Tuesday, September 29, 2020
Home बिचार कोभिड, मन्दी र लगानी

कोभिड, मन्दी र लगानी

सन् २०१९ को अन्त्यदेखि चीनबाट सुरु भएको कोभिडको महामारी २०२० को मध्यमा आइपुग्दा पनि सेलाउने लक्षण देखापरेको छैन । नेपाललगायत विश्व नै यसको आक्रमणबाट थिलथिलो भएको छ । लाखौं मानिस बिरामी पर्ने र मर्ने दुःखान्तको साथै अर्थतन्त्रको दुर्दान्त स्खलनले पनि विश्व समुदायको जीवनयापन अनिश्चित र कठिन बन्न पुगेको छ । आर्थिक अनिश्चितताले सारा विश्वको समस्त माग घट्न पुगेको छ । लगानी र उपभोग मागमा सन् १९३० को भन्दा पनि कम भएको अर्थशास्त्रीहरूको मूल्यांकन छ । अर्थतन्त्रमा मन्दीका लक्षण आएका छन् । कोभिडको विश्वव्यापी आतंकले विश्वव्यापीकरण, उत्पादन र उपभोगका ढाँचा तथा जीवन बाँच्ने शैलीमा व्यापक परिवर्तन गर्नुपर्ने नयाँ पाठ विश्व समुदायलाई सिकाएको छ ।

मन्दीमय विश्वमा विश्वभरको उत्पादन र लगानीको साङ्लो (चेन) चुडिएको छ । उत्पादन र लगानी घटेको कारण देशहरूको आर्थिक वृद्धिदर पनि घटेको छ । ठूलाठूला एयरलाइन्स, फ्याक्ट्री, व्यवसाय, होटल बन्द हुन पुगेका छन् । सामान्य नागरिकको रोजगारी गुमेको छ । रेमिट्यान्सबाट हुने आम्दानी घटेको छ । नागरिकको दैनिक जीवनयापनका खर्च नराम्रोसँग घटेका छन् । खाद्यान्न र औषधिबाहेक अहिले नागरिक अन्य शीर्षकमा खर्च गर्न चाहँदैनन् । मानिसको गतिशीलता सीमित भएको छ । लगानी गर्न व्यवसायी र लगानीकर्ताहरू उत्साहित छैनन् । बैंकमा ऋण माग्न जाने उद्यमीहरू छैनन् । बचतको थुप्रो लागेको छ । निजीक्षेत्र नाफा हुने अवस्था नदेखेसम्म लगानी गर्न तत्पर हुँदैनन् । मन्दीबाट देशलाई गतिशील बनाउन सरकारी खर्च नै बढी मात्रामा गर्नुपर्ने हुन्छ । तर, लकडाउन र जनशक्ति घरभित्र थुनिएका कारण सरकारी खर्चसमेत प्रभावित भएको छ । जुन सन् १९३० को मन्दीको अवस्थाभन्दा भिन्न अवस्था हो ।

लगानी आर्थिक गतिशीलताको प्राण हो । राज्यको विकास लक्ष्यमा पुग्ने आधारभूत तŒव हो । लगानी आर्थिक विकास र रोजगारी सिर्जनाको जग हो । विकासको मेरुदण्ड हो । लगानी गर्नु भनेको परियोजनाहरूमा पुँजी प्रवाह गर्नु हो । लगानीले विकास प्रक्रियामा तीव्रता ल्याउँछ । देशको राष्ट्रिय उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्दै रोजगारी सिर्जना गर्दछ । रोजगारी अवसरले नागरिकको आम्दानी बढाउँछ । नागरिकको आम्दानी बढेपछि नागरिकको जीवनयापन सरल र सहज हुन्छ ।

