Tuesday, September 29, 2020
Home Not-to-be-missed करिनाले भनिन्, ‘नातावादमा टिकेको हैन’

करिनाले भनिन्, ‘नातावादमा टिकेको हैन’

मुम्बई । आफ्नो परिवारबाटै फिल्मी क्षेत्रमा आएका बलिउड कलाकारहरूले यतिबेला एकपछि अर्को गर्दै नातावादको आरोप खेप्नुपरेको छ । यसैक्रममा बलिउड अभिनेत्री करिना कपुरले फिल्म फेयरसँगको वार्तामा नातावादको आरोपले आफू दिक्क भएको बताएकी छन् ।

बलिउडमा स्थापित भएर टिकिरहन ठूलो संघर्ष गर्नुपर्ने अभिनेत्री करिनाको भनाइ छ । सुरुका दिनमा आफूले सफलतासँगै लगातार फिल्म पाए पनि विवाहपछि फिल्म पाउन संघर्ष नै गरिरहनुपरेको गुनासो यी अभिनेत्रीले सञ्चारकर्मीसँग बिसाएकी छन् ।

उनले भनेकी छन्, ‘यहाँ नातावाद–कृपावादले फिल्म त पाउन सकिएला । तर, फिल्म नातावादले होइन, दर्शकका कारण चल्ने गर्दछ ।’ त्यसैले, नातावाद तथा जुनसुकै वादबाट बलिउडमा जो कलाकार आए पनि दर्शकलाई आफूले नै मन जित्न सक्नुपर्ने उनले बताएकी छन् ।

‘बलिउड फिल्मी उद्योगमा म विगत २१ वर्षदेखि निरन्तर सेवारत छु । म नातावादका कारण होइन, आफ्नो बलबुताले राम्रो काम गरेर दर्शकको मन जित्न सकेका कारण अहिलेसम्म टिकेकी हुँ ।’ आफूसँगै आएका कतिपय अभिनेत्रीहरू एक÷दुई सिनेमाबाटै पलायन भएको पनि करिनाको भनाइ छ ।

‘बलिउडमा पछिल्लो समय सुपर स्टारका छोराछोरीहरू दर्जनभन्दा बढीको संख्यामा आएका छन् र उनीहरू पनि यो क्षेत्रमा टिकिरहन आपसमा प्रतिस्पर्धारत छन् ।’ नातावादका कारण बलिउड छिरेका धेरै स्टार पुत्रपुत्रीहरू दर्शकको मन अभिनयबाट जित्न नसकेको कारण एक÷दुई वटा फिल्मबाटै पलायन भएको पनि करिनाले बताएकी छन्, ‘तर म ती पलायन हुनेहरूमध्येमा परिनँ । मैले निरन्तर कामबाट दर्शकको मन जित्दै बलिउडमा आफूलाई टिकाउन र निरन्तर फिल्म पाउन धेरै नै संघर्ष गरेको छु,’ उनले भनिन् ।

बहिरी सहरबाट १० रुपैयाँ लिएर ट्रेनमा मुम्बई छिरेर संघर्ष गरेका कलाकारहरूको जस्तो रोचक आफ्नो कथन नभए पनि त्यतिकै संघर्ष गर्नुपरेको पनि करिनाको कथन छ । कपुर परिवारकै भएका कारण आफूहरूको संघर्ष मिडियो बेवास्ता गर्ने पनि यी अभिनेत्रीको आरोप छ, ‘हामीलाई दर्शकले नै स्टार बनाएका हुन् र निरन्तर संघर्ष गरेर राम्रो काम नदिए तिनै दर्शकले नै हामीलाई फेरि तल झार्छन् ।’

अभिनेत्री करिनाले भनेकी छन्, ‘नातावादले नै मलाई स्टार बनायो भनेर आरोप लगाउनेहरूले मेरो फिल्म हेर्ने गरेका छन् भने अब नहेरे पनि हुन्छ, ‘मलाई दर्शकले यहाँसम्म ल्याएका ल्याएका हुन् र अब मलाई कता लैजाने भन्ने अधिकार पनि दर्शकलाई छ । मलाई केही मानिसहरूले नातावादबाट टिकिरहेको भनेर आरोप लगाउनु आवश्यक छैन ।’

अहिले बलिउडमा स्टारका रूपमा रहेका अक्षय कुमार, शाहरुख खान, आयुष्मान खुराना, राजकुमार रावलगायत थुप्रै कलाकार फिल्मी उद्योगभन्दा बाहिरका रहेको पनि करिनाले बतûाएका छन् । उनीहरू पनि आफ्नो मिहिनेतले दर्शकलाई रिझाउन सकेकै कारण यो क्षेत्रमा टिकिरहेको उनको कथन छ, ‘यहाँ आलिया भट्ट, करिना कपुरदेखि जान्ह्वी कपुरसम्म फिल्म परिवारबाट पक्कै आएका छन् ।

