Saturday, September 19, 2020
Home बिचार विषय विज्ञताप्रति आँखा नचिम्ल

विषय विज्ञताप्रति आँखा नचिम्ल

नेपाल नागरिक उड्डयन प्राधिकरणले काभ्रेमा आन्तरिक विमानस्थल निर्माणका लागि बजेट विनियोजन गरेपछि एकाएक बहस चुलिएको छ । विज्ञ समूह तथा नेपालमा संघीय संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सुझाव र निर्देशनविपरीत यो कामको श्रीगणेश हुने देखिएको छ । हवाई उडान दूरीको हिसाबले देशको राजधानी सहर काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँग जुध्न जाने र आवश्यक दूरी कायम हुन नसक्ने भन्दै उडानमा खतरापूर्ण अवस्था सिर्जना हुने विज्ञ समूहको सुझाव रहेको छ । यसका साथै संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सो काम अघि नबढाउन लगभग दुई वर्षअघि नै निर्देशनसमेत दिएको छ । तर, काभ्रेमा आन्तरिक विमानस्थल निर्माण गर्न भन्दै करिब १ करोड बजेट विनियोजन गरिएपछि यो विषयले आमबहसको रूप धारण गर्न थालेको छ । तर, काभ्रेको कुनै सम्भाव्य ठाउँमा विमानस्थल निर्माणका लागि अध्ययन अघि बढाउन थालिएको प्राधिकरण स्रोतले जनाएको छ । यसअघि काभ्रेकै ठूलीचौरमा आन्तरिक विमानस्थल निर्माणका लागि प्राधिकरणले विस्तृत अध्ययन (डीपीआर) गर्ने भनी रकम खर्च गरिसकेको छ । त्यतिबेला त्रिभुवन विमानस्थलमा एयर ट्राफिकको समस्या परिरहेको भन्दै आन्तरिक उडानका लागि ठाउँ खोज्ने क्रममा काभ्रेलाई चयन गरिएको थियो ।

तर, विज्ञहरूले काभ्रेमै आन्तरिक विमानस्थल निर्माण गरिएमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरणका बखत हवाई स्पेस नहुने भनी यो निकै जोखिमपूर्ण हुने सुझाव दिएका थिए । विज्ञहरूले त यो विमानस्थल काम नै नलाग्ने र बेकार खर्च मात्र हुने भनी चिन्ता जाहेर गर्न थालिसकेका छन् । मन्त्री योगेश भट्टराईसँग विज्ञहरू तथा संसदीय समितिको सुझाव तथा निर्देशनबारे उनको केकस्तो विचार छ, सो सार्वजनिक हुनु जरुरी रहेको माग गर्न थालेका छन् । तर, सर्वसाधरण तथा सम्बन्धित पक्षहरू भने यसमा आशंका व्यक्त गरिरहेका छन् । प्राधिकरण पनि बजेट किन र कसरी प¥यो, त्यो मन्त्रिपरिषद्को कुरा भएको बताइरहेको छ । सम्भाव्यता अध्ययनका क्रममा त्यति नै बेला पनि काभ्रेको ठूलीचौर वा नागीडाँडामध्ये कहाँ बनाउने भन्नेमा विवाद चलिरहेको थियो । तथापि, तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले काभ्रेमा आन्तरिक विमानस्थल निर्माण गर्ने विषय समावेश गराएका थिए । बहस सार्वजनिक रूपमा चल्न थालेका बेला सम्बन्धित सरोकारवाला एवं हवाई विज्ञसमेतले पनि काभ्रेमा आन्तरिक विमानस्थल आवश्यक नरहेको सुझाव दिँदै आएका छन् ।

