तुलसीपुर । अरिङ्गालको टोकाईबाट तुलसीपुरको रानागाउँका दुई महिला बिरामी भएका छन् । घर नजिकै रहेको जंगलमा घाँस काट्न गएका तुलसीपुर उपमहागनरपालिका–३ रानागाउँ निबासी २४ बर्षकी दीक्षा केसी र २२ बर्षकी कमला खड्का बिरामी परेका हुन । उनिहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको स्वास्थ्यकर्मी अर्जुन न्यौपानेले जानकारी दिए ।
(Visited 36 times, 1 visits today)