Thursday, October 1, 2020
Home अर्थ व्यावसायिक उडान भर्न १२ वटा वायुसेवा कम्पनीको प्रस्ताव

व्यावसायिक उडान भर्न १२ वटा वायुसेवा कम्पनीको प्रस्ताव

मधुजंग पाण्डे
काठमाडौं । सरकारले आगामी १ भदौबाट हवाई उडान सञ्चालनको अनुमति दिएसँगै अहिले विभिन्न वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय व्यावसायिक उडान भर्न प्रस्ताव गरेका छन् । अहिलेसम्म स्वदेशी र विदेशी गरी १२ वटा वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय व्यावसायिक उडान भर्न प्रस्ताव गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । अहिलेसम्मयी वायुसेवा कम्पनीले काठमाडांैबाट विभिन्न गन्तव्यकालागि अन्तर्राष्ट्रिय उडान भर्न प्रस्ताव गरेको प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले अन्तर्राष्ट्रिय व्यावसायिक उडान भर्न मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र निजी क्षेत्रको हिमालय एयरलाइन्सले विशेष चासो देखाएको जानकारी दिए ।

प्राधिकरणका अनुसार अन्तर्राष्ट्रिय उडान भर्न अहिले छिमेकी मुलुक भारतको इन्डिगो एयर, चीनकोे एयर चाइना र चाइना साउदर्न, कुवेतको जजिरा एयर, ओमानको सलाम एयर, संयुक्त अरब इमिरेट्स (यूएई)को फ्लाई दुबई, मलेसियन एयर, मालिन्दो एयर, एयर अरेबिया र टर्कीको टर्किस एयरलाइन्सले नियमित व्यावसायिक उडानका लागि प्राधिकरणमा प्रस्ताव दिएको छ ।

विश्व स्वास्थ्य संगठनको स्वास्थ्य मापदण्ड, अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को मार्गनिर्देशनको आधारमा नेपालको नियामक निकाय प्राधिकरणले स्वास्थ्य प्रोटोकल बनाएको छ । 

प्रवक्ता क्षत्रीका अनुसार अन्तर्राष्ट्रिय एयरलाइन्सले सुरुमा एक साताको उडानका लागि निवेदन दिएका छन् । नेपाल उडान भर्न निवेदन दिएका एयरलाइन्समध्ये मालिन्दो एयरले सातामा १५, मलेसियन एयरले पाँच र एयर अरेबियाले पनि सोहीअनुसारकै उडान भर्ने प्रस्ताव गरेको छ । यसैगरी, फ्लाई दुबई, सलाम एयर, इन्डिगोले सातामा सात÷सातवटा, टर्कीले ६ वटा, जजिराले दुईवटा, एयर चाइना र चाइना साउदर्नले सातामा एक÷एक मात्रै उडान भर्न अनुमति मागेका छन् । सरकारले आगामी १भदौदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय यसअघि नै गरिसकेको छ । सोहीअनुरूप स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीहरूले आफ्नो उडान तयारीलाई तीव्रता दिएका हुन् ।

आगामी १ भदौबाट सञ्चालन हुने अन्तर्राष्ट्रिय उडानकालागि मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले विभिन्न पाँचवटा गन्तव्यमा उडान भर्ने बताएको छ । यूएईको दुबई, कतारको दोहा, मलेसियाको क्वालालम्पुर, जापानको नारिता र हङकङमा नियमित उडान भर्ने निगमले जनाएको छ । जसकालागि अहिले निगमले टिकट बिक्री सुरु गरिसकेको छ । अहिलेसम्मउडान हुने गन्तव्य निश्चित भए पनि उडान तालिका भने तय भइसकेको छैन । निगमले उडान गन्तव्य किटान गरी प्राधिकरणबाट अनुमति लिनेछ ।

प्राधिकरणका अनुसार निगमले भारतको नयाँ दिल्लीमा १४, दुबईमा सात, मुम्बईमा सात, दोहामा सात, क्वालालम्पुरमा सातवटा उडान भर्ने भएको छ । त्यसरी नै बैंलोरमा तीन, तथा चीनको ग्वाङ्जाओमा तीन, बैंकक हङकङ र नारितामा तीन-तीनवटा उडान भर्नेगरी प्रस्ताव गरेको छ ।

