Monday, January 18, 2021
Home Editor-Picks काठमाडौं उपत्यकामा बढ्यो जोखिम

काठमाडौं उपत्यकामा बढ्यो जोखिम

काठमाडौं । लकडाउन खुकुलो भएसँगै राजधानी काठमाडौं भित्रनेहरूको संख्या बढ्दै गएकामा लकडाउन हटेपछि सो संख्या झनै बढेको छ । राजधानी भित्रनेको संख्या बढ्दै गएपछि कोरोना संक्रमणको जोखिमसमेत बढ्दै गएको छ ।
सरकारले लकडाउनको मोडालिटीलाई खुकुलो गर्दै जोर बिजोर प्रणालीमा सवारी चल्न दिने, पसल तथा व्यवसाय खुला गर्ने तथा सरकारी कार्यालयका सेवा सुचारु गर्ने निर्णय गरेसँगै उपत्यका बाहिरबाट राजधानी भित्रनेको संख्या बढ्न थालेको थियो ।
कोरोना संक्रमितको संख्या दुई जना मात्र हुँदा सरकारले ११ चैतदेखि मुलुकभर लकडाउन गर्ने निर्णय गरेको थियो । सरकारको सो निर्णयसँगै विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्तिहरूको राजधानीबाट बाहिरिने क्रम बढेको थियो ।
तर, असार दोस्रो सातादेखि लकडाउन खुकुलो गरेको सरकारले ६ साउनबाट लकडाउन पूर्ण रूपमा हटाउने निर्णय गरेको थियो ।

– बाहिरिएका २ लाख व्यक्ति भित्रिए
– नाकामा चेकजाँच फितलो

सरकारको सो निर्णयसँगै राजधानीमा विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्तिहरू धमाधम फर्कन थालेका थिए ।
प्रहरी स्रोतका अनुसार लकडाउन खुकुलो भएको समय असार दोस्रो सातादेखि हालसम्म करिब २ लाख व्यक्ति विभिन्न नाका हुँदै राजधानी काठमाडौं भित्रिएका छन् ।

यसरी विभिन्न जिल्लाबाट भित्रनेको संख्या धमाधम बढ्न थालेपछि काठमाडौं उपत्यकामा कोरोनाको जोखिमसमेत बढ्दो क्रममा देखिएको छ । सरकारले उपत्यकामा जोखिम बढेसँगै बिहीबारबाट फेरि सवारी साधनमा जोर बिजोर प्रणाली लागु गरेको छ । तर उपत्यका भित्रने नाकाहरूमा भने चेकजाँच फितलो देखिएको छ । विभिन्न जिल्लाबाट पासविना आउनेहरू चेकजाँच छल्दै सहजै प्रवेश गर्दै आइरहेका छन् ।

महाशाखाका अनुसार लकडाउन खुकुलो भएपछि काठमाडौं भित्रनेको संख्या बढ्न थालेकामा हाल दैनिक ५ देखि ६ हजार व्यक्ति काठमाडौं प्रवेश गर्दै आइरहेका छन् । तर, यो संख्या भने पास लिएर आउनेहरूको मात्रै भएको महाशाखा बताउँछ । महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले हाल दैनिक ५ देखि ६ हजार व्यक्ति विभिन्न नाका हुँदै राजधानी काठमाडौं भित्रँदै आएको बताए ।

यो पनि पढ्नुहोस   संसद् विघटनविरुद्धको मुद्दाको सुुनुवाइ ‘हेर्दाहेर्दै’ मा, आज पनि वहस

‘अहिले दैनिक पाँच–छ हजार व्यक्ति उपत्यका बाहिरबाट विभिन्न्न नाका हुँदै काठमाडौं आइरहेको देखिन्छ,’ महाशाखा प्रमुख ढकालले राजधानीसँग भने । महाशाखाका अनुसार राजधानी भित्रनेहरूमध्ये ७५ प्रतिशत व्यक्ति नागढुंगा नाका हुँदै आइरहेका छन् भने बाँकी साँगा, फर्पिङ, भीमढुंगा, नाङ्लेभारे, नाला र टोखा हुँदै आइरहेका छन् ।

