Wednesday, September 30, 2020
Home खेल टोरेस सिटीमा

टोरेस सिटीमा

लन्डन । इंग्लिस क्लब म्यानचेस्टर सिटीले स्पेन तथा स्पेनिस क्लब भ्यालेन्सियाका विंगर फेरान टोरेसलाई अनुबन्धित गरेको छ । सिटीले विंगर टोरेसलाई ३७ मिलियन पाउन्डमा पाँच वर्षका लागि अनुबन्धित गरेको हो ।

टोरेसलाई अनुबन्ध गर्न युरोपका उत्कृष्ट टोली रियल म्याड्रिड, बोरुसिया डर्टमुन्ड, एट्लेटिको म्याड्रिड र युभेन्टसले चासो देखाए पनि युवा विंगर टोरेसले प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी र पेप ग्वार्डिओलालाई रोजेको हो । नयाँ सिजनको लागि सिटीले पहिलो अनुबन्ध सार्वजनिक गरेको हो । सिटीमा अनुबन्ध भएपछि टोरेसले सिटीको आधिकारिक वेबसाइटमा आफू सिटीमा जोडिन पाउँदा खुसी रहेको र हरेक खेलाडी अट्याकिङ टिममा खेल्न चाहने र सिटी विश्व फुटबलमा अट्याकिङ फुटबल खेल्ने टोली रहेको बताएका छन् ।

‘पेप वास्तवमै खुला आक्रमक शैलीलाई प्रोत्साहत गर्दछन् । जुन म मन पराउँछु । उनी खेलाडीमा सुधार ल्याउने प्रशिक्षक हुन् । उनलाई मेरो खेलको विकास गर्नुछ । विगत १० वर्षमा सिटीले धेरै ट्रफीहरू जितेको छ । मलाई आशा छ कि मैले पनि त्यो सफलतालाई जारी राख्न भूमिका खेल्न सक्छु,’ टोरेसले सिटीको आधिकारिक वेबसाइटमा भनेका छन् । टोरेस सात वर्षको उमेरमा भ्यालेन्सियामा आबद्ध भएका थिए । उनी भ्यालेन्सियाका समर्थकमाझ निकै लोकप्रिय बनेका थिए । भ्यालेन्सियाले १३ वर्ष क्लबमा रहेका टोरेसलाई भावुक बिदाइ गरेको सन्देश पठाएको छ ।

भ्यालेन्सियाले ट्वीटर ह्यान्डलमा लेखेको छ, ‘हाम्रो एकेडेमीमा सात वर्षको उमेर आएर टोरेसले एक फुटबलरको रूपमा र एक व्यक्तिको रूपमा अघि बढेको देख्दा हामी यो सबै समयमा सँगै रह्यौं । अहिले क्लब छाड्ने निर्णय गर्दै म्यानचेस्टर सिटी पुगेकोमा शुभकामना दिन चाहन्छौं ।’ २० वर्षीय टोरेसले यो सिजन भ्यालेन्सियाका लागि ४४ खेलमा ६ गोल तथा समग्रमा टोरेसले भ्यालेन्सियाको पहिलो टोलीबाट ९७ खेल खेल्दै ९ गोल गरेका छन् ।

टोरेसलाई अनुबन्ध गरेपछि सिटीका निर्देशक सिकी बेगिरिस्टेनले फेरानको प्रगतिलाई नजिकबाट नियालिरहेको र उनीबाट धेरै प्रभावित भएको बताएका छन् । ‘टोरेस युवा छन् र अझै विकास भइरहेको छ । उनको प्राविधिक गुण हामीले खोजेको विंगरमा जस्तै छ । उनी छिटो र छरितो छन्,’ निर्देशक टिक्सिकी बेगिरिस्टेनले भने, ‘उनी गोलको लागि अवसर सिर्जना गर्न माहिर छन् । खेल जिताउन सक्ने क्षमता छ । मलाई लाग्छ कि उनका लागि सिटी उपयुक्त ठाउँ हो । पेपको साथमा उनले आफ्नो खेललाई अर्काे चरणमा लैजान सक्छन् ।’

