Tuesday, September 29, 2020
Home बिचार लोकसंवादमा राज्यको अनुहार

लोकसंवादमा राज्यको अनुहार

गौतम बुद्धले मूर्ख आफूले पनि जान्दैन, अरूलाई पनि मान्दैन, तर्क, शंका, उपहास गरी आफ्नो हातमाथि पार्छ, मूर्खको मूर्खता देखेर जब विद्वान् चुप लाग्दछ, तब मूर्खले आपूmलाई सफल अनि महान् ठान्दछ भनेका छन् । अहिले नेपाली राजनीतिमा बुद्धको भनाइ चरितार्थ भएको धेरैको बुझाइ छ । नेपाल कम्युनिस्ट पार्टीको झन्डै दुई तिहाइको जननिर्वाचित सरकार बनेपछि अढाइ वर्षको अवधिमा देश र जनताका लागि देखिने र अनुभव गर्न सकिन कुनै पनि काम हुन नसकेको नागरिक बुझाइ छ । तर, यो सरकारले इतिहासमा नभएको काम भएको दाबी गर्दै आएको छ । राज्यको भनाइ र जनताको बुझाइमा किन एकरूपता आउन सकेन ? कतै बुद्घले भनेझैं राज्यका सञ्चालक आपूmले आफंैलाई महान् ठान्ने भ्रममा त छैनन् ?

नेपाली समाजमा हरेक राजनीतिक परिवर्तन पछाडि विकास र समृद्विको आशा पलाउँदै मर्दै गरेको इतिहास साक्षी छ । पछिल्लोपटक संविधान सभाबाट संविधान बनेर देश संघीयतामा प्रवेश गरेपछि समाजमा गाउँगाउँमा विकासको मूल फुट्ने आशा पलाएको थियो । अझै तत्कालीन माओवादी र एमाले मिलेर नेपाल कम्युनिस्ट पार्टी बनेपछि त लोकसंवादमा अब नेपाल बन्ने भयो भन्ने विषयमा चर्चा परिचर्चा हुने गर्दथ्यो । गाउँ, घर, खेत, खला, चिया गफदेखि चौतारीसम्म जनताका कुराकानीमा राज्यप्रतिको विश्वास र विकासको आशा गहिरो थियो ।

‘समृद्ध नेपाल सुखी नेपाली’को नारामार्फत प्रधानमन्त्रीको कुर्सीमा बस्न सफल केपी शर्मा ओलीको सरकारप्रति बौद्धिक समाज, राजनीतिक शास्त्री, अर्थविद्लगायतको नागरिक समाजले मुक्तकण्ठले प्रशंसा गर्थे । पत्रपत्रिका, विद्युतीय सञ्चारमाध्यममा पनि विकासको स्वर्णयुगको सुरुवात भएको आशयका विचार आउने गर्थे । तर, विडम्बना ! आमनिर्वाचन पछाडि ठूलो जनमतका साथ बनेको सरकारले जनताको आशा र विश्वासलाई लामो समय टिकाउन सकेन । समाजका आशाहरू राज्यको एक बर्से कार्यकालमा नै निराशामा बदलिन थाले । देशमा अनेक प्रकरण घट्दै गए । फलत: दुई अढाइ वर्षको अवधि पार गर्न नपाउँदै राज्यको अनुहारमा अनेक प्रकारका दाग देखिन थाले । दलभित्र सत्ता र भत्ताका अंशियारमा कित्ताकाट हुन थाल्यो । अहिले एकातिर कोरोना, बाढीपहिरोलगायतका समस्याबाट सिँगो मुलुकले राहतको अपेक्षा गरेको छ भने अर्कोतिर दलभित्रका गुट, उपगुट र यिनीहरूको अंशियारी भागबन्डामा भालेजुधाइ जारी छ ।