यसैगरी, अर्को स्वदेशी निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले पनि पाँचवटा गन्तव्यमा सातामा २१ उडान भर्ने तयारी गरेको छ । हिमालयले चीनको चोङचिङ, यूएईको अवुधावी, साउदी अरबको दमाम, कतारको दोहा र मलेसियाको क्वालालम्पुरमा उडान भर्नेगरी प्राधिकरणबाट उडान अनुमति लिएको छ । सो कम्पनीले चोङचिङमा एक, दोहामा पाँच, अवुधाबीमा चार, दमाममा सात, क्वालालम्पुरमा सात उडान भर्ने बताएको छ ।

गत ११ चैतबाट सुरु भएको मुलुक लकडाउनदेखि बन्द भएका व्यावसायिक हवाई उडान सञ्चालनकालागि स्वास्थ्य प्रोटोकल पालना गर्दै सरकारले उडानको स्वीकृति दिएपछि मात्रै विदेशी वायुसेवाले नेपालमा व्यावसायिक उडान भर्न पाउँछन् । विश्व स्वास्थ्य संगठनको स्वास्थ्य मापदण्ड, अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को मार्गनिर्देशनलगायतका आधारमा नेपालको नियामक निकाय प्राधिकरणले स्वास्थ्य प्रोटोकल बनाएको छ । प्राधिकरणले बनाएको सोही मापदण्डअनुरूप अब नेपालमा उडान भर्न चाहने सबै अन्तर्राष्ट्रिय वायुसेवाले नियमित व्यावसायिक उडान सञ्चालन गर्नुपर्नेहुन्छ ।

प्राधिकरणले बनाएको सोही प्रोटोकल मापदण्डअनुरूप अब नेपालमा उडान भर्न चाहने सबै अन्तर्राष्ट्रिय वायुसेवाले नियमित व्यावसायिक उडान सञ्चालन गर्नुपर्नेहुन्छ

यसैगरी, अन्तर्राष्ट्रिय उडानका लागि कुन वायुसेवाको गन्तव्यअनुसार कति उडान भर्ने भन्ने विषय अझै छलफलमै रहेको प्राधिकरणले जनाएको छ । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३० वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका थिए । सामान्य अवस्थामा अन्तर्राष्ट्रियतर्फ उडान र अवतरण गरी दैनिक करिब सयवटा उडान हुने गरेको थियो । लकडाउनदेखि अहिलेसम्म स्वास्थ्य सामग्री ओसार्न र विभिन्न देसमा अलपत्र परेका नेपालीको ल्याउने एवं यहाँ अलपत्र परेका विदेशी पु¥याउन केही उद्धार उडान मात्रै भइरहेको छ । सरकारले गत २९ जेठबाट सुरु गरेको चाटर्ड उद्धार उडानबाट हालसम्म करिब ४० हजार जना नेपालीलाई काठमाडांै ल्याएको छ ।

सरकारले विश्व महामारीका रूपमा संसारभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बच्न गत ११ चैतेदेखि गत ६ साउनसम्म लकडाउन जारी राखेको थियो । सोही अवधिमा सरकारले अहिलेसम्म बन्द रहेको आन्तरिक तथा अन्तर्राष्ट्रियतर्फ व्यावसायिक हवाई उडान आगामी १ भदौदेखि खोल्ने निर्णय गरिसकेको थियो। सरकारकोसोही निर्णयअनुसार गत ९ चैतदेखि बन्द भएको अन्तर्राष्ट्रिय व्यावसायिक उडान र गत ११ चैतदेखि रोकिएको आन्तरिक हवाई सेवा सञ्चालनको तयारीमा अहिले वायुसेवा कम्पनी जुटेका हुन् । आन्तरिकतर्फ पनिहाल विभिन्न वायुसेवा कम्पनीका ४८ वटा उडान स्वीकृति भएको प्राधिकरणले जनाएको छ ।

आन्तरिक उडानकालागि बुद्ध एयरले १८, यती एयरलाइन्सले ११, श्रीएयरलाइन्सले८, सिम्रिक एयरले २वटा उडानकालागि स्वीकृति लिएका छन् । यसैगरी,सीता, समिट र अर्को एक वायुसेवाले पनि दुईवटा उडान भर्ने अनुमति पाएका छन् । तर, अहिले मुलुकभरका विभिन्न टंक रुटका सहरमा कोरोना संक्रमितको संख्या दैनिक थपिएर धमाधम निषेधाज्ञा र लकडाउन हुनेक्रम बढिरहेकाले आन्तरिक उडानको पनि औपचारिक निर्णय भई नसकेको प्राधिकरणले जनाएको छ ।

(Visited 74 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

कार्यालय सहयोगीले ‘मैले नै हो नागरिकता सिफारिस गर्ने’ भन्दै घुस लिएपछि

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका एक कर्मचारी घुससहित पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका–१३ का कार्यालय सहयोगी दिलिप पञ्जियारलाई अख्तियारको टोलीले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा...

