Friday, March 5, 2021
Home Editor-Picks अख्तियारको ‘स्टिङ अपरेसन’ खारेजीविरुद्ध परेको रिटमा सुनुवाइ

अख्तियारको ‘स्टिङ अपरेसन’ खारेजीविरुद्ध परेको रिटमा सुनुवाइ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाउँदै आएको ‘स्टिङ अपरेसन’ अवैधानिक भएको दाबी गर्दै दायर भएको निवेदनमा सर्वोच्च अदालतको संवैधानिक इजलासले सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखेको छ । आफैं पैसा दिएर घुस प्रकरणमा रंगेहात पक्राउ गर्ने क्रम बढेपछि त्यस्तो कामको वैधतामा प्रश्न उठाउँदै अधिवक्ता विष्णुप्रसाद घिमिरेले २ पुस २०७४ मा सर्वोच्च अदालतमा रिट हालेका थिए ।

सो रिटमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहितको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ । गत वर्ष कात्तिकदेखि यो मुद्दा हेर्दाहेर्दैमा राखेर सुनुवाइ भइरहेको छ ।

सो रिटमा पहिलो सुनुवाइ ७ पुस २०७४ मा भएको थियो । संवैधानिक इजलासले विपक्षीसँग स्टिङ अपरेसनका बारेमा कारण माग गर्दै छलफलमा बोलाउने आदेश गरेको थियो । यसअघि ७ कात्तिक २०७६ देखि यो मुद्दालाई संवैधानिक इजलासले निरन्तर हेर्दै आएको छ ।

भ्रष्टाचार हुनुअगावै र भ्रष्टाचारजन्य काम गराउन घुस रकम उपलब्ध गराउन सक्ने अधिकार आयोगलाई नभएको रिटमा जिकिर गरिएको छ

अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐनले अख्तियारलाई भ्रष्टाचार भइसकेको विषयमा छानबिन गरी मुद्दा चलाउने अधिकार दिएको छ । तर, भ्रष्टाचार हुनुअगावै र भ्रष्टाचारजन्य काम गराउन घुस रकम उपलब्ध गराउन सक्ने अधिकार आयोगलाई नभएको रिटमा जिकिर गरिएको छ ।

अख्तियारलाई सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरेमा अनुसन्धान गरी मुद्दा चलाउने अधिकार भए पनि आफैंले प्रस्ताव गरेको एक हजार घुसमा ‘स्टिङ अपरेसन’ गर्ने गरेको छ ।

संविधानको धारा २३९ मा भएको अख्तियारको अधिकार क्षेत्रसम्बन्धी व्यवस्थाअनुसार सार्वजनिक पद धारण गरेको कुनै व्यक्तिले भ्रष्टाचार गरेमा अख्तियारले अनुसन्धान गर्न सक्छ । अनुसन्धानबाट भ्रष्टाचार भएको देखिएमा अख्तियारले त्यस्तो व्यक्तिमाथि अदालतमा मुद्दा दायर गर्न पनि सक्छ ।

यो पनि पढ्नुहोस   ‘रेमिट्यान्स दुरुपयोग’ले बढाउँदै सम्बन्धविच्छेद

संविधानको यस्तो प्रावधान कार्यान्वयन गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन छ । सो ऐनमा अन्य व्यवस्थाका अतिरिक्त ऐन कार्यान्वयन गर्न आयोगले नियम बनाउन सक्ने (दफा ३७) व्यवस्था छ । यही व्यवस्थाअनुरूप आयोगले ‘अख्तियार दुरूपयोग अनुसन्धान आयोग नियमावली’ बनाएको छ ।

‘नियम ३०’ मा सार्वजनिक पद धारण गरेको व्यक्तिले घुस र रिसवत माग गरेको उजुरी परेमा अनुसन्धानका लागि आयोगले आफ्ना कर्मचारी वा अन्य कुनै व्यक्तिमार्फत घुस उपलब्ध गराउने र त्यसो गर्ने व्यक्तिलाई कुनै कारबाही र सजाय नगरिने व्यवस्था छ ।

अख्तियारको स्टिङ अपरेसनले व्यक्तिको गोपनीयतासमेत हनन गर्ने भएकाले खारेज हुनुपर्ने दाबी पक्षका कानुन व्यवसायीले गरेका छन् । अख्तियारलाई ऐनबाहिर गएर कार्यविधि बनाई आफैं पैसा दिएर स्टिङ अपरेसन गर्ने अधिकार संविधान र भ्रष्टाचार निवारण ऐन २०५८ ले नदिने जिकिर रिट पक्षका कानुन व्यवसायीको छ ।

