इलाम । इलाममा सवारी नियम मिच्ने साधनलाई कारवाही ४९ लाख ९९ हजार संकलन भएको छ । ट्रफिक प्रहरी कार्यलयले एक आर्थिक वर्षभरि सवारी नियम मिच्ने साधनलाई कारबाही स्वरुप जरिमानाबाट ४९ लाख ९९ हजार संकलन भएको हो । आर्थिक वर्ष ०७६।०७७ मा ८ हजार ७ सय १५ वटा सवारी साधनबाट कारबाहि स्वरुप ४९ लाख ९९ हजार राजश्व संकलन भएको छ । अघिल्लो वर्ष सवारी साधनबाट ८० लाख १४ हजार ५ सय संकलन भएको थियो । लकडाउनको कारण चैत्र देखि सवारीसाधन बन्द भएका कारण अघिल्लो वर्षको तुलनामा ३० लाख १५ हजार ५ सय रुपैयाँ कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्याल इलामले जनाएको छ ।
कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष ०७६।७७मा १ सय ८६ वटा बसबाट १ लाख ७ हजार ५ सय, १२ सय १८ ट्रकबाट ७ ला ३८ हजार ३४ सय ८७, जिप कार र भेनबाट १८ लाख २६ हजार साथै ३२ सय ८६ वटा मोटर साइकलबाट २० लाख १९ ५ सय राजश्व संकलन भएको छ । त्यस्तै ४ सय ५५ वटा ट्याक्टरबाट २ लाख ४७ हजार र अन्य ८३ वटा सवारी साधनबाट ६१ हजार राजश्व संकलन गरिएको ट्राफिक प्रहरी कार्यालय इलामका प्रमुख दिलिप चौधरीले बताए ।
अघिल्लो अर्थात आर्थिक वर्ष ०७५।०७६ मा ४ सय ४० बसबाट २ लाख ८४ हजार, १९ सय ४ वटा ट्रकबाट ११ लाख ८९ लाख ५ सय राजश्व संकलन भएको कार्यालको तथ्यांकमा उल्ल्ेख छ । त्यस्तै ५ हजार ४ सय ९५ जि, कार र भेनबाट २९ लाख २१ हजार ५ सय, ५ हजार १ सय २२ मोटरसाइकलबाट ३२ लाख ५६ हजार र ६ सय ४९ ट्याक्टरबाट ३ लाख ६३ हजार ५ सय गरी ८० लाख १४ हजार ५ सय राजश्व संकलन भएको थियो । सवारी धनीपुर्जा नभएका, सवारी चालक अनुमती पत्र नभएका, मापसे गरी सवारी चलाउने लगायतलाई कारबाही गरिएको प्रहरीको भनाई छ ।
कार्यालयले दुर्घटना न्युनिकरण गर्न चालकलाई सचेत गराउने, होडिङ बोर्ड राख्ने लगायतका कार्य गरिरहेको छ । लकडाउनका कारण सडकमा कम सवारी चलेपनि दुर्घटना भने अघिल्लो वर्षको तुलनामा बढेको छ । आर्थिक वर्ष ०७५।०७६ मा साना ठुला गरि २० वटा सवारी दुर्घटना भएका थिए । जसका कारण ९ जनाले अकालमा नै ज्यान गुमाउनु परेको थियो । दुर्घटनाबाट १० जना सक्त घाइते भएका थिए भने ३४ जना सामान्य घाइते भएको कार्यालयको तथ्यांक छ । त्यस्तै आव ०७६।७७ मा साना ठुला गरि २१ वटा सवारी दुर्घटनामा परेका छन् । जसका कारण ९ जनाले नै ज्यान गुमाएका छन् ९ जना सक्त घाइते भएका छन् । त्यस्तै दुर्घटनाबाट ९ जना नै सामान्य घाइते भएको कार्यालयले दिएको तथ्यांकमा उल्लेख छ ।