महाशाखा प्रमुख ढकालले भने पास लिएर आउने सवारी साधनहरूलाई मात्र उपत्यकामा प्रवेश दिइने गरेको तर पासविना आउने सवारी साधनहरूलाई भने फर्काइने गरिएको बताए ।

उनले लकडाउनको समयमा राजधानीबाट बाहिरिनेको संख्या भित्रनेको भन्दा बढी रहेकामा अहिले भित्रने र बाहिरिनेको संख्या उस्तै हाराहारीमा रहेको जानकारी दिए ।

सरकारले ६ साउन रातिबाट लकडाउन हटाए पनि कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै लामो दुरीका सवारी सञ्चालन भने खुला गरेको छैन । अहिले पनि एक जिल्लाबाट अर्को जिल्लामा जान पास अनिवार्य छ ।

तर, उपत्यका बाहिरबाट राजधानी भित्रने अधिकांश चारपांग्रे सवारी साधनले पटक पटक उपत्यका बाहिरका जिल्ला प्रशासन कार्यालयहरूको पास देखाएर यात्रु ओसारपसार गर्दै आइरहेका छन् ।

राजधानीलाई प्राप्त सूचनाअनुसार उपत्यका बाहिरबाट एउटै सवारी साधन पटक पटक यात्रु बोकेर राजधानी भित्रिएका छन् । सवारीधनीहरूले काठमाडौं आउनका लागि चिनजान तथा भनसुनका आधारमा जिल्ला प्रशासन कार्यालयबाट पास लिने गरेको पाइएको छ ।

यसरी लिइएको पासमा पृथ्वी राजमार्ग र बिपी राजमार्गमा पर्ने मुख्य जिल्लाहरूको नाम लेखिने गरेको नाकामा खटिएका प्रहरी अधिकृतहरू बताउँछन् । सवारीधनीले वर्षाको मौसमका कारण बाटो फेरबदल हुन सक्ने भन्दै पासमा सिन्धुली, मकवानपुर र काभ्रे जिल्लाको ठेगाना लेख्ने गरेको पाइएको उपत्यका भित्रने नाकामा खटिएका प्रहरी अधिकृतहरूको भनाइ छ ।

यसरी पास लिएपछि राजधानी आउन उनीहरूले कुनै अवरोध नहुने भन्दै सेटिङमै यात्रु खोज्ने र उनीहरूबाट चर्को भाडा असुल्ने गरिरहेका छन् । राजधानी आउने यात्रु ओसार्न अहिले धेरै जसो स्कार्पियोको प्रयोग हुँदै आइरहेको छ ।

(Visited 129 times, 1 visits today)
Loading comments...

आजको समाचार

पोखराबाट सुरु भयो डिसेम्बर फल्स

काठमाडौं । नयाँ चलचित्र ‘डिसेम्बर फल्स’को छायांकन सुरु भएको छ । चलचित्रको छायांकन पोखराबाट सुरु भएको हो । निर्माता रामप्रसाद रिजालको जन्मदिन पारेर आइतबार...

विद्युत् डिमान्ड शुल्क छुट आजबाट कार्यान्वयनमा आउने

काठमाडौं । कोरोना भाइरस (कोभिड–(१९) का कारण प्रभावित उत्पादनमूलक उद्योगको लकडाउन अवधिभरको विद्युत् डिमान्ड शुल्क छुट सोमबार ( आज)देखि कार्यान्वयनमा आउने भएको छ ।...

कालिकोटेको स्वरमा ‘धारो धर्म’

काठमाडौं । गायक बिधान कालिकोटेको स्वरमा 'धारो धर्म' सार्वजनिक भएको छ। सार्वजनिक गीतमा रमेशराजको शब्द संगीत सुन्न सकिन्छ। रोमान्टिक शैलीको गीतमा बिकास लामिछाने र अन्जु...

नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोना भाइरस पुष्टि

काठमाडौं । नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नेपालमा २८ वर्षीया महिला तथा ३२ र ६७ वर्षीय पुरुषमा...