संविधानले ग्यारेन्टी गरेको मौलिक हकमाथि अख्तियारले हात हालेको कानुन व्यवसायीले बताएका छन् । बेलायतमा एक व्यक्तिलाई प्रहरीले पैसा दिएर अपराध गर्न लगाएपछि त्यहाँ अदालतले गरेको फैसलामा व्यक्तिको स्वतन्त्रता तथा कसैलाई फसाउने नियतले गरिने अपरेसन गैरकानुनी भएको ठहर गरेको संविधानविद् भीमार्जुन आचार्यको भनाइ छ ।

त्यस्तै, संविधानविद् चन्द्रकान्त ज्ञवालीले अख्तियारले गरिरहेको कार्यले आयोगको कामलाई गिज्याइरहेको बताएका छन् । भ्रष्टाचार मुद्दाको नाममा अख्तियारले नागरिकलाई दुःख दिने काम मात्रै गरेको उनको दाबी छ । अख्तियारले गरेको काम संविधानसँग बाझिने भएकाले तत्काल रोक्न अदालतले आदेश जारी गर्नुपर्ने उनले माग गरे ।

(Visited 175 times, 2 visits today)
Loading comments...

आजको समाचार

तीन हजार मान्छे भित्र रहेकाे बेला ताजमहलमा बम भएकाे हल्ला चलेपछि…

 एजेन्सी । भारतीय उत्तरी राज्य उत्तर प्रदेशमा अवस्थित एक प्रसिद्ध पर्यटकीय संरचना ताजमहलमा बम राखिएको भन्ने सूचनापछि आज सो ताजमहल बन्द गराइएको समाचारमा जनाइएको...

बिटक्वाइनको मूल्य ५० हजार

एजेन्सी । विश्वकै महँगो क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य पुनः आकासिएको छ । बुधबार बिटक्वाइनको मूल्यमा ५ प्रतिशतले बढ्दा प्रतिबिटक्वाइन ५० हजार ९४२ डलर ५८ सेन्ट...

सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति

काठमाडौं । सरकार र प्रतिबन्धित नेकपा विप्लव समूहबीच आज बिहीबार तीन बुँदे सहमति भएको छ । यो सहमतिसँगै विप्लव समूहले हिंसा छोडेको छ । सहमतिअनुसार...

पूर्णिमा मिस ब्युटिफुल नेपाल र पवित्रा मिसेस ब्युटिफुल नेपाल

काठमाडौं । यो वर्षको मिस ब्युटिफुल नेपालको उपाधि पूर्णिमा क्षत्रीले र मिसेस ब्युटिफुल नेपालको उपाधि पवित्रा वञ्जारा जितेका छन् । दक्ष इन्टरनेसनल प्रालिले राजधानीमा...

म्यान्मारमा सैनिक शासन थप क्रुर बन्यो, एकै दिन ३८ प्रदर्शनकारीको मृत्यु

काठमाडौं । म्यानमारमा सुरक्षाकर्मीको गोलीबाट एकै दिन ३८ जनाको मृत्यु भएको छ । सैनिक शासकविरुद्ध प्रदर्शनमा उत्रिएकाहरुमाथि सुरक्षाकर्मीले गोली चलाउँदा बुधबार एकै दिन ३८...

साताका लोकप्रिय समाचार

दक्षिण सुडानमा विमान दुर्घटना, १० जनाको मृत्यु

जुबा । दक्षिण सुडानको जोङ्गलाई राज्यमा मङ्गलबार विमान दुर्घटना हुँदा चालक दलका सदस्य दुई सहित दश जनाको घटनास्थलमै मृत्यु भएको छ । राज्यका गभर्नर डेनाई...

पूर्णिमा मिस ब्युटिफुल नेपाल र पवित्रा मिसेस ब्युटिफुल नेपाल

काठमाडौं । यो वर्षको मिस ब्युटिफुल नेपालको उपाधि पूर्णिमा क्षत्रीले र मिसेस ब्युटिफुल नेपालको उपाधि पवित्रा वञ्जारा जितेका छन् । दक्ष इन्टरनेसनल प्रालिले राजधानीमा...

