Thursday, April 22, 2021
Home Not-to-be-missed नेपाल स्टारको डिजिटल राउण्डको अन्तिम एपिसोड प्रसारणको तयारीमा

नेपाल स्टारको डिजिटल राउण्डको अन्तिम एपिसोड प्रसारणको तयारीमा

,

काठमाडौं । नेपाली मौलिक सांगितिक रियालिटी शो वाइवाइ नेपाल स्टारको डिजिटल माध्यमबाट तयार पारिएको दोस्रो राउण्ड सम्पन्न हुने तयारीमा छ । तीन एपिसोड प्रसारण भइसकेका छन् । देशका सातै प्रदेशमा सम्पन्न अडिशनबाट छानिएका १२० प्रतिस्पर्धीमध्ये ११७ जनाले दोस्रो षडज् राउण्डमा आफ्नो सहभागिता जनाएका थिए । विभिन्न प्राविधिक कारणले बाँकी तीन जनाले भने यो राउण्डमा आफु सहभागी हुन नपाएको बताएका छन् ।

प्रसारित तीन एपिसोडबाट ३४ जना तेस्रो राउण्डको लागि छानिएका छन् भने अब डिजिटल राउण्डको चौथो तथा अन्तिम एपिसोड प्रसारण हुन बाँकी छ । तेस्रो राउण्डको प्रतिस्पर्धामा उत्रिनका लागि आवश्यक ४८ प्रतिस्पर्धीमध्ये १४ जनाको नाम सार्वजनिक हुन समेत बाँकी छ । हामीले त्यो थाहा पाउनका लागि भने हेर्नै पर्ने हुन्छ । यही शनिबार राती प्रसारण हुने वाइवाइ नेपाल स्टारको नयाँ एपिसोड ।

अडिशनका सबै एपिसोडको प्रसारण सकिएपछि दोस्रो राउण्डको सुरुवात गर्नु अगावै तयारी गर्दै यो रियालिटी शो प्रसारणमा आएसँगै विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण काठमाडौं अडिशनदेखिको प्रसारण मिति समेत सार्दै जेठ ३१ गतेदेखि फेरि थालिएको थियो ।

पहिले तय गरिएको फम्र्याटबाट अलि बाहिर निस्केर सामाजिक दूरी कायम गर्दै प्रविधिमैत्री हुँदै यो राउण्डलाई सुरु गरियो । जहाँ अडिशनबाट छानिएका हरेक प्रतिस्पर्धीले आफ्नो स्वर सुहाउँदो गीत चयन गरेर यथास्थानबाटै खिचेर पठाएको भिडियोलाई मञ्चमा बजाउँदै तीनजना निर्णायकहरुलाई मात्र मञ्चमा राखेर गीत सुन्दै मार्किङ गर्ने व्यवस्था मिलाएको आयोजक संस्थाले जनाएको छ । प्रतिस्पर्धीले गाएको गीतमा सङ्गीत पनि सुन्न सकिने यो राउन्डदेखिका सबै एपिसोडहरुमा सङ्गीत बजाउँदै साथ दिने साङ्गीतिक समुहमध्येकै दुई बाजा गितार र पियानो बजाएको पनि देख्न सकिन्छ ।

अहिलेको समय र परिस्थितिलाई मध्यनजर गर्दै प्रतिस्पर्धी, निर्णायक तथा पर्दापछाडि काम गर्ने कार्यक्रम उत्पादक टीमको स्वास्थ्यको समेत ख्याल गर्दै अब यही गतिमा हरेक हप्ता नयाँ एपिसोड प्रस्तुत गर्ने तयारीमा यो कार्यक्रमको निर्माण टोली रहेको बताउँछन वाइवाइ नेपाल स्टारका निर्देशक रवि श्रेष्ठ । कार्यक्रमका निर्णायक छन् रामकृष्ण ढकाल, अञ्जु पन्त र आलोकश्री । नेपाल टेलिभिजनको प्रस्तुतिमा की इन्टरटेन्मेन्टको निर्माण रहेको यो कार्यक्रमको प्रसारण नेपाल टेलिभिजनमा हेर्न सकिनेछ भने नेपाल टेलिभिजनकै युट्युब र मोबाइल एपबाट पनि हेर्न सकिन्छ ।

(Visited 134 times, 1 visits today)
Loading comments...

आजको समाचार

मेरियट होटलमा ओली–नेपाल पुनः छलफल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच मेरियट होटलमा भेटवार्ता