हारोड–डोमर लगानी मोडलले देशको विकासका लागि लगानी अपरिहार्य हुने तथ्य प्रस्ट गरेको छ । विगपुस सिद्धान्तले देशको समग्र आर्थिक विकासका लागि ठूलो लगानी अनिवार्य मानेको छ । आधुनिक अर्थतन्त्रका प्रणेता जोन मेयार्ड किन्सले देशको समग्र उत्पादन र रोजगारी बढाउन सरकारले धेरै ठूलो सार्वजनिक खर्च गर्नुपर्ने अभिमत राखेका छन् । आर्थिक क्रियाकलापमा सरकारको संलग्नता अपरिहार्य बनेको छ । बजार वा निजी लगानीले आर्थिक, सामाजिक तथा वातावरणीय उद्देश्य एक्लै प्राप्त गर्न नसक्ने भएपछि सरकारसँग सार्वजनिक लगानी बढाउने बलियो तर्क सुरक्षित हुन्छ । तर, कोभिडको महामारी र लकडाउनले सरकारी खर्च पनि पर्याप्त मात्रामा गर्न हम्मेहम्मे पर्ने भइरहेको छ ।

कोरोनाको कहरपछिको परिस्थिति मूल्यांकन गर्दै आईएमएफ र एडीबीले विश्वको आर्थिक वृद्धिदर अत्यन्त न्यून हुने अनुमान गरेका छन्

विकासोन्मुख देशहरूमा न्यून लगानीले पुँजी निर्माण र पूर्वाधार विकास आवश्यक मात्रामा हुन सकेको हँुदैन । विकसित देशको तुलनामा नेपालजस्ता विकासोन्मुख देशहरूमा राष्ट्रिय आयको सानो हिस्सा मात्र विकास निर्माणमा लगानी हुने गरेको पाइन्छ । आर्थिक मन्दीको मूल कारण उद्योग व्यवसायमा लगानी प्रवाह हुन नसक्नु हो । १५आंै योजनाले आर्थिक वृद्धि दर वार्षिक १०.३ प्रतिशतले हुने अपेक्षा गरेको छ । उच्च आर्थिक विकास दरका लागि लगानी पनि दर उच्च हुनुपर्दछ । आर्थिक सर्भेक्षण २०७६÷७७ अनुसार आर्थिक वर्ष २०७५÷७६ मा कुल गार्हस्थ्य उत्पादन र कुल लगानीको अनुपात ५६.६ प्रतिशत रहेको छ । लगानी र कुल गार्हस्थ्य उत्पादनबीचको उच्च अनुपातले विकासको लक्ष्य प्राप्त गर्न सहज हुने गर्दछ । १५औं योजनाको लक्ष्य प्राप्त गर्न अझै कम्तीमा पनि १० प्रतिशत लगानी थप हुनुपर्ने संंकेत विश्व बैंकको नेपाल सिस्टमेटिक डाइग्नोस्टिक प्रतिवेदन, २०१८ ले गरिरहेको समयमा कोरोनाको संक्रमणसँगै कुल गार्हस्थ्य उत्पादन र लगानीबीचको अनुपात घटन गएको छ । भोलिका दिनहरू लगानी बढाउन झन् कठिन हुन सक्नेछन् ।

लगानी मुख्य रूपमा पुँजीको सीमान्त उत्पादकत्व र ब्याजदरमा निर्भर गर्दछ । सीमान्त उत्पादकत्व भनेको उद्योग व्यवसायमा पुँजीको अतिरिक्त मात्रा लगानीबाट प्राप्त हुने प्रतिफल हो । यसकारण पुँजी लगानी गर्नुपूर्व लगानीकर्ताले पुँजीको सुरक्षा, लगानीबाट प्राप्त हुने प्रतिफल, लगानी गर्दा वा बाहिरिदा वा सञ्चालन गर्दा बेर्होनुपर्ने प्रशासनिक झन्झट, नीतिगत स्थायित्व, व्यवसाय सञ्चालनमा मजदुर अवरोध तथा काम गर्दै जाँदा आउन सक्ने समस्याहरूको सजिलो समाधानका प्रावधानहरू हेर्ने गर्दछ । लगानी वातावरण राम्रो नभएसम्म लगानीकर्ता लगानी गर्न उत्प्रेरित हँुदैनन् । अहिले कोरोनाले निम्त्याएको आर्थिक अनिश्चितताको अवस्थामा लगानी वातावरणसमेत अनिश्चित बन्न पुगेको छ ।