तर, उनीहरूले पनि ननफिल्मी परिवारका कलाकारसँगै प्रतिस्पर्धा गरेर अघि बढ्नुपर्छ ।’ त्यसैले कलाकारको भाइ, भजिता, बहिनी र छोरी हुँदैमा दर्शकलाई रुचाइहाल्छन् भन्ने मान्यता पूर्ण गलत भएको पनि यी अभिनेत्रीले बताएकी छन् । अभिनेत्री कंगना रनौतले निरन्तर नातावादको कुरा मिडियामा उठाएपछि आफूले मिडियामा आएर यसको जवाफ दिनुपरेको पनि करिनाको कथन छ ।

(Visited 74 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

सम्झनाका हत्या अभियुक्त सार्वजनिकः प्रमाण बोले पनि आरोपित बोलेनन्

बझाङ । बझाङ प्रहरीले सम्झना कामीका हत्या आरोपीलाई सार्वजनिक गरेको छ । सम्झनाकोे हत्या आरोपमा प्रहरीले २० वर्षीय राजेन्द्र बोहरालाई आज सार्वजनिक गरेको हो...

हिमालय एयरलाइन्सलाई भूमिस्थ सेवा दिने निर्णय खारेज गर्न निगमको माग

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई आफै भूमिस्थ सेवा ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने सम्बन्धमा भएको निर्णय...

बझाङ घटनालाई गम्भीर रुपमा लिएको छु : सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई आफूले गम्भीर रुपमा लिएको बताएका छन् । सिंहदरबारस्थित कार्यकक्षमा बझाङ बलात्कार...

थप १५१३ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार ५१३ जनामा कोरोना भाइरस (कोभिड–१९) सङक्रमण पुष्टि भएको छ । यसैगरी आज कोरोना निको भई ७३१...

भर्खरै

सम्झनाका हत्या अभियुक्त सार्वजनिकः प्रमाण बोले पनि आरोपित बोलेनन्

बझाङ । बझाङ प्रहरीले सम्झना कामीका हत्या आरोपीलाई सार्वजनिक गरेको छ । सम्झनाकोे हत्या आरोपमा प्रहरीले २० वर्षीय राजेन्द्र बोहरालाई आज सार्वजनिक गरेको हो...

तातोपानी नाका असोज १९ देखि खुल्ने

सिन्धुपाल्चोक । पहिरोका कारण सडक सम्पर्क टुटेको तातोपानी नाका यही असोज १९ गतेदेखि खुल्ने भएको छ । नेपाल र चीनका अधिकारीबीच आज मितेरी पुलमा...

हिमालय एयरलाइन्सलाई भूमिस्थ सेवा दिने निर्णय खारेज गर्न निगमको माग

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई आफै भूमिस्थ सेवा ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने सम्बन्धमा भएको निर्णय...

प्रदेश १ मा १६६ जना डिस्चार्ज, १२२ संक्रमित थपिए

मोरङ । प्रदेश १ मा मंगलबार १ सय ६६ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । १ सय २२ कोरोना संक्रमित थपिएका छन्...

धेरै पढिएका

कांग्रेस राष्ट्रियसभा संसदीय दलमा अधिकारी

काठमाडौं । कांग्रेस राष्ट्रियसभा संसदीय दल नेतामा राधेश्याम अधिकारी मनोनित भएका छन् । संघीय संसद्, संसदीय दल नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार...

पुलिस अन्तिम चारमा

  पोखरा ।  आयोजक सहारा क्लबको चुनौती पेनाल्टी सुटआउटमा पन्छाउँदै विभागीय नेपाल पुलिस क्लब १८औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ...

पहिरोमा पुरिएर मोटरसाइकल चालकको ज्यान गयो

हेटौंडा । काठमाडौँबाट इपातर्फ जानेक्रममा कोगटेखोला नजिकै आइपुग्दा गए राति बा४४प ६०८५ नंको मोटरसाइकललाई कोगटेखोलामा आएको पहिरोले पुरेको इलाका प्रहरी कार्यालयले जनाएको छ । पहिरोमा...

चितवनमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन । जिल्लामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कजेलमा उपचाररत हेटौँडा उपमहानगरपालिका वडा ९ का ७४ वर्षीय पुरुषको...

ई-पेपर

(Visited 63 times, 1 visits today)