(Visited 26 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

सम्झनाका हत्या अभियुक्त सार्वजनिकः प्रमाण बोले पनि आरोपित बोलेनन्

बझाङ । बझाङ प्रहरीले सम्झना कामीका हत्या आरोपीलाई सार्वजनिक गरेको छ । सम्झनाकोे हत्या आरोपमा प्रहरीले २० वर्षीय राजेन्द्र बोहरालाई आज सार्वजनिक गरेको हो...

हिमालय एयरलाइन्सलाई भूमिस्थ सेवा दिने निर्णय खारेज गर्न निगमको माग

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई आफै भूमिस्थ सेवा ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने सम्बन्धमा भएको निर्णय...

बझाङ घटनालाई गम्भीर रुपमा लिएको छु : सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई आफूले गम्भीर रुपमा लिएको बताएका छन् । सिंहदरबारस्थित कार्यकक्षमा बझाङ बलात्कार...

थप १५१३ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार ५१३ जनामा कोरोना भाइरस (कोभिड–१९) सङक्रमण पुष्टि भएको छ । यसैगरी आज कोरोना निको भई ७३१...

भर्खरै

सम्झनाका हत्या अभियुक्त सार्वजनिकः प्रमाण बोले पनि आरोपित बोलेनन्

बझाङ । बझाङ प्रहरीले सम्झना कामीका हत्या आरोपीलाई सार्वजनिक गरेको छ । सम्झनाकोे हत्या आरोपमा प्रहरीले २० वर्षीय राजेन्द्र बोहरालाई आज सार्वजनिक गरेको हो...

तातोपानी नाका असोज १९ देखि खुल्ने

सिन्धुपाल्चोक । पहिरोका कारण सडक सम्पर्क टुटेको तातोपानी नाका यही असोज १९ गतेदेखि खुल्ने भएको छ । नेपाल र चीनका अधिकारीबीच आज मितेरी पुलमा...

हिमालय एयरलाइन्सलाई भूमिस्थ सेवा दिने निर्णय खारेज गर्न निगमको माग

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई आफै भूमिस्थ सेवा ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने सम्बन्धमा भएको निर्णय...

प्रदेश १ मा १६६ जना डिस्चार्ज, १२२ संक्रमित थपिए

मोरङ । प्रदेश १ मा मंगलबार १ सय ६६ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । १ सय २२ कोरोना संक्रमित थपिएका छन्...

धेरै पढिएका

दैनिक ३५८ संक्रमित, ८२ जना डिस्चार्ज

काठमाडौं । नेपालमा दैनिक औसत ३ सय ५८ जनालाई कोरोना भाइरस संक्रमण देखिएको पाइएको छ । संक्रमितमध्ये दैनिक ८२ जना डिस्चार्ज हुने गरेका छन्...

पाठेघर मुखको क्यान्सर

डा.प्रकाश बुढाथोकी विश्व स्वास्थ्य संगठनका अनुसार गर्भाशयको...

दलहरुलाई राष्ट्रपतिको बधाइ 

काठमाडौं ।  नयाँ नक्सा संसदबाट अभूतपूर्व रष्ट्रिय एकताका साथ पारित गरेकोमा राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई बधाई दिएकी छन् । राष्ट्रपति भण्डारीले बुधबार अपराहन्न संसदमा रहेका...

ओलम्पिक कमिटीको कार्यालयका २ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपाल ओलम्पिक कमिटी (एनओसी)को सातदोबाटोस्थित मुख्य कार्यालयका दुई जनामा कोरोना सङ्क्रमण देखिएको छ । उनीहरुको गत बुधबार पिसिआर परीक्षण गरिएको थियो । कमिटीका...

ई-पेपर

(Visited 63 times, 1 visits today)