ओलीको अनुसन्धान

हाम्रा प्रधानमन्त्री ओली नेकपाका नेता मात्र नभएर, एक दिग्गज कूटनीतिज्ञ, राजनीतिज्ञ, अनुसन्धानकर्ता र आध्यात्मिक नेता पनि रहेछन् । त्रेता युगका राम’bout भ्रम उनले कलियुगमा पर्दाफास गरे । ज्वाइँ राम त छोरा पो रहेछन् । भारतको अयोध्या नक्कली र राम नेपाली भन्ने उद्घोष गरेर उनले भारतका समकक्षी को कुर्सी नै डामाडोल पारी दिए । दलबलसहित ओलीलाई पदच्युत गर्न भारतबाट काठमाडौं छिरेका रातरात मोदी बचाउन भारत फिरेछन् । ओलीको उद्घोषले भारतमा ठूलै हंगामा खडा भएको छ । मोदीका विपक्षदेखि साधुमहन्तले समेत मोदीलाई राम र अयोध्या’bout सर्वजनिक रूपमा मुख खोल्न दबाब दिइराखेका छन् । आफू ताक्छ मुढो, बन्चरो ताक्छ घुँडो भनेझैं ओलीले राम नाम जपेर आफ्नो कुर्सी सुरक्षित पार्दै मोदी को कुर्सी नै असुरक्षित बनाइदिए ।

भाजपालाई भारतमा कट्टर हिन्दूवादी दल भनिन्छ । हिन्दूत्व साबित गर्न मोदीले बनारसबाटै चुनाव लडेकै हुन् । बनारसी पण्डास्तरमा उनले दोस्रो लोक सभा निर्वाचन लडेको बात पनि लागेको थियो । जिउँदालाई मात्र होइन, मृतात्मालाई समेत भारतले चोरी र अपहरण गर्छ । गौतम बुद्धको अपहरण गरेकै छ, रामको पोल त अहिले खुल्यो । राम नाम जपना, पराया माल अपना, बनाउने भारतको उखान सान्दर्भिक नै रहेछ ।

ओलीले राम नेपालको ठोरी, माडीतिर जन्मेको किटान गरेपछि अस्ती ठोरीमा भारतीय लठैथरूले आक्रमण गर्न खोज्दा स्थानीयले प्रतिकार गरेपछि तितरबितर भए । स्मरणीय छ, प्रधानमन्त्री को शंखनाद पछि ठोरी असुरक्षित बनेको छ । ठोरीमा अयोध्यापुरी भन्ने एउटा गाविस नै थियो, जुन अहिले ठोरी नगरपालिकाअन्तर्गत पर्छ ।

लुम्बिनीमा राजा शुद्धोधनको दरबार उत्खनन गर्दा भेटिएका बुद्धकालीन इँटा, ढुंगा, मूर्ति आदि बटुलेर नक्कली लुम्बिनी निर्माण गर्न भारत प्रयासरत रहेको सबैलाई थाहै छ । भारतको अहिलेको अयोध्यालाई बुद्धकालमा साकेत भनिन्थ्यो । साकेतको नाम परिवर्तन गरी अयोध्या नामकरण गरिएको इतिहासले देखाउँछ । नेपालको वास्तविकता दर्शाउन खोज्दा उल्टे चोर कोतवाल को डाँटे भनेझैं नेपालीप्रति दुव्र्यवहार गर्न थालिएको छ, जुन खेदजनक र निन्दनीय छ ।

राम नेपाली हुन् भन्नका लागि हाम्रा माडी, ठोरी, अयोध्यापुरीका प्रमाणहरू तथ्यनजिक छन्

स्वर्गीय कमलेश्वर भन्ने भारतका ख्याति प्राप्त लेखक र उपन्यासकारले सन् २००० मा आफ्नो खोजमूलक कृति कितने पाकिस्तानमा रामको जन्मभूमि अयोध्या होइन भनी प्रमाणित नै गरेका छन् । मुसलमान समुदायको आस्थाको केन्द्र बाबरी मस्जिद पनि अयोध्यामै छ । झन्डै एक दशकअघि भाजपाकै उक्साहटमा बाबरी मस्जिद तहसनहस गरिएको थियो । यो घटनामा लालकृष्ण आड्वानीको नाम पोलिएको थियो । त्यस्तै, गुजरातको हिन्दू मुस्लिम दंगाफसादमा गुजरातका तत्कालीन मुख्यमन्त्री मोदीको नाम जोरसोरले उठेकै हो ।

