रौतहटमा साउन महिनाभर निषेधाज्ञा

रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबार साउन २४ गते देखी ३२ गते सम्मको लागी रौतहट जिल्ला भर निषेधाज्ञा लागु गर्ने निर्णय गरेको छ । छिमेकी जिल्ला बारा,सर्लाही र पर्सामा कोरोनाको संक्रमण बढेपछि बुधबार बसेको सुरक्षा समितिको बैठकले रौतहटमा पनि निषेधाज्ञा लागु गर्ने निर्णय गरेको हो ।

रौतहटमा पनि समुदायमा संक्रमण फैलिने त्रास भएकाले जिल्लालाई नै निषेधाज्ञा गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिएका छन् ।

अत्यावश्यक काम बाहेक रौतहट जिल्लामा २४ गतेदेखि ३२ गतेसम्म पूर्णरूपमा निषेधाज्ञा गरिने निर्णय भएको सिडियो घिमिरेले जानकारी दिए ।

हाललाई साउन ३२ गतेसम्ममा निषेधाज्ञा गरिने निर्णय भएपनि त्यसपछि के गर्नेभन्ने ’bout सुरक्षा समितिको बैठकले निर्णय गर्ने सिडियो घिमिरेले बताए ।

पछिल्लो समयमा रौतहटमा पनि समुदायमा संक्रमण देखिरहेको अवस्था छ । मानिसहरूको आवतजावत हुनाले संक्रमण हुने जोखिम बढेकाले यो निर्णय गरिएको हो ।

यता रौतहटको राजदेवि नगरपालिकामा भोली बिहिबार देखी सम्पुर्ण कार्यालयहरु बन्द हुनेभएका छन । सो नगरपालिकाको वाड नं. ५ का वडा अध्यक्षलाई कोरोना संक्रमित पुष्टि भएपछि राजदेवि नगरपालिकामा समुदाय स्तरमा नै कोराना भाइरस फैलिएको भन्दै सो नगर क्षेत्रका सम्पुर्ण कार्यालयहरु बन्द गर्ने निर्णय गरेको नगर प्रमुख धिरेन्द्र सिहले जानकारी दिए । वडा अध्यक्ष ब्यक्तिगत कामले काठमाडौ जानु पर्ने भएपछि स्वास्थ्य परिक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

संक्रमित वडा अध्यक्षका श्रीमतिको करेन्ट लागेर मृत्यु हुदा मलामी गएका सांसददेखि सर्वसाधरण अनुमानित ३ सय भन्दा बढी नागरिहरु सहभागी रहेको जनाइएको छ । सम्पर्कमा आएकाहरु मध्येको स्वास्थ्य परिक्षण गराउदा ४ जनामा मंगलबार कोरोना पुष्टि भएको थियो । अन्यको पनि स्वाब परिक्षण भइरहेको नगर प्रमुख सिंहले जानकारी दिएका छन । मंगलबार राजदेबीको ४ जना सहित ६ जनामा कोरोना संक्रमण देखिएको छ । अहिले सम्म रौतहटमा १ हजार ३ सय ३५ जनामा कोरोना संक्रमित भएका छन भने १३ जना मात्रै आइसुलेसनमा छन ।

तपाइको प्रतिक्रिया
(Visited 190 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
निर्वाचन रोकिन सक्ने प्रमुख निर्वाचन आयुक्तको आशंका