नेपाल-भारत सीमा नाका खोल्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

जनकपुरधाम । सीमा बन्द हुँदा दुवै देशको जनतालाई कठिनाई भइरहेको खबर आइरहेको बेला नेपाल–भारत खुल्ला सीमा सम्वाद समूह र व्यापारीहरुको संस्थाले नेपाल-भारत सीमा खोल्न...

रुपन्देही र बाँकेमा कोरोनाबाट थप ४ जनाको मृत्यु

बुटवल । रुपन्देही र बाँकेमा कोरोना सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको छ । रुपन्देहीमा लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा बुधबार बेलुका मृत्यु भएका...

मुख्य सचिव रेग्मीले दिए राजीनामा

काठमाडौँ । मुख्सचिव लोकदर्शन रेग्मीले राजीनामा दिएका छन् । रेग्मीले आफ्नो कार्यकाल सकिनु अघि नै राजीनामा दिएका हुन् । बिहीबार उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष...

भर्खरै

बालमन्दिरलाई अर्को विद्यालयमा गाभ्ने निर्णय विवादमा

सप्तरी । राजविराज नगरपालिकाले नगर क्षेत्रको पुरानो शैक्षिक संस्था बाल मन्दिरलाई वडा नं. ७ स्थित रमेश नारायण दास आदर्श विद्यालयमा गाभ्ने निर्णय गरेपछि विवाद...

कविता : भो नसुत डा. केसी !

  भ्रष्टाचारी, तस्करको अखडामा निशास्सिएको शहरमा निर्दालाई मुर्दा बनाएर कुटिन्छ यहाँ, के गर्छौ र डा. केसी तिम्रा शरिरका रौ हरु पलपल गनि गनि लुटिन्छ यहाँ, तिमी नखाएर सुत्छौ त...

समाचार प्रभाव : ठेकेदारले फिर्ता गरे कमिसन रकम

गुल्मी । विभिन्न संचार माध्यममा समाचार प्रकाशित भएपछि जिल्लाको रुरुक्षेत्र गाउँपालिकाको लागि ट्याक्टर खरिद गरेका ठेकेदारले किसानहरुसँगबाट लिएको कमिसन रकम फिर्ता गरेका छन् । रुरुक्षेत्र...

कार्यालय सहयोगीले ‘मैले नै हो नागरिकता सिफारिस गर्ने’ भन्दै घुस लिएपछि

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका एक कर्मचारी घुससहित पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका–१३ का कार्यालय सहयोगी दिलिप पञ्जियारलाई अख्तियारको टोलीले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा...

धेरै पढिएका

ब्यक्तिले मिचेको २८४ विघा जमिन सरकारले फिर्ता ल्यायो

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकारले हालसम्म २८४ विघा जमिन फिर्ता गरेको...

काठमाडौंका रेकर्डिङ स्टुडियोमा लाग्यो तिज

काठमाडौं । मुलुकमा कोरोना भाइरसको संक्रमण देखिएसँगै गत चैतको दोस्रो सातादेखि नेपालमा लकडाउन सुरु भएको थियो । सो लकडाउनसँगै काठमाडौं उपत्यका ठप्प थियो ।...

भारतद्वारा अतिक्रमित कालापानी क्षेत्रलाई ५ करोड बजेट विनियोजन

धनगढी । भारतद्वारा अतिक्रमित दार्चुलाको ब्यास क्षेत्रका लागि सुदूरपश्चिम प्रदेश सरकारले पाँच करोड बजेट छुट्याएको छ । दार्चुलाको ब्यास गाउँपालिका अन्तरगत पर्ने सो क्षेत्रको...

कोरोनाको त्रास : मंगलबारको उपबास र महंगीले उडायो होलीको उल्लास

सप्तरी । चीनबाट सुरु भएर विश्वव्यापी बनेको कोरोना भाइरसको सन्त्रास र महंगीसँगै मंगलबार उपबास बस्ने कारणले सप्तरीमा यस पटक रंग र उमंगको पर्वको रुपमा...

ई-पेपर

(Visited 64 times, 1 visits today)