राजनीतिक दर्शन र सिद्घान्तका अनेक प्रयोग भइसकेको यो मुलुकले लामो समयसम्म राजनेता पाउन सकेन । जति नेता आए, प्रधानमन्त्री वा मन्त्री भए । उनीहरू जनताका लागि जुन जोगी आए पनि कानै चिरेको जस्तै भयो । निरंकुश राज्य व्यवस्थालाई विकासको बाधक ठानेका राजनीतिक दलहरू र जनताले प्रजातन्त्र ल्याउनका लागि लामो संघर्ष गरे । प्रजातन्त्र आयो । प्रजातान्त्रिक अभ्यासका ३० वर्षमा विकासको राजनीति हुन सकेन । प्रजातान्त्रिक अभ्यास नेपाली समाजका लागि चरम राजनीतिक अस्थिरता, भ्रष्टाचार, अनियमितता, महँगी, बेराजगारी, वैदेशिक हस्तक्षेप, नातावाद, कृपावाद, सामाजिक बेमेल, जातीय, वर्गीय एवं क्षेत्रीय द्वन्द्व, उत्पादनमा ह्रास, व्यापार घाटा, तस्करी, दलाली, बिचौलियाको बिगबिगीलगायतका समस्याको स्रोत बन्यो ।

लोकतन्त्र, गणतन्त्र, जनतन्त्रजस्ता नाम दिएर यसको आवरणभित्र केही नेता एवं कार्यकर्ताले राजनीतिलाई दुहुनो गाई बनाइरहेका छन् । राष्ट्रको ढुकुटीमा रजाइँ गरिरहेका छन् । सित्तैको धन फुफूको श्राद्ध भनेझैं जनताले तिरेको करमा सुविधा भोग गरिरहेका छन् । आन्तरिक झगडामा समय खेर फालिरहेका छन् । आफ्नो दललाई बलियो बनाउन नसक्ने नेताहरूले कसरी देशलाई बलियो बनाउन सक्छन् ? सरकारमा बसेर धनयुद्घको तानावाना बुन्नेहरूले कसरी सुशासन दिन सक्छन् ? जनताको भावना र भविष्यलाई वास्ता नगर्ने र गुटमा रमाउने आचरण भएका नेताबाट कसरी देशको विकास र आर्थिक समृद्घि सम्भव छ ? भन्नेजस्ता प्रश्न लोकसंवादका विषय बनेका छन् ।

राजनीतिक दर्शन र सिद्घान्तका अनेकन थ्योरी प्रयोग भइसकेको यो मुलुकले लामो समयसम्म राजनेता पाउन सकेन

नेपाल कम्युनिस्ट पाटीभित्र चलिरहेको आन्तरिक कलहको जड स्वार्थ हो । पद बाँडफाँडको अंशियारी लफडा हो । यो झगडा दलभित्र खाने पाउने र नपाउने समूहबीचको अन्तरद्वन्द्व भएको राजनीतिकशास्त्रीको ठहर छ । देशको राजनीति र कानुन बुझेकाले अहिले नेतृत्वमा रहेका दलका नेतागणलाई व्यावसायिक समूह भन्ने गरेको पाइन्छ ।

आपूmलाई सर्वहारा भन्न पनि नछाड्ने तर देशका अर्बांैको ठेक्का पट्टा, कमिसन र राज्यको ढुकुटीमा रमाउने नेताका राजधानीमा आलिसान महल छन् । उनीहरू महँगा गाडी चढ्छन् । दर्जनौं सुरक्षाकर्मीको घेराबन्दीमा बस्ने गर्छन् । परिवारका जस्तासुकै योग्यता भएका सदस्य र नातागोतालाई सरकारी सुविधाका उच्च ओहोदामा राजनीतिक नियुक्ति गर्दछन् । उच्च पदस्थ राजनीतिक नियुक्तिमा ठूलो आर्थिक चलखेल हुने गरेको जानकार बताउँछन् । त्यसैले देशका पढेलेखेका, विज्ञ, विशेषज्ञ, प्राज्ञिक वर्गलगायत सर्वसाधारणमा यिनीहरूको चरित्र र व्यवहारको निन्दा चर्चा हुने गरेको छ ।

