शिखाले ल्यायो एकैपटक चार पुस्तक

काठमाडौं । शिखा बुक्सले यतिबेला चार वटा पुस्तक एकसाथ सर्वाजनिक गरेको छ । यो बुक्सले यतिबेला दलिपकुमार मल्लको कथासंग्रह ‘कलावती’, निर्माेही व्यासको संस्मरण ‘मायामहल’ र पूर्वमन्त्री तथा राजनीतिज्ञ जयप्रकाश गुप्ताको संस्मरण ‘अख्तियारको थुना ः मेरो सम्झना’ बजारमा ल्याएको हो । यो बुक्सले छापेको चौथो किताब नरबहादुर विसीको खोजअनुसन्धानात्मक कृति ‘मान्छे टोक्ने बोक्सी’ हो ।

यतिबेला एकैसाथ चार पुस्तक रिलिज गर्नुको कारण’bout शिखा बुक्सका अध्यक्ष पुष्पराज पौडेलले भने,‘ नेपालमा गत चैतबाट चार महिना लकडाउन हुँदा साहित्यिक पुस्तकको व्यापारमा पनि पूर्णविराम लाग्यो । तर, गत असारबाट लकडाउन खुलेसँगै पुस्तकको बिक्री सुरु भएपछि धमाधम साहित्यिक पुस्तक बजारमा आउन थालेका हुन् ।’ यसैक्रममा शिखाले चार पुस्तक एकसाथ बजारमा ल्याएको उनले प्रस्ट पारे ।

पूर्वमन्त्री तथा राजनीतिज्ञ जयप्रकाश गुप्ताको संस्मरण ‘अख्तियारको थुना ः मेरो सम्झना’ चौथो संस्करण र बाँकी अरू पुस्तक नयाँ संस्करण भएको पनि पौडेलले प्रस्ट पारे ।

यसका साथै शिखा बुक्सकै प्रकाशनमा भदौको पहिलो सातासम्म रत्नशमशेर थापा संस्मरण ‘घुम्तीमा नआऊ है’ टंक चौलागार्इंको उपन्यास ‘उवडखावड’ र भीष्म उप्रेतीको यात्रा संस्मण ‘हिमाल शेर्पा र यति’ पनि तयारी भएर बजारमा आउने प्रकाशक पुष्पराज पौडेलले जानकारी गराए । यस्तै, १ असोजमा कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको उपन्यास ‘कफी लभ’ सार्वजनिक गरिने पनि उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 102 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी