Thursday, October 1, 2020
Home Editor-Picks क्रियाशील सदस्य दोब्बर बनाउँदै कांग्रेस

क्रियाशील सदस्य दोब्बर बनाउँदै कांग्रेस

१० लाख पु-याइने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता दोब्बर बनाउन गृहकार्य सुरु गरेको छ ।
कांग्रेसले १४औं महाधिवेशनको तयारीलाई अघि बढाउन क्रियाशील सदस्यता वितरण सुरु गरिसकेको छ । बिहीबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा भएको पदाधिकारीसहित पूर्वपदाधिकारीको छलफलपछि कांग्रेसले हाल कायम रहेका ४ लाख ९८ हजार ४७६ क्रियाशील सदस्यतालाई बढाएर १० लाख पु¥याउने तयारी गरेको हो ।

बैठकमा सहभागी कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले क्रियाशील सदस्यतालाई दोब्बर बनाउने विषयमा छलफल भएको जानकारी दिए ।

‘क्रियाशील सदस्यता वितरण सुरु भएसँगै माग बढ्दो छ, पहिले ५० प्रतिशत बढाउने भन्ने थियो, माग बढेसँगै शत प्रतिशत बढाउने भन्ने विषयमा छलफल भएको छ । थप छलफल आगामी केन्द्रीय समितिमा हुन्छ,’ कांग्रेस सहमहामन्त्री महतले राजधानीसँग भने ।

बैठकमा म्याद सकिएका भ्रातृ संस्थाहरूको म्याद थप, १४औं महाधिवेशनको क्रियाशील सदस्यता छानबिन गर्न बनाइने समिति, पार्टीका रिक्त विभाग तथा विभागको भागबन्डाको विषयमा समेत छलफल भएको छ ।

यस्तै, अन्य पार्टी परित्याग गरी आएका नेता कार्यकर्ताको समायोजनका विषयमा समेत बैठकमा छलफल भएको छ ।
यसैगरी, आगामी केन्द्रीय समिति बैठकबाट क्रियाशील सदस्यता छानबिनका लागि समिति बनाउने विषयमा समेत नेताहरूबीच छलफल भएको छ । बिहीबार भएको शीर्ष तहको छलफलमै समितिमा रहने नेताहरूको नाम दिन सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई आग्रहसमेत गरेका छन् ।

वरिष्ठ नेता पौडेलले भने महाधिवेशन तोकिएपछि भएका मनोनयन रद्ध गर्न र महाधिवेशनको मुखमा कुनै पनि विवादित गतिविधि नगर्न देउवालाई आग्रह गरेका छन् ।

देउवाले विधानमा व्यवस्था भएको भन्दा अर्थात् विधानअनुसार २८ विभाग गठन गर्नुपर्नेमा ४७ विभाग बनाउने गरी केन्द्रीय समितिबाट प्रस्ताव पास गराइसकेका छन् । उनले २० विभागमा आफू निकट नेताहरूलाई जिम्मेवारीसमेत दिइसकेका छन ।

बिहीबारको बैठकमा सभापति देउवा, वरिष्ठ नेता पौडेल, उसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री महत, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्रीद्वय कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहलगायत सहभागी थिए ।

(Visited 111 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

कार्यालय सहयोगीले ‘मैले नै हो नागरिकता सिफारिस गर्ने’ भन्दै घुस लिएपछि

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका एक कर्मचारी घुससहित पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका–१३ का कार्यालय सहयोगी दिलिप पञ्जियारलाई अख्तियारको टोलीले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा...

नेपाल-भारत सीमा नाका खोल्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

जनकपुरधाम । सीमा बन्द हुँदा दुवै देशको जनतालाई कठिनाई भइरहेको खबर आइरहेको बेला नेपाल–भारत खुल्ला सीमा सम्वाद समूह र व्यापारीहरुको संस्थाले नेपाल-भारत सीमा खोल्न...

रुपन्देही र बाँकेमा कोरोनाबाट थप ४ जनाको मृत्यु

बुटवल । रुपन्देही र बाँकेमा कोरोना सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको छ । रुपन्देहीमा लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा बुधबार बेलुका मृत्यु भएका...

मुख्य सचिव रेग्मीले दिए राजीनामा

काठमाडौँ । मुख्सचिव लोकदर्शन रेग्मीले राजीनामा दिएका छन् । रेग्मीले आफ्नो कार्यकाल सकिनु अघि नै राजीनामा दिएका हुन् । बिहीबार उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष...

भर्खरै

कविता : भो नसुत डा. केसी !

  भ्रष्टाचारी, तस्करको अखडामा निशास्सिएको शहरमा निर्दालाई मुर्दा बनाएर कुटिन्छ यहाँ, के गर्छौ र डा. केसी तिम्रा शरिरका रौ हरु पलपल गनि गनि लुटिन्छ यहाँ, तिमी नखाएर सुत्छौ त...

समाचार प्रभाव : ठेकेदारले फिर्ता गरे कमिसन रकम

गुल्मी । विभिन्न संचार माध्यममा समाचार प्रकाशित भएपछि जिल्लाको रुरुक्षेत्र गाउँपालिकाको लागि ट्याक्टर खरिद गरेका ठेकेदारले किसानहरुसँगबाट लिएको कमिसन रकम फिर्ता गरेका छन् । रुरुक्षेत्र...

कार्यालय सहयोगीले ‘मैले नै हो नागरिकता सिफारिस गर्ने’ भन्दै घुस लिएपछि

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका एक कर्मचारी घुससहित पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका–१३ का कार्यालय सहयोगी दिलिप पञ्जियारलाई अख्तियारको टोलीले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा...

नेपाल-भारत सीमा नाका खोल्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

जनकपुरधाम । सीमा बन्द हुँदा दुवै देशको जनतालाई कठिनाई भइरहेको खबर आइरहेको बेला नेपाल–भारत खुल्ला सीमा सम्वाद समूह र व्यापारीहरुको संस्थाले नेपाल-भारत सीमा खोल्न...

धेरै पढिएका

माथिल्लो तामाकोशी : ठाडो सुरुङले रोकिरहेको छ प्रगति

काठमाडाैं । सरकारको पछिल्लो विवरणअनुसार राष्ट्रिय गौरवका आयोजनाको भौतिक प्रगति असाध्यै सुस्त छ । कूल विनियोजित रु एक खर्ब बजेटमध्ये चालू आर्थिक...

सवारी पासको दुरुपयोग गर्दै यात्रु ओसार्ने नागढुंगामा पक्राउ

काठमाडौं । सवारी पास दुरूपयोग गर्दै यात्रुहरू ओसारपसार गर्ने दुई जना सवारी चालकहरुलाई महानगरीय प्रहरी वृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले...

कैदी बन्दी छुट्दै

काठमाडौं । विश्वभर कोरोना संक्रमणको त्रास फैलिरहेका बेला सरकारले कारागारमा रहेका कैदी बन्दीलाई कैदको प्रकृतिअनुसार छाड्ने तयारी गरेको छ । सरकारले कारागारभित्र...

फेसबुकमा भिडियो कल संवन्धी नयाँ सेवा, यस्ता छन् विशेषता

विश्वभरी नै सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले भिडियो कल सम्वन्धी नयाँ सेवा शुरु गर्न लागेको छ । अहिले भइरहेको भिडियो कल सम्वन्धी...

ई-पेपर

(Visited 64 times, 1 visits today)