देशमा लगानी अपेक्षाअनुसार बढ्न नसक्नुका पछाडि धेरै कारण छन् । दीर्धकालीन लगानी नीतिको अभाव, कर्मचारीतन्त्रमा रहेको दीर्घसूत्रता, कम्पनी सुरु, बन्द र सञ्चालन गर्दाको अप्ठ्याराहरू, अस्पष्ट विकास प्राथमिकता, व्यवसायिक वातावरणको कमी तथा कमजोर गभर्नेन्सले लगानीलाई बाधा पु¥याइरहेको पाइन्छ । सरकारका परियोजना निर्धारित समय र लागतमा सम्पन्न गर्न तथा सरकारको खर्च गर्ने क्षमता वृद्धि हुन नसक्नु लगानीका बाधाहरू हुन् । लगानीका लागि वित्तीय स्रोतको अभाव छ । साथै, सानो पुँजी बजार तथा बैंक तथा वित्तीय संस्था ठूलो आकारको ऋण प्रवाह गर्न असक्षम हुनु पनि लगानीका चुनौती हुन् ।

कोरोनाको संक्रमणले विश्व आर्थिक गतिविधिलाई चपक्क च्यापेको छ । आर्थिक अनिश्चितता छ । विश्व तथा नेपालको आर्थिक विकास गति नगन्य दरमा हुने विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष तथा एसियाली विकास बैंकको अनुमान रहेको छ । यस घडीमा स्वदेशी तथा विदेशी लगानी बढाउन र भिœयाउन मात्र होइन, मानिसको जीवनयापन नै असहज बन्दै गएको छ । १५आंै योजनाले सन् २०२३ सम्ममा विकासोन्मुखको स्तरमा रूपान्तरण हुने महŒवाकांक्षी लक्ष्य लिएको कारण देशमा स्वदेशी तथा विदेशी र सार्वजनिक, निजी, सहकारी तथा सार्वजनिक निजी साझेदारीमा लगानी गर्ने खाका तयार गरेको छ । विदेशी लगानी आकर्षित गर्न दुई÷दुईवटा नेपाल लगानी सम्मेलन सम्पन्न भए । लगानीका लागि सीमित क्षेत्रबाहेक धेरैै क्षेत्र खुला गरी विदेशी लगानी आकर्षित गर्ने सकारात्मक व्यवस्था रहेको पनि छ । नेपालको चाहना विकास साझेदार साथीहरूलाई राम्रो ज्ञान छ ।

डुइङ बिजनेस सूचक २०२० अनुसार नेपालको लगानी वातावरण सुध्रिएर ११० बाट उक्लिएर ९४औं स्थानमा पुगेको छ । प्रतिस्पर्धात्मक क्षमता पनि सुधारोन्मुख छ । लगानी वातावरणमा क्रमिक सुधार भइरहे पनि विगतका केही अनुभव लगानी बढाउन उत्साहजनक देखिँदैनन् । (१) अर्धाखाँची सिमेन्ट उद्योगले बोनस सेयर पुनः लगानी गर्न मागेको स्वीकृति समयमा नहुँदा बाँडेर लिएको घटना (२) सिनो हाइड्रो कर्पोरेसनले लमजुङमा जग्गा नपाएको विषय (३) हक्सिन नारायणी सिमेन्टका लागि धादिङमा भएको जग्गा विवाद (४) नाइजेरियाको डानगोट सिमेन्ट कम्पनीले लाइमस्टोन नपाएर फर्कने अवस्थामा पुगेको विषय र (५) होङ्सी सिमेन्टलाई विद्युत् प्राप्त गर्न भएको झन्झट र साइट अफिससम्म जाने बाटो आफंैले बनाउनुपरेको घटनाले लगानीकर्ताहरूलाई लगानी गर्नुभन्दा पहिले एकपटक सोच्नुपर्ने बनाएको देखिन्छ । यस परिस्थितिमा सशक्त सुधारवादी लगानी रणनीति बनाएर अगाडि बढ्नुको विकल्प छैन ।