समाजसेवी पशुपति गुरुङद्वारा विद्यालयलाई ५ लाख सहयोग

काठमाडौं । समाजसेवी एवम् साहित्यकार संस्कार समाज नेपालका अध्यक्ष पशुपति गुरूङले आफूले अध्ययन गरेको विद्यालयलाई ५ लाख सहयोग गरेकी छिन् । आफ्ना हजुरवुवा लक्ष्मण...

म्यान्मारमा सेनाको गोली लागेर छ जनाको मृत्यु

याङ्गुन । प्रजातन्त्रका पक्षमा सहभागी प्रदर्शनकारीमाथि सुरक्षा फौजले गरेको कारबाहीमा बुधबार कम्तीमा छ जनाको मृत्यु भएको छ । सेनाले सत्ता कब्जा गरी नेतृ आङ...

निशानको नयाँ शोरुम सँगै म्याग्नाइट बजारमा

इटहरी । निशान गाडीको नेपालका लागि आधिकारीक बिक्रेता पायोनियर मोटो कोर्प प्रालिले इटहरीमा श्रीजा मोर्टस शोरुम सञ्चालनमा ल्याएको छ । मोर्टस शोरुमको सञ्चालन संगै...

ट्रेन्डिङ

सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ बाट मनसुन बाहिरियो

काठमाडौँ । नेपालमा मनसुन पश्चिमी भेग हुँदै बाहिरिने क्रम शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले पश्चिमी भेगबाट...

त्रियुगा बसपार्क तोकिएको समयभन्दा अगावै सम्पन्न हुने

उदयपुर । त्रियुगा नगरपालिकाको गौरबको आयोजनामध्ये त्रियुगा आधुनिक बसपार्क तोकिएको समयभन्दा अगावै सकिने भएको छ । यो बसपार्क त्रियुगा नदि किनारामा निर्माणधीन छ ।...

स्पोर्ट्स अवार्ड पुस अन्तिम साता

काठमाडौं । नेपाली खेलकुद क्षेत्रको प्रतिष्ठित पल्सर स्पोर्टस अवार्ड पुसको अन्तिममा हुने भएको छ । खेलाडी र खेलकर्मीका लागि प्रदान गरिने नेपाली खेलकुदको सबभन्दा...

चट्याङ लागेर मृत्यु भएका परिवारलाई प्रदेश सरकारले एक लाख दिने

सप्तरी । सप्तरीमा चट्याङ लागेर ज्यान गुमाएका मृतक परिवारहरुलाई एक/एक लाख रुपैयाँ दिने प्रदेश २ सरकारले घोषणा गरेको छ । प्रदेश २ का भूमि,...

कतारमा २५ हजारमा कोरोनाभाइरसको संक्रमण

दोहा । नेपाली कामदारहरुको निकै ठूलो संख्या रहेको कतारमा कोरोनाभाइरसबाट संक्रमितको संख्या २५ हजार १४९ पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो पनि पढ्नुहोस   म्यान्मारमा सैनिक शासन थप क्रुर बन्यो, एकै दिन ३८ प्रदर्शनकारीको मृत्यु
मन्त्रालयले मंगलबार मात्र...

प्रदेश २ सरकारद्वारा २५ करोड रुपैयाँको राहत कोष स्थापना

जनकपुरधाम । कोराना भाइरस (कोभिड १९)को नियन्त्रण तथा यसबाट प्रभावितलाई राहत उपलब्ध गराउन प्रदेश २ सरकारले २५ करोड रुपैयाँको राहत कोषको स्थापना...

नौ नौ महिनामा सरकार परिवर्तन गर्ने बानी परेकाहरु सरकार फेर्ने कुरा गर्दैछन् : मुख्यमन्त्री पोखरेल

तुलसीपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले केहि नेताहरु सरकार परिवर्तन गर्न लागि परेको बताएका छन् । तुलसीपुर उपमहानगरपालिका–७ स्थित राप्ती शान्ति उद्यान पार्कमा...

उखु किसानको बक्यौता नतिर्ने चिनी उद्योगीलाई कारवाही गर्न जिल्ला प्रशासनलाई पत्र

काठमाडौं । लामो समय देखि उखु किसानको बक्यौता भुुक्तानी नगर्ने चिनी उद्योगीलाई कारवाही गर्न गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ । मंगलबार...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

पशुपतिमा विशेष पूजा फागुन २५ देखि

काठमाडौं । पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण एक वर्षअघि देखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि शुरु हुने भएको छ । कोरोना जोखिम कायमै...