यो पनि पढ्नुहोस   कोरोना भाइरसले थला परेको खेलकुद

त्यति बेला पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान क्षेत्र प्रभावित हुने र एक्सिडेन्टको जोखिम ज्यादा रहने भएकाले यसलाई अरू जिल्लाभित्र रहेका क्षेत्रमा सम्भाव्यता अध्ययनलाई जोड दिन सुझाइएको थियो । विज्ञ समूहको अध्ययनमा सरकारले नयाँ निर्माणमा रहरभन्दा पनि हालसम्म बनाइएका, निर्माणाधीन रहेका र सञ्चालनमा आएका विमानस्थल कति नियमित, सबल, नाफामूलक र व्यवस्थित हुन सकेका छन्, तिनमा ध्यान दिन सरकारको ध्यानाकृष्ट गरिएको छ । हाल नेपालमा रहेका ३० वटा विमानस्थलमध्ये मात्र सात वटा जेनतेन मुनाफामा चलेका देखिएका छन् भने बाँकी २३ वटा सबै दैनिक घाटामा छन् । यही पृष्ठभूमिमा माधवकुमार नेपालको संयोजकत्वमा गठित उपसमितिले समेत काभ्रेमा विमानस्थल निर्माणको विषय अघि नबढाउन सुुझाव दिइसकेको छ । सरकार तथा जनप्रतिनिधि विकास हुनुपर्छ भन्ने पक्षमा रहेकोमा कुनै आपत्ति छैन । तथापि, विकास स्थायित्वसँग जोडियोस् भन्ने कुरामा ध्यान दिइनुपर्छ । विकास भोट माग्नका लागि मात्र गरिनुहुँदैन । विकासलाई औचित्य र दिगोपनामा जोड्नका लागि पनि विज्ञहरूको सुझावलाई आँखा चिम्लन मिल्दैन ।

(Visited 31 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

काठमाडौं उपत्यकामा थपिए ७११ कोरोना संक्रमित, ५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ७११ जना कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । ती मध्ये...

थप १२०४ जनामा कोरोना संक्रमण पुष्टि, १४४७ जना डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १२०४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ६२ हजार ७९७...

उपत्यकामा मात्रै ६०० भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण पछिल्ला दिनमा स्वास्थ्यकर्मीमा बढी देखिन थालेको छ । मुलुकभर कोभिड–१९ को सङ्क्रमित बढिरहेको बेला उपत्यकामा अग्रपङ्क्तिमा काम गरिरहेका स्वास्थ्यकर्मीमा...

काँग्रेस महामन्त्री कोइराला अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइराला अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । केही दिन पहिला कोरोना सङ्क्रमण पुष्टि भएका महामन्त्री कोइरालामा सामान्य ज्वरो...

भर्खरै

जनकपुरमा संविधानको विरोध/समर्थन !

जनकपुरधाम । जनकपुरधाममा आज दुइ थरी दृश्य देखियो । जनता समाजवादी पार्टीले संविधानको विरोध गर्दै प्रदर्शन गरिरहेका थिए भने केही युवाहरुले जानकी चोकमा दिपावली...

पत्रकार घिमिरे र आचार्यलाई शैलजा आचार्य पत्रकारिता पुरस्कार

मोरङ । विराटनगरका दुई जना पत्रकार शैलजा आचार्य पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन । नेपाल प्रेस युनियन मोरङले कोरोना महामारीबीच शनिबार विराटनगरमा भर्चुअचल कार्यक्रम...

ठमेलमा टोलवासीको रात्रि सुरक्षागस्ती (फोटो फिचर)

काठमाडौं । ठमेलको पहिचानमा विकृति आउन नदिन र स्थानीयवासीको अमनचयनलाई कायम राख्न टोलीवासीले रात्रि सुरक्षागस्ती सुरु गरेका छन् । ठैटीदेखि गल्कोपाखासम्म राति ८ बजेदेखि...

काठमाडौं उपत्यकामा थपिए ७११ कोरोना संक्रमित, ५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ७११ जना कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । ती मध्ये...

धेरै पढिएका

हिरासतमा मान्छे मारेको विरोधमा मुसहर समुदायको प्रदर्शन

सप्तरी, राजविराज । धनुषाको सबैलामा अनुसन्धानका लागि नियन्त्रणमा लिइएका एक व्यक्तिको प्रहरीले हत्या गरेको दाबी गर्दै सोमबार सप्तरी सदरमुकाम राजविराजमा प्रदर्शन गरिएको छ । महिलाहरुको...

कोरोना जितेर घर फर्किइन् अभिनेत्री निरिशा

मुम्बई । अभिनेत्री निरिशा बस्नेत कोरोना संक्रमणबाट मुक्त भएको उनका पिता एवं अभिनेता विश्व बस्नेतले बताएका छन् । विगत चार वर्षदेखि मुम्बईमा बसेर उतै...

संसदमा संविधान संशोधन प्रस्ताव पेश हुँदै

काठमाडौं । संसदमा दर्ता गरिएको संविधान संशोधन प्रस्ताव आजको प्रतिनिधिसभा बैठकमा पेश हुने भएको छ । आज ११ बजेपछि बस्ने प्रतिनिधिसभा बैठकमा कानुन, न्याय...

सुनको मूल्य अकासियो , १५ वर्षमा प्रतितोला ६८ हजारले बढ्यो

काठमाडौं । पछिल्लो समय विश्व बजारमा सुनको...

ई-पेपर

(Visited 63 times, 1 visits today)