Thursday, October 1, 2020
Home Breaking News तीनवटै निकाय आज छलफलमा जुट्दै

तीनवटै निकाय आज छलफलमा जुट्दै

ललितपुर । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमण जोखिम न्युनीकरण तयारी सुरु भएको छ । दिनदिनै कोरोना संक्रमित बढ्दै गएपछि उपत्यकाभित्र सुरक्षा सावधानी अपनाउन र थप रणनीति तय गर्न आज शुक्रबार बैठक तीनै जिल्लाका कोभिड क्राइसिस म्यानेज्मेन्ट सेन्टर बैठक बस्न लागेको हो ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला एकअर्कासँग सहजै जोडिएकाले जोखिम रहेको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । बुधबार १ सय २ संक्रमित थपिएको उपत्यकामा बिहीबार ७६ जनामा संक्रमण देखिएको हो ।

‘उपत्यकामा संक्रमण जोखिम अत्यधिक बढेकाले कसरी नियन्त्रणमा लैजाने भनेर जिल्ला प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख र जिल्ला समन्वय समिति प्रमुखलगायतको सहभागिता बैठक बस्न लागेको ललितपुर स्वास्थ्य कार्यालय प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिए ।

लकडाउन अन्त्यसँगै सावधानी नअपनाउँदा संक्रमण बढेको गेलालको ठम्याई छ । ‘भिडभाडमा सकेसम्म नजान भनिरहँदा पनि रोकिएकमे छैन, मास्क सबैजसोले प्रयोग गरेका छैनन्,’ उनले भने, ‘अब उपत्यकाभित्र एउटा मापदण्ड बनाएर दण्ड जरिवानाकै सिस्टम गरिनुपर्ने भएको छ । यस विषयमा शुक्रबारको बैठकले निचोड निकाल्नेछ ।’

ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले उपत्यकामा संक्रमण बढिरहेको अवस्थामा थप रणनीति बनाउने प्रयासस्वरुप छलफल गर्ने तयारी भएको बताए । जिल्लामा मास्क नलगाउने करिब सयजनालाई दैनिक कारबाही गरिएको बताउँदै उनले मास्क नलगाई हिड्नेलाई सय रुपैयाँ जरिवाना र पैसा नभएकालाई केही समय उभ्याएर छोडिदिने गरिएको जानकारी दिए ।

काठमाडौं नागढुंगा र भक्तपुर साँगा नाकाबाट परीक्षणसहित भित्रिन दिइएको छ । उपत्यकामा एक सातामा ३ सय ६० भन्दा बढी संक्रमित थपिएका छन् भने पछिल्लो ३ दिनमै २ सय ३० भन्दा धेरै संक्रमित थपिएका छन् ।

(Visited 243 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

रुपन्देही र बाँकेमा कोरोनाबाट थप ४ जनाको मृत्यु

बुटवल । रुपन्देही र बाँकेमा कोरोना सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको छ । रुपन्देहीमा लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा बुधबार बेलुका मृत्यु भएका...

मुख्य सचिव रेग्मीले दिए राजीनामा

काठमाडौँ । मुख्सचिव लोकदर्शन रेग्मीले राजीनामा दिएका छन् । रेग्मीले आफ्नो कार्यकाल सकिनु अघि नै राजीनामा दिएका हुन् । बिहीबार उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष...

एकैदिन १५५९ जनामा कोरोना पुष्टि, १०५७ जना डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ५५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ७७ हजार...

पहिरोले बासै उठेपछि विद्यालयमा काजक्रिया गर्दै

वालिङ । पहिरोले परिवारका नौ सदस्यसहित बासै उठेपछि भोजराज नेपालीले विद्यालयमा बसेर काजक्रिया गरेका छन् । स्याङ्जाको वालिङ–१४ तमादीमा गत बिहीबार माया नेपालीको घरमाथिबाट आएको...

भर्खरै

रुपन्देही र बाँकेमा कोरोनाबाट थप ४ जनाको मृत्यु

बुटवल । रुपन्देही र बाँकेमा कोरोना सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको छ । रुपन्देहीमा लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा बुधबार बेलुका मृत्यु भएका...

दोलखाका शैक्षिक संस्था पूर्ण रुपमा बन्द गर्न निर्देशन

दोलखा । जिल्लामा कोरोनाको लक्षणसहितका सङ्क्रमित फेला परेपछि जिल्ला कोभिड –१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले आजदेखि शैक्षिक संस्था पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएको...

इजरायली श्रम बजार नेपालीका लागि खुला

काठमाडौं । इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएसँगै इजरायली श्रम बजार नेपाली युवाका लागि खुला भएको छ । नेपाल...

निगम भन्छ : नेपाली पाइलटले नै धेरै तलब बुझ्छन्

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विदेशी विमानचालक (पाइलट) ले भन्दा नेपाली पाइलटले धेरै तलब बुझ्ने गरेको जनाएको छ । कोभिड–१९ महामारीको...

धेरै पढिएका

काेराेना संक्रमित युवती निकाे भएर घर फर्किइन्

काठमाडाैं । कोभिड–१९ को सङ्क्रमण देखिएका काठमाडौँकी १९ वर्षीया एक युवती उपचारपश्चात् घर फर्किएकी छन् ।

सडक विस्तार : स्थानीय उत्पादनले बजार पाउन थाल्यो

दार्चुला। दार्चुला सदरमुकाम खलंगाबाट २३ कोष टाढा रहेको अपिहिमाल गाउँपालिकाको मकरीगाडसम्म नियमित जीप सञ्चालन हुन थालेको छ । मल्देश भनेर चिनिने अपिहिमाल गाउँपालिकाको वडा...

प्रेमिकाको घरमा गएका किशोर झुण्डिएको अवस्थामा मृत फेला

सिरहा । सिरहाको औरही गाउँपालिका वडा नम्बर –५ स्थित प्रेमिकाको घरमा गएका किशोर झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । करिब १७ वर्षीय अबिरचन...

रनबहादुर विक, छिमेकीलाई विषालु साग खुवाए र आत्महत्या गरे

गलकोट । बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँ रिजाल चोकको एक परिवारलाई जरिङ्गो नामको विषालु साग दिने व्यक्तिले आत्महत्या गरेका छन् । छिमेकीलाई दिएको जरिङ्गोको साग खाएर...

ई-पेपर

(Visited 64 times, 1 visits today)