राज्यको सुविधामा डकार्नेसँग देश विकासको दृष्टिकोण नै छैन भन्ने विकासवादीको ठहर छ । नेपालजस्तो देशमा विकासको पहिलो प्राथमिकतामा कृषि, पर्यटन, पानी, जडीबुटीको क्षेत्र हुनुपर्दछ । राज्यको अदूरदर्शिता र राजनीतिक दलहरूको क्रियाकलापले सिँगो समाज निराश भएको छ । नेपालका नेतागण स्वचालित छैनन् । विदेशीको इसारामा सञ्चालित छन् भन्नेहरू पनि धेरै छन् । पैसा र पदका लागि जे पनि गर्न तयार हुने नेतृत्वले देशको भविष्य र जनहितमा काम हुन नसक्ने कूटनीति बुझ्नेको धारणा रहेको पाइन्छ ।

हाम्रो देशमा लोकतन्त्र, गणतन्त्र, जनतन्त्र, नागरिकतन्त्र, समुदायतन्त्र तथा जातीय अग्राधिकारजस्ता राजनीतिक शब्दजालमा नागरिकलाई पारेर सीमित व्यक्ति र समूहले राज्यको सुविधामा हालीमुहाली गरी रहेको लामो समय भयो । समाजमा पिछडिएका महिला, जनजाति, मुस्लिम, थारू, सीमान्तकृत, गरिब, दलित, पूर्वहलिया, कमलरी, माझी, कुसुन्डा, भूकम्पपीडित, बाढीपहिरो पीडितलगायतका रोग, शोक र भोकमा डुबेका नागरिकको अवस्था ज्युँका त्युँ छ । आवाजविहीनहरू भोकाको भोकै नांगाको नांगै छन् । मुसहर, मुसहर नै रहे । राउटे, राउटे नै रहे । चेपाङ, चेपाङ नै रहे । चेपाङका झुपडीमा आगो सल्काउँदै हिँड्ने राज्यसँग उल्लिखित वर्गले के सोच्दा हुन् ? उनीहरूको मनोविज्ञानमा राज्यको अनुहार कस्तो देखिएको होला ? यही हो त नेपालीले चाहेको गणतन्त्र ?

दन्त बझानको कलाबाट नै राजनीतिकलाई पेसा बनाएका दलहरूले पुँजीवाद, समाजवाद, जनवाद, लोकतन्त्र, जनतन्त्र, समाजवाद आदि शब्दजालमा जनतालाई फँसाएर आफ्नो राजनीतिक स्पेस बनाउन सफल भए । सत्तामा पुगेपछि पद र पैसाको लागि झिंगा फोहरमा होमिएझैं गरेको देखियो । जनतालाई रोग, शोक र भोकमा पिल्सिन बाध्य बनाएर राजधानीमा तीनै दुःखी जनताले तिरेको करमा रमाउने, आर्थिक अनियमिता गर्ने, भ्रष्टाचार, कमिसन र आयआर्जनका बाटा र पाटाहरूमा व्यापारी एवं ठेकेदारसँग चोचोमोचो मिलाउने राजनीतिक दलका ठुल्दाइका कारण देश बर्बाद भएको समाजका हरेक तह र तक्कामा संवादको विषय बनेको छ ।

नेपालको संविधान २०७२ ले शिक्षा र स्वास्थ्यलाई नागरिकको मौलिक अधिकार भनेको छ । संविधानमा विद्यालय शिक्षालाई निःशुल्क गर्ने भनिएको छ । तर, व्यवहारमा शिक्षा व्यापार भएको छ । निजी शिक्षालयका मालिकहरूलाई पैसाको भरमा सांसदको समानुपातिक सिटहरूमा फिट गराइएको छ । निजी कलेजमा नेताहरूकै लगानी भएको समाचार आउने गरेका छन् । शिक्षाजस्तो प्राज्ञिक एवं सवेदनशील क्षेत्रमा विद्यालयदेखि विश्वविद्यालयसम्म राजनीतीकरण गरिएको छ ।

२०४६ को राजनीतिक परिवर्तन पछाडि नेतृत्वमा रहेकाहरू उनै अनुहार, उही प्रवृत्ति, उही पात्र, उस्तै चिन्तनको एउटा समूह छ । यो समूहबाट देश विकास हुन सक्दैन । विधिको शासन चल्न सक्दैन । नाच्न जान्दैन आँगन टेढो भनेझैं विकास गर्ने रंग न ढंगको यो समूहलाई लोकतन्त्र बाँदरका हातमा नरीवलजस्तै भएको छ । यस परिपे्रक्षमा राजनीति कहिले सुध्रिएला ? मुलुकले राजनेता कहिले पाउला ? भन्ने चिन्ता र चासोमा लोकसंवाद जारी छ । यो संवादले खोजेको बाटोमा मुलुक अगाडि बढोस् । सबैलाई चेतना भया ।