१५औं योजनाको महत्वाकांक्षी लक्ष्य प्राप्त गर्न आवश्यक पर्ने लगानी गर्न संस्थागत एवं रणनीतिक रूपमा राज्य सक्षम बन्नुपर्ने हुन्छ । पूर्वाधार विकासमा सरकारको साथै निजी तथा सहकारी क्षेत्रको सहभागिता पनि अनिवार्य हुन्छ । पुँजी लगानी गर्नु वा बढाउनु सजिलो कार्य होइन । देशको समग्र विकास र लगानीका लागि सबैभन्दा पहिले लगानी नीति र पूर्वाधार नीति तर्जुमा गर्ने, लगानीका क्षेत्रहरू र प्राथमिकता पहिचान गर्ने, लगानी वातावरण निर्माणमा सहयोग गर्ने, देशको पूर्वाधार विकासको आवश्यकता पहिचान गर्ने, देशको समग्र पूर्वाधार नीति निर्माणमा सहयोग पु¥याउने, देशको सन्तुलित विकास हुनेगरी परियोजना छनोट गर्ने, परियोजना विशेष स्वदेशी तथा विदेशी लगानीकर्ता खोजी र आर्कषित गर्ने, सार्वजनिक निजी साझेदारीमा हुने लगानीलाई प्रोत्साहन गर्ने, लगानी सुरक्षाको प्रत्याभूतिका लागि कानुनी, वित्तीय तथा भौतिक व्यवस्था गर्ने, बैंकबाट ऋण लिन सहयोग गर्ने तथा बैंकहरूमार्फत सुरु लगानी परिचालन गर्ने, लगानीका लागि वित्तीय प्रोत्साहन तथा प्रवद्र्धन गर्न अपुगको लागि न्यून परिपूरक कोष स्थापना गर्ने व्यवस्था गर्नुपर्दछ ।

कोरोनाको कहरपछिको परिस्थितिलाई मूल्यांकन गर्दै आईएमएफ र एडीबीले विश्वको आर्थिक वृद्धिदर अत्यन्त न्यून हुने अनुमान गरेका छन् । आर्थिक वर्ष २०७७÷७८ को वार्षिक बजेटले पनि नेपालको आर्थिक वृद्धिदर वार्षिक २.३ प्रतिशतको हाराहारीमा मात्र हुने अनुमान गरेको छ । विकास तथा व्यापारका लागि संयुक्त राष्ट्रसंघीय सम्मेलन (अनटाड) र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले विदेशी लगानी ४० प्रतिशतभन्दा धेरै प्रतिशतले कम हुने प्रक्षेपण गरेका छन् । अनटाडले त अर्को साल पुनर्लगानी पनि हुन नसक्ने र सन् २०२३ मा त ग्रिनफिल्ड र ब्राउनफिल्ड दुवै प्रकारका लगानी नहुने अनुमान गरेको छ । कोरोनाको आर्थिक क्षेत्रमा परेको प्रभावलाई मध्यनजर राख्दै संयुक्त राष्ट्रसंघ, विश्व बैंक, युरोपियन युनियन, आर्थिक सहयोग तथा विकास संगठन (ओईसीडी), जी–७, जी–२० ले आफ्नो सहयोगलाई निरन्तर कायम राख्न सदस्य देशहरूलाई अनुरोध गरेका छन् र विभिन्न आर्थिक राहतका प्याकेजहरू पनि अगाडि ल्याएका छन् । कोरोनाको संक्रमणलाई व्यापार चक्रका रूपमा विश्लेषण गर्दै मन्दीको अप्ठेरो अवस्थापछि सुध्रिएको अवस्था निश्चित रूपमा आउँछ र लगानी प्रवाहको निःसन्देह पुनरुत्थान हुन्छ भन्ने आशा राख्नुपर्दछ ।