परिवारको आशा नै अस्पतालको शय्यामा ढलेपछि…

बलेवा । परिवारको खर्च चलाउन लामो समय वैदेशिक रोजगारीमा बसेका रामचन्द्र बोहरा दुई वर्ष पहिले घर फर्किए । शरीर अस्वस्थ भएर घर फर्किनुभएका बोहरालाई...

साताका लोकप्रिय समाचार

प्रधानमन्त्री निवासमा याेगासन (फाेटाेफिचर)

काठमाडाैं ।  राष्ट्रिय योग दिवस तथा मकर संक्रान्तिको दिन प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीलगायतले पलेँटी कसेर याेग गरेका छन् ।  प्रधानमन्त्रीले कोरोनापछि...

हार्ने चुनाव ओलीले गर्दैनन् : बाबुराम भट्टराई

पोखरा । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चुनावमा पराजय बेहोर्ने दाबी गर्दै हार्ने चुनाव उनले...

नेपाली विद्यार्थीले खोजेका चार क्षुद्रग्रहले अस्थायी नाम पाए

काठमाडौं । नेपाली विद्यार्थीले खोजेका चार क्षुद्रग्रह (एस्ट्रोरेड) ले अस्थायी नाम पाएका छन् । नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले शुक्रबार विज्ञप्ति जारी गर्दै चार वटा...

रोगको चपेटामा इलामका सुन्तला बगान

इलाम । इलाम नगरपालिका आठ महभिरका किसान उमेश महत आम्दानीको मुख्य स्रोत रहेको सुन्तलामा रोगले आक्रमण गरेपछि आउँदा वर्षमा वैकल्पिक खेती गर्ने कि भन्ने...

गणेशमान सिंह स्मृति बक्सिङ फागुन तेस्रो साता

काठमाडौं । स्वर्गीय गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ आगामी फागुन तेस्रो साता हुने भएको छ । नागार्जुन नगरपालिकाको...

ट्रेन्डिङ

अस्पताल भरिएपछि विद्यालय र क्याम्पसमा आइसोलेसन

बलेवा । सरकारी तथा निजी अस्पतालमा रहेका आइसोलेसनकक्ष भरिन थालेपछि बागलुङमा विद्यालयमा आइसोलेसन बनाउने विकल्प खोज्न थालिएको छ । यसअघि निर्माण भएका १६ श्ययाका...

अखिल क्रान्तिकारीका अध्यक्ष गजुरेलसहित ३ जना पक्राउ

काठमाडौँ । नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेलसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
यो पनि पढ्नुहोस   उद्योगमा ७२ अर्ब ६२ करोड लगानी गर्ने प्रतिबद्धता

जुम्लामा थपिए कैदीबन्दीसहित ३९ कोरोना सङ्क्रमित

जुम्ला । जुम्लाको कोरोना सङ्क्रमितको सङ्ख्या पछिल्लो समयमा बढ्दो अवस्थामा रहेको छ । समुदायमा कोरोना भाइरस फैलिएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा परीक्षण...

कपन बालुवाखानीमा आगलागी, दाजुको मृत्यु, तिहार मान्न आएकी बहिनी र भान्जा घाइते

काठमाडौं । काठमाडौंको कपन बालुवाखानी चोकस्थित नारायणबहादुर बस्नेतको घरमा सोमबार राति आगलागी भएको छ । आगलागीमा परी एक जनाको मृत्यु भएको छ भने दुई...

दाङमा जुवा खेल्दै गरेका ५ जना ३ लाख बढी नगदसहित पक्राउ

तुलसीपुर । दाङमा ३ लाख भन्दा बढी नगद सहित पाँच जना जुवा खेल्दै गरेको अवस्थामा पक्राउ परेका छन् । उनिहरुलाई घोराही उपमहानगरपालिका वडा नम्वर...

कोरोनाविरुद्ध अक्षय कुमारको २५ करोड सहयोग

मुम्बई । यतिबेला विश्वमा कोरोना भाइरसले आफ्नो संक्रमण बढाइरहेको छ । यसको प्रभाव भारतमा पनि तीव्र रूपमा बढिरहेको छ । यसै क्रममा...

प्रशिक्षकको पुरस्कार कहिले ?