नख्खुमा जीपको ठक्करबाट क्याम्पस हिँडेकी १९ वर्षीया छात्राको मृत्यु

काठमाडौं । ललितपुरको नख्खुमा क्याम्पस जाँदै गरेकी एक छात्राको आज विहान जीपको ठक्करबाट मृत्यु भएको छ । बिहान पौने ६ बजे स १ ज...

प्रधानमन्त्रीको राजिनामा माग्नु अनैतिक : मन्त्री साह

काठमाडौ। नेपाल कम्युनिष्ट पार्टीका नेता तथा शहरी विकास मन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग्नु नै अनैतिक भएको बताएका छन् । एक टेलिभिजन...

ताप्लेजुङको दोभान बजारमा आगलागी, ४० बढी घर जले, नियन्त्रण प्रयास जारी

काठमाडौं । ताप्लेजुङको दोभान बजारमा आज आगलागी हुँदा कम्तीमा चालीस घर जलेका छन् । बिहान करिब ९ बजेदेखि सुरु भएको आगलागी नियन्त्रणका लागि प्रयास...

भर्खरै

कृष्णमाया भन्छिन् ‘मलाई बलात्कार गर्नेले आधा सम्पत्ति दिनुपर्छ’

काठमाडौं । झापा जिल्लास्थित कनकाई नगरपालिका वडा ३ निवासी घर नजिकैका छिमेकी नेत्र प्रसाद तिम्सिनाबाट २०७० असोज १५ गते बलात्कृत भएकी पीडित कृष्णमाया उप्रेतीले...

अनुदानसँगै ऋण लिएरै भएपनि कर्णाली बनाउन जुटे स्थानीय सरकार

सुर्खेत । कर्णाली प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले विकासका दृष्टिले निकै पछाडि रहेको कर्णालीमा राज्यले लगानी बढाउन ढिलो गर्नु नहुने बताएका छन् । नगर...

अब दुई वर्ष केपी ओली नै हाे प्रधानमन्त्री : अर्थमन्त्री

बुटवल ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभामा वर्तमान सरकारका बहुमत सांसद रहेको बताएका छन् । गृह जिल्ला रुपन्देहीका विभिन्न कार्यक्रममा सहभागी हुन आएका अर्थमन्त्रीले पौडेलले...

पुस्तक अंश : कमरेड, २५ गते रातभर दुश्मनलाई ब्लक गरौं

प्रिय कमरेड परिवर्तन जी क्रान्तिकारी लाल सलाम । आराम छु आरामै चाहन्छु । विशेष कुरा के छ भने, नेपाली क्रान्ति रणनैतिक प्रत्याक्रमणको चरणमा पुग्दा फौजी हिसावले...

धेरै पढिएका

बेवास्ता नगरौं, घटेको छैन कोरोना कहर

रोकथामका उपायहरू अपनाउँदा अपनाउँदै पनि देशभर कोरोना भाइरस संक्रमणको जोखिममा कमी आएको देखिँदैन । तर पनि सुरक्षा सर्तकता अपनाउने प्रवृत्तिमा कमी हुदै जान थालेको...

बिटक्वाइनको मूल्य ५० हजार

एजेन्सी । विश्वकै महँगो क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य पुनः आकासिएको छ । बुधबार बिटक्वाइनको मूल्यमा ५ प्रतिशतले बढ्दा प्रतिबिटक्वाइन ५० हजार ९४२ डलर ५८ सेन्ट...

समाजसेवी पशुपति गुरुङद्वारा विद्यालयलाई ५ लाख सहयोग

काठमाडौं । समाजसेवी एवम् साहित्यकार संस्कार समाज नेपालका अध्यक्ष पशुपति गुरूङले आफूले अध्ययन गरेको विद्यालयलाई ५ लाख सहयोग गरेकी छिन् । आफ्ना हजुरवुवा लक्ष्मण...

सुरक्षा ‘थ्रेट’प्रति सतर्कता जरुरी

प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रूपमै आफूमाथि ‘सुरक्षा थ्रेट’ आएको भन्ने अभिव्यक्ति दिएपछि सिंगो देशको सुरक्षा व्यवस्थाको विषयलाई लिएर चिन्ता छाएको छ । तर,...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)