हाम्रो नजर कोरोनाबाट कम प्रभावित वा कोरोनाबाट छिट्टै उत्रेका देशमाथि हुनुपर्दछ

कोरानाले ल्याएको आर्थिक मन्दीमा टिक्न र कोरोनाको समाप्तिपछि लगानी बढाउन सरकार रणनीतिक रूपमा तयार हुनुपर्छ । अहिलेको जस्तो विषम परिस्थितिमा लगानी गर्ने वातावरण बनाउन सरकारले आर्थिक राहत, छुट र प्रोत्साहनका कार्यक्रमहरू ल्याउनुपर्दछ । लगानीलाई उत्पादक, सन्तुलित र बृहत् आकारको बनाउन अबको बाटो भनेको व्यवसाय सुरु गर्ने र सम्पत्तिको हस्तान्तरण गर्ने, कर भुक्तानी गर्ने प्रक्रियालाई लगानीमैत्री बनाउने, एकल बिन्दु सेवालाई एक पाइलामा टुंग्याउने, सम्भाव्य लगानीकर्ताहरूसँग नेटवर्क बढाउने, लगानीमैत्री विशेष आर्थिक क्षेत्र सात प्रदेशमा नै विकास गर्ने, सरकार र सहकारी, सहकारी र निजीक्षेत्रबीच साझेदारीमा लगानी गर्ने वातावरण निर्माण गर्ने र नेपालको पानी जनताको लगानीजस्ता जनताले लगानी गर्ने अवसरहरू सिर्जना गर्नेगरी लगानीका क्षेत्रहरू कार्यान्वयनमा ल्याउनुपर्दछ ।

मन्दी उन्मुख अर्थतन्त्रमा सरकारले प्राकृतिक स्रोतको महत्तम र आवश्यक उपयोग गर्दै आर्थिक गतिविधिहरूलाई जीवन्त राख्नुपर्दछ । सार्वजनिक लगानी लगानी नागरिकको भौतिक र आर्थिक सुरक्षा तथा पूर्वाधार विकास र कृषि उत्पादनमा केन्द्रित हुनुपर्दछ । कृषि उत्पादन बढाउनका लागि विभिन्न खाले आर्थिक राहत प्याकेजहरू अगाडि सार्नुपर्दछ । औषधि र स्वास्थ्य सेवा र स्वास्थ्य सामग्री उत्पादन तथा सूचना सञ्चार प्रविधि उद्योगमा लगानी प्रवाहित हुनुपर्दछ । सरकारले जर्मन सरकारले लुफथान्सा एयरलाइन्सलाई इक्विटी पँुजी लगानी गरेर जोगाएझंै केही समय स्वामित्व आफंैले लिएर भने पनि ठूला उद्योग व्यवसायलाई जोगाउनुपर्ने हुन्छ भने घरेलु तथा साना उद्योगहरूका लागि अलग्गै वित्तीय सुविधा उपलब्ध गराउनुपर्दछ । लोक कल्याणकारी सरकार भएकाले जनताको समस्या समाधानमा केन्द्रित भई रोजगारी गुमाउने नागरिकहरूलाई स्वरोजगारमा लाग्न आर्थिक सुविधाका प्याकेज तथा ऋण सुविधा पनि बढाएर लैजानुपर्दछ ।

विकास तथा व्यापारका लागि संयुक्त राष्ट्रसंघीय सम्मेलन (अनटाड)ले कोरोनाको प्रभावलाई आशाप्रद अवस्था, मध्यम अवस्था र खराब अवस्था भनेर वर्गीकरण गरेको छ । पहिलो अवस्थामा कोरोनाविरुद्ध भ्याक्सिन पत्ता लाग्यो भने सबै परिस्थ्तिि सामान्य बन्छ भनेको छ । दोस्रो अवस्था भनेको भ्याक्सिन पत्ता लाग्नेक्रममा रहेको र नागरिकले कोरोनासँगै बाँच्दै काम गर्न सिकेको र थालेको अवस्था हो । तेस्रो अवस्था भनेको खराब अवस्था जहाँ लकडाउन, सिल र लकडाउनको अवस्था रहिरहन्छ । अहिले विश्व दोस्रो अवस्था उन्मुख छ । यस अवस्थामा लगानी कुर्ने बेला हो । हाम्रो नजर कोरोनाबाट कम प्रभावित मुलुक वा कोरोनाबाट छिट्टै उत्रेका मुलुकमाथि हुनुपर्दछ । कोरोनाको कहरपछि आर्थिक विकास गर्नका लागि बदलिएका आर्थिक विकासका प्राथमिकता निर्धारण गरी ती देशबाट विदेशी लगानी लगानीकर्ताहरूलाई आमन्त्रण गर्न सरकार तम्तयार भएर बस्नुपर्दछ ।