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्न सफल खेलाडीहरूले झन्डै पाँच महिनापछि वैशाख पहिलो साता नेपाल सरकारले घोषणा गरेको पुरस्कार प्राप्त गरे...

नेकपामा दुवै समूहका फरक फरक रणनीति

काठमाडौं । प्रतिनिधिसभा विघटनसँगै दुई समूहमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरू आआफ्नै रणनीतिअनुसार अगाडि बढ्ने भएका छन् । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

रविभवनको सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

काठमाडौँ । काठमाडौंको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ । सोमबार दिउँसो अपार्टमेन्टको माथिल्लो तलामा आगलागी भएको प्रहरी जनाएको छ । दमकल, प्रहरी, स्थानीयवासीको...

नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोना भाइरस पुष्टि

काठमाडौं । नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नेपालमा २८ वर्षीया महिला तथा ३२ र ६७ वर्षीय पुरुषमा...

‘संविधानमा हुँदै नभएको व्यवस्थालाई राजनीति हो भनेर संसद विघटन गर्न मिल्दैन’

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता दीनमणि पोखरेलले यसमा राजनीतिक विषय भनेर अदालत उम्किन...

सूचना–प्रविधि पार्क ‘सेक्युरिटी प्रेस’मा परिणत हुँदै

काभ्रेपलाञ्चोक । दक्षिण एशियामै नमूना बनाउने उद्देश्यले काभ्रेपलाञ्चोकमा निर्मित सूचना–प्रविधि पार्क (आइटी पार्क) सेक्यूरिटी प्रिन्टिङ प्रेस (सुरक्षण मुद्रण केन्द्रम) मा परिणत हुँदैछ । यसका...

भर्खरै

पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य बृद्धि गरेको छ । प्रतिलिटर पेट्रोल, डिजेल र मट्टितेतमा निगमले २ रुपैयाँ बृद्धि गरेको छ ।...

बालुवाटार गेटमा ओलीलाई स्पष्टीकरणको पत्र बुझाएर फर्किए दाहाल–नेपाल समुह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समुहले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्ने निर्णयको पत्र बुझाएको छ । २ माघमा बसेको...

दोलखामा पहिलो चरणमा २ हजारलाई कोरोना विरुद्धको खोप लगाइने

दोलखा । दोलखाको स्थानिय सरकारले अग्रपंत्तिमा खटिएका स्वास्थ्यकर्मी लगायत करिब २ हजार नागरिकलाई पहिलो चरणको कोरोना विरुद्धको खोप लगाउनका लागि शिफारिस गरेको जनाएको छ...

३२२ जना संक्रमित थपिए, ६ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ३२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ४ हजार...

धेरै पढिएका

५५ केजी भन्दा माथिका महिलाको प्रतियोगिता

काठमाडौं । मोडल सङ्स नेपालले आयोजना गर्दै आएको ‘सुपर प्लस साइज मोडल २०२१’ को दोस्रो अडिसन माघ १० गते हुने भएको छ । ‘अल...

डेढ महिनादेखि बनमा डढेलो, अझै निभेन आगो

मनाङ । हिमाली जिल्ला मनाङको चामे गाउँपालिका–२ थानचोकको वनबाट मङ्सिर ११ देखि शुरु भएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । सल्लोको जङ्गल, सुकेका...

सेयरधनीलाई २ अर्ब २० करोड लाभांश बाँड्दै निगम

काठमाडौँ । नेपाल आयल निगम आफ्ना सेयरधनीलाई २ अर्ब २० करोड रुपैयाँ लाभांश बाँड्ने भएको छ । सेयरधनीलाई निगमको खुद नाफा रकमबाट चुक्ता पुँजीको...

विश्वभर ३३ अर्ब टन कार्बन उत्सर्जन, तत्कालै शून्यमा झार्न सम्भव होला ?

काठमाडौं । जलवायु सम्बन्धी पेरिस सम्झौता भएको पाँचौं वर्ष पुग्नैलाग्दा अमेरिकामा पनि जो बाइडेनले आगामी बुधबार अमेरिकाको ४६औं राष्ट्रपतिका रुपमा सपथ लिँदै हुनुहुन्छ । जलवायु परिवर्तन...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 101 times, 1 visits today)