सन् १९८४ मा इन्दिरा गान्धीको हत्यापछि कांग्रेसको इसारामा सिखहरू पीडित भएका थिए । भारतमा हुने साम्प्रदायिक दंगाहरू स्वस्फूर्त नहुने, राजनीतिक दलहरूको धाप हुने उपरोक्त घटनाहरूले नै देखाउँछ । गौतम बुद्धलाई भारतको कैदमुक्त गर्न संघर्षरत हामीलाई ओलीले रामको नैया पार लगाउने नयाँ जिम्मेवारी थपिदिए । अब त हामीले भारतसँग कालापानी, लिपुलेक, लिम्पियाधुरा मात्र होइन, गौतम बुद्ध र राम पनि खोज्नुपर्ने भएको छ । भारतको उद्दण्डता देख्दा हामीलाई राम नेपालको र रावण भारतीयझैं लाग्छ ।

ठोरी, माडीतिर उत्खननमा, घर बनाउँदा धेरै अघिदेखि नै रामकालीन मुद्रा, रामसीता अंकित सिक्का, रामको राज्याभिषेकका सिक्का, माटाका भाँडा, प्राचीन मूर्ति, रामसीता अंकित सिक्का, छोपिएका इनार आदि भेटिएका थिए र भेटिँदै छन् । सीता बसेको गुफा, लव, कुश खेल्ने ठाउँ, सीताको कुटी आदि नेपालतर्फ वाल्मीकि जंगलमा अझै सुरक्षित छ । पत्नी सीताकै खातिर रामले क्रुर रावण र लंकालाई तहसनहस गरेको रामायाणमा उल्लेख छ । राम पत्नीव्रता थिए । सीता नेपालको एकान्त जंगलमा र राम भारतमा बस्ने कुरै मिल्दैन ।

ठोरी, माडीको अयोध्यापुरीलगायतका स्थानमा रामायणमा उल्लेख गरिएका थुप्रै सत्यतथ्य फेला परेका छन् । माडीको धार्मिक स्थल मानिने अयोध्यापुरी, सीताकुण्ड, वाल्मीकि आश्रम, सोमेश्वरगढी, पर्शुरामकुण्डले समेत रामकहानी भन्दै छन् । राम भारतको अयोध्यामा जन्मेको भारतसँग कुनै प्रमाण छैन, हाम्रा माडी, ठोरी, अयोध्यापुरीको प्रमाणहरू तथ्यनजिक छन् ।

अब भारतजस्तो विशाल मुलुकलाई हामीले अर्ती र बुद्धि दिने भनेको सूर्यलाई दियो देखाउनुसरह हो तर पनि देखो ओ दिवाने तुम ये काम ना करो, राम का नाम बदनाम ना करो सम्म भन्न सकिन्छ होला । यहाँहरूलाई याद छ कि छैन, हिलारीसँग पहिलोपल्ट सगरमाथाको चुचुरोमा पाइला टेक्ने तेन्जिङ नोर्गे शेर्पा (नेपाली नागरिक)लाई समेत भारतले भारतीयको ठप्पा लगाएको थियो । तेन्जिङ नोर्गेका सन्तान अझै नेपालको हिमाली क्षेत्रमै बसोबास गर्दछन् ।

२०७औं भानुजयन्तीमा ओलीले रामको यथार्थता पर्दाफास गरेका हुन् । आदिकवि भानुभक्तले नै रामायाणको नेपालीमा अनुवाद गरेका थिए । ओलीको बोली भारतका लागि बन्दुकको गोली साबित भएको छ । थोरै काम गर्ने, धेरै मुख चलाउने ओलीले बोलीले नै भारतलाई सचेत गराउने काम मा सफलता हासिल गरेका छन् । नेपालको महŒवपूर्ण घटनाहरूलाई अन्तिम पेजमा छाप्ने भारतीय मिडियामा नेपाल अचेल प्रमुख समाचार र ब्रेकिङ न्युजको आकर्षण बन्न थालेका छन् । अब यसको श्रेय हाम्रा बड्बोला प्रधानमन्त्रीलाई जान्छ नै । पञ्चायतकालीन मरिचमानसिंह पछि भारतसँग नडग्मगाउने प्रधानमन्त्री ओली बनेका छन् ।

अहिले नेपाल, भारतको आँखाको कसिंगर बनेको छ, राष्ट्रिय एकताको खाँचो छ । अब यस्तो अवस्थामा ओलीलाई पदच्युत गर्न उनकै दल अरिंगाल बनेर खनिनु न्यायसंगत देखिँदैन । चोर चोर मौसेरा भाइ भनेझैं झर्ला र खाउँला भन्दै कांग्रेस, मधेसवादी दल ओली हटाउ दलमा मिसिन थालेका छन् । तर, ओलीले भारतलगायत प्रचण्ड एन्ड माधवलाई गोलचक्कर घुमाउन थालेपछि मधेसवादी अंगुर खट्टे हैं भन्दै तराई झर्न थालिसके । नेपालले धेरैपछि भारतलाई आँखा तर्न सक्ने प्रधानमन्त्री पाएको छ, यिनलाई यिनको पाँच वर्ष कार्यकाल पूरा गर्ने अवसर दिनु सबैको कर्तव्य हो ।

तपाइको प्रतिक्रिया
(Visited 286 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानीय तहमा अब कांग्रेस पहिलो दल