेको छ । काठमाडौं उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले लाइसेन्स वितरण कार्य रोकेका हुन् ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीव्र रूपमा वृद्धि हुँदै गर्दा सेवाग्राहीको अत्यधिक भीडका कारण हाललाई सेवा स्थगित गरिएको कार्यालयहरूले जनाएका छन् ।

चावहिलस्थित कार्यालय प्रमुख विष्णुकुमार भट्टराईले अत्यधिक भीडका कारण हाललाई वितरण स्थगित गरिएको र केही दिन स्थगित गरेर व्यवस्थित गर्ने योजना भएको जानकारी दिए । ‘भीड अत्यधिक बढ्यो, हामीले सामाजिक दुरी कायम गरिदिनुस् भन्दा पनि मान्नुभएन त्यसैले केही दिन स्थगित गरेर अलिक व्यवस्थित गरौं भन्नेमा छौं,’ उनले राजधानीसँग भने ।
कार्यालय प्रमुख भट्टराईका अनुसार जोर बिजोर प्रणाली गर्ने, २ बजेपछि पनि वितरण गर्नेलगायतका विषयमा के गर्न सकिन्छ भनेर छलफल भइरहेको छ ।

यो पनि पढ्नुहोस   कोभिड–१९ सम्बन्धी आदेश कार्यान्वयन नभएपछि सर्वोच्चले प्रधानमन्त्रीलाई बोलायो

कार्यालयले असारदेखि सेवा दिँदै आएकामा कार्यालयमा सेवाग्राहीको घुइँचो बढ्दा संक्रमण फैलने जोखिम बढेर गएको छ । कार्यालयले नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा लिने, अनुमतिपत्र वितरण र नवीकरण गर्दै आएको छ । लकडाउनपछि नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा लिएको छैन ।

अनुमतिपत्र नवीकरण भइरहे पनि वितरणको काम तत्कालका लागि रोकिएको हो । चालकले यसअघि जसरी नै अझै केही समयका लागि कार्यालयहरूले दिएको राजश्व तिरेको कागजबाटै सवारी साधन चलाउन कार्यालयहरूले अनुरोध गरेका छन् ।

(Visited 43 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

काठमाडौं उपत्यकामा थपिए ७११ कोरोना संक्रमित, ५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ७११ जना कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । ती मध्ये...

थप १२०४ जनामा कोरोना संक्रमण पुष्टि, १४४७ जना डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १२०४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ६२ हजार ७९७...

उपत्यकामा मात्रै ६०० भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण पछिल्ला दिनमा स्वास्थ्यकर्मीमा बढी देखिन थालेको छ । मुलुकभर कोभिड–१९ को सङ्क्रमित बढिरहेको बेला उपत्यकामा अग्रपङ्क्तिमा काम गरिरहेका स्वास्थ्यकर्मीमा...

काँग्रेस महामन्त्री कोइराला अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइराला अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । केही दिन पहिला कोरोना सङ्क्रमण पुष्टि भएका महामन्त्री कोइरालामा सामान्य ज्वरो...

भर्खरै

जनकपुरमा संविधानको विरोध/समर्थन !

जनकपुरधाम । जनकपुरधाममा आज दुइ थरी दृश्य देखियो । जनता समाजवादी पार्टीले संविधानको विरोध गर्दै प्रदर्शन गरिरहेका थिए भने केही युवाहरुले जानकी चोकमा दिपावली...

पत्रकार घिमिरे र आचार्यलाई शैलजा आचार्य पत्रकारिता पुरस्कार

मोरङ । विराटनगरका दुई जना पत्रकार शैलजा आचार्य पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन । नेपाल प्रेस युनियन मोरङले कोरोना महामारीबीच शनिबार विराटनगरमा भर्चुअचल कार्यक्रम...

ठमेलमा टोलवासीको रात्रि सुरक्षागस्ती (फोटो फिचर)

काठमाडौं । ठमेलको पहिचानमा विकृति आउन नदिन र स्थानीयवासीको अमनचयनलाई कायम राख्न टोलीवासीले रात्रि सुरक्षागस्ती सुरु गरेका छन् । ठैटीदेखि गल्कोपाखासम्म राति ८ बजेदेखि...

काठमाडौं उपत्यकामा थपिए ७११ कोरोना संक्रमित, ५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ७११ जना कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । ती मध्ये...

धेरै पढिएका

फिरौती खाएर भाञ्जाको ‘ज्यान लिने’ मामा १३ वर्षपछि पक्राउ

काठमाडौँ । ‘रक्षक नै भक्षक’ भन्ने उखान नै छ । कहिलेकाहीँ आफन्त नै काल बनेर उभिन्छन् । संरक्षण दिनुपर्ने मान्छे बलात्कार, हत्या, हिंसामा उद्दत...

२८ जनामा काेराेना देखिएकाे ठाउँमा त्रास घटाउन स्वास्थ्य शिविर

उदयपुर । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणपछि उच्च जोखिमा रहेको उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केमा स्वास्थ्य शिविर...

आइतबारदेखि गजेन्द्र नारायण सिंह अस्पतालमा हुने भो काेराेना परिक्षण

सप्तरी राजविराज । कोरोना परिक्षणका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका साथै विराटनगर र काठमाण्डौ स्थित प्रयोगशालाको भरमा बस्नु पर्ने यहाँका बासिन्दाको बाध्यता अब...

परीक्षा हलमा मेयरको फोटो सेशन, उपमेयरको मोबाइलमा कुराकानी !

जनकपुरधाम । यो दृश्य जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर रीता कुमारी मिश्रको रहेको छ । उनले परीक्षा कोठामै मोबाइलमा कुरा गरिरहेकी छिन् । जनकपुरधाम उपमहनगरपालिकाका लागि...

ई-पेपर

(Visited 63 times, 1 visits today)