(Visited 77 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

सम्झनाका हत्या अभियुक्त सार्वजनिकः प्रमाण बोले पनि आरोपित बोलेनन्

बझाङ । बझाङ प्रहरीले सम्झना कामीका हत्या आरोपीलाई सार्वजनिक गरेको छ । सम्झनाकोे हत्या आरोपमा प्रहरीले २० वर्षीय राजेन्द्र बोहरालाई आज सार्वजनिक गरेको हो...

हिमालय एयरलाइन्सलाई भूमिस्थ सेवा दिने निर्णय खारेज गर्न निगमको माग

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई आफै भूमिस्थ सेवा ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने सम्बन्धमा भएको निर्णय...

बझाङ घटनालाई गम्भीर रुपमा लिएको छु : सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई आफूले गम्भीर रुपमा लिएको बताएका छन् । सिंहदरबारस्थित कार्यकक्षमा बझाङ बलात्कार...

थप १५१३ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार ५१३ जनामा कोरोना भाइरस (कोभिड–१९) सङक्रमण पुष्टि भएको छ । यसैगरी आज कोरोना निको भई ७३१...

भर्खरै

सम्झनाका हत्या अभियुक्त सार्वजनिकः प्रमाण बोले पनि आरोपित बोलेनन्

बझाङ । बझाङ प्रहरीले सम्झना कामीका हत्या आरोपीलाई सार्वजनिक गरेको छ । सम्झनाकोे हत्या आरोपमा प्रहरीले २० वर्षीय राजेन्द्र बोहरालाई आज सार्वजनिक गरेको हो...

तातोपानी नाका असोज १९ देखि खुल्ने

सिन्धुपाल्चोक । पहिरोका कारण सडक सम्पर्क टुटेको तातोपानी नाका यही असोज १९ गतेदेखि खुल्ने भएको छ । नेपाल र चीनका अधिकारीबीच आज मितेरी पुलमा...

हिमालय एयरलाइन्सलाई भूमिस्थ सेवा दिने निर्णय खारेज गर्न निगमको माग

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई आफै भूमिस्थ सेवा ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने सम्बन्धमा भएको निर्णय...

प्रदेश १ मा १६६ जना डिस्चार्ज, १२२ संक्रमित थपिए

मोरङ । प्रदेश १ मा मंगलबार १ सय ६६ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । १ सय २२ कोरोना संक्रमित थपिएका छन्...

धेरै पढिएका

तुलसीपुर बजारका ८ व्यापारी बिहानै पक्राउ

तुलसीपुर । लकडाउन उल्लंघन गरेको भन्दै तुलसीपुर बजारबाट ७ जना व्यापारीसहित ८ जना पक्राउ परेका छन् । अत्यावश्यकबाहेकका पसल खोलेको आरोपमा उनिहरुलाई पक्राउ गरिएको...

बाढीपहिरोको कहालीलाग्दो शृंखला

काठमाडौं । यस वर्षको मनसुन अवधिमा हालसम्म मुलुकभर बाढीपहिरोका कारण २ सय ८५ जनाले ज्यान गुमाएका छन् । बाढीपहिरोका ५ सय ७ घटनाको मुख्य...

काठमाडौँ उपत्यकामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा मात्रै ४८ जना संक्रमित...

रोग प्रतिरोधात्मक क्षमता बढाउन के गर्ने ?

कोरोना भाइरस संक्रमण दैनिक बढ्दै गएको छ । प्रतिरक्षा प्रणाली सुधार गर्न कुनै जादुको गोली छैन । मात्र तपाईंको स्वस्थ जीवनशैली नै उत्तम रक्षा...

ई-पेपर

(Visited 63 times, 1 visits today)