Tuesday, September 29, 2020
Home प्रदेश अयोध्यामा राम मन्दिर बनेको खुसीयालीमा जानकी मन्दिरमा भजन किर्तन

अयोध्यामा राम मन्दिर बनेको खुसीयालीमा जानकी मन्दिरमा भजन किर्तन

जनकपुरधाम । भारतको अयोध्यामा निर्माण भइरहेको राम मन्दिरको भूमि पूजन भइरहेको बेला जनकपुरधामको प्रसिद्ध मन्दिर जानकी मन्दिरमा विशेष भजन किर्तन गरिएको छ । भजन किर्तनमा मन्दिरका साधुसन्तहरु सहभागि भएका थिए ।

भगवान रामको घर बनिरहेकाले उहाँको ससुरालीमा विशेष उत्सव गरिएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले वताए । कोरोना संक्रमण बढेका कारण जनकपुरधाममा निषेधाक्षा रहेकाले मन्दिरमा भीड नगरिएपनि त्यही रहेका साधुसन्तहरु भजन किर्तनमा सहभागि भएका छन् । सीताको भगवान रामसंग त्रेता युगमा विहे भएकाले मिथिला र अबधको विशेष सम्बन्ध रहेको छ । छोरी ज्वाईको घर बनीरहेको भन्दै एक अर्कालाई जनकपुरधामबासीले विहानैदेखि बधाई दिइरहेका थिए ।

प्रत्येक वर्ष रामजानकी विवाहपञ्चमी महोत्सवमा अयोध्यावाट जन्ती जनकपुरधाम आउने गर्छन् भने अयोध्याका प्रमुख उत्सवमा जानकी मन्दिरका महन्थ सहभागि हुने गर्छन ।

आज साँझ जनकपुरधाममा दीपावली मनाउने निर्णय गरिएको छ । घर घरमा दीपावलीको तैयारी भईरहेको छ । आज विभिन्न घरमा रामायण पाठपनि गरिएको छ । यता अयोध्यामा भएको भूमिपूजन कार्यक्रममा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव सहभागि भएका छन् ।

अयोध्यावाट महन्थलाई विशेष निम्ता दिएको थियो । माता जानकीको माइतीको प्रतिनिधित्व गर्दै महन्थ सरिक भएका छन् ।

(Visited 39 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

सम्झनाका हत्या अभियुक्त सार्वजनिकः प्रमाण बोले पनि आरोपित बोलेनन्

बझाङ । बझाङ प्रहरीले सम्झना कामीका हत्या आरोपीलाई सार्वजनिक गरेको छ । सम्झनाकोे हत्या आरोपमा प्रहरीले २० वर्षीय राजेन्द्र बोहरालाई आज सार्वजनिक गरेको हो...

हिमालय एयरलाइन्सलाई भूमिस्थ सेवा दिने निर्णय खारेज गर्न निगमको माग

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई आफै भूमिस्थ सेवा ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने सम्बन्धमा भएको निर्णय...

बझाङ घटनालाई गम्भीर रुपमा लिएको छु : सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई आफूले गम्भीर रुपमा लिएको बताएका छन् । सिंहदरबारस्थित कार्यकक्षमा बझाङ बलात्कार...

थप १५१३ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार ५१३ जनामा कोरोना भाइरस (कोभिड–१९) सङक्रमण पुष्टि भएको छ । यसैगरी आज कोरोना निको भई ७३१...

भर्खरै

सम्झनाका हत्या अभियुक्त सार्वजनिकः प्रमाण बोले पनि आरोपित बोलेनन्

बझाङ । बझाङ प्रहरीले सम्झना कामीका हत्या आरोपीलाई सार्वजनिक गरेको छ । सम्झनाकोे हत्या आरोपमा प्रहरीले २० वर्षीय राजेन्द्र बोहरालाई आज सार्वजनिक गरेको हो...

तातोपानी नाका असोज १९ देखि खुल्ने

सिन्धुपाल्चोक । पहिरोका कारण सडक सम्पर्क टुटेको तातोपानी नाका यही असोज १९ गतेदेखि खुल्ने भएको छ । नेपाल र चीनका अधिकारीबीच आज मितेरी पुलमा...

हिमालय एयरलाइन्सलाई भूमिस्थ सेवा दिने निर्णय खारेज गर्न निगमको माग

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई आफै भूमिस्थ सेवा ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने सम्बन्धमा भएको निर्णय...

प्रदेश १ मा १६६ जना डिस्चार्ज, १२२ संक्रमित थपिए

मोरङ । प्रदेश १ मा मंगलबार १ सय ६६ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । १ सय २२ कोरोना संक्रमित थपिएका छन्...

धेरै पढिएका

अरुण तेस्रोमा कार्यरत मजदुरमा कोरोना संक्रमण

संखुवासभा । संखुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनामा कार्यरत एक मजदुरमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । भारतको विहारबाट अरुण तेस्रो...

अब रु चार हजारमै कोरोना परीक्षण

काठमाडौँ । शुल्क लिएर कोभिड–१९ आरटी–पिसिआर परीक्षण गर्ने अनुमति पाएको एक निजी प्रयोगशालाले कोरोना परीक्षणको शुल्क घटाएको छ । सरकारले तोेकेको शुल्कभन्दा एक हजार...

यसरी अन्त्येष्टि गरियाे राष्ट्रकवि घिमिरेको (फाेटाेफिचर)

काठमाडाैं ।  दिवङ्गत राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा छोराहरु इन्दिवर र राजीव घिमिरेले मुखाग्नि...

राष्ट्रिय सभा सदस्य श्रेष्ठ र गौतम मन्त्री बन्न पाउँलान् ?

काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनबाट पराजित भएका नेकपाका उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ वर्तमान मन्त्रिपरिषद्मा मन्त्री बन्ने पाउने विषय अन्योल बनेको छ...

ई-पेपर

(Visited 63 times, 1 visits today)