(Visited 51 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

सम्झनाका हत्या अभियुक्त सार्वजनिकः प्रमाण बोले पनि आरोपित बोलेनन्

बझाङ । बझाङ प्रहरीले सम्झना कामीका हत्या आरोपीलाई सार्वजनिक गरेको छ । सम्झनाकोे हत्या आरोपमा प्रहरीले २० वर्षीय राजेन्द्र बोहरालाई आज सार्वजनिक गरेको हो...

हिमालय एयरलाइन्सलाई भूमिस्थ सेवा दिने निर्णय खारेज गर्न निगमको माग

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई आफै भूमिस्थ सेवा ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने सम्बन्धमा भएको निर्णय...

बझाङ घटनालाई गम्भीर रुपमा लिएको छु : सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई आफूले गम्भीर रुपमा लिएको बताएका छन् । सिंहदरबारस्थित कार्यकक्षमा बझाङ बलात्कार...

थप १५१३ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार ५१३ जनामा कोरोना भाइरस (कोभिड–१९) सङक्रमण पुष्टि भएको छ । यसैगरी आज कोरोना निको भई ७३१...

भर्खरै

सम्झनाका हत्या अभियुक्त सार्वजनिकः प्रमाण बोले पनि आरोपित बोलेनन्

बझाङ । बझाङ प्रहरीले सम्झना कामीका हत्या आरोपीलाई सार्वजनिक गरेको छ । सम्झनाकोे हत्या आरोपमा प्रहरीले २० वर्षीय राजेन्द्र बोहरालाई आज सार्वजनिक गरेको हो...

तातोपानी नाका असोज १९ देखि खुल्ने

सिन्धुपाल्चोक । पहिरोका कारण सडक सम्पर्क टुटेको तातोपानी नाका यही असोज १९ गतेदेखि खुल्ने भएको छ । नेपाल र चीनका अधिकारीबीच आज मितेरी पुलमा...

हिमालय एयरलाइन्सलाई भूमिस्थ सेवा दिने निर्णय खारेज गर्न निगमको माग

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई आफै भूमिस्थ सेवा ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने सम्बन्धमा भएको निर्णय...

प्रदेश १ मा १६६ जना डिस्चार्ज, १२२ संक्रमित थपिए

मोरङ । प्रदेश १ मा मंगलबार १ सय ६६ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । १ सय २२ कोरोना संक्रमित थपिएका छन्...

धेरै पढिएका

प्रदेश १ मा थपिए १६६ जना कोरोना संक्रमित

मोरङ । प्रदेश १ मा मंगलबार १ सय ६६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ७६, मोरङमा ५६, झापामा २४, संखुवासभामा ३, तेह्रथुममा...

भारतले सडक बनाएको जानकारी थियो : परराष्ट्रमन्त्री

काठमाडौं । भारतले नेपाली भूमि अतिक्रमण गरी निर्माण गरेको सडक विस्तारको विषयमा सांसदहरूले सरकारको धारणा मागेका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा उनीहरूले सरकारको...

धनगढीमा पेस्तोलसहित तीन जना पक्राउ

धनगढी । प्रहरीले धनगढीमा तीन जनालाई कटुवा पेस्तोलसहित पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका १२ का २१ वर्षीय अबिनाश थापा, सोही ठाउँका २० वर्षीय...

‘नेपाल र चीनबीच सीमा विवाद छैन’

काठमाडौं । परराष्ट मन्त्रालयले नेपाल र चीनबीच सीमा विवाद नभएको स्पष्ट पारेको छ । परराष्ट्र मन्त्रालयले नेपाल र चीनबीचको सीमा विवाद ५ अक्टोबर १९६१...

ई-पेपर

(Visited 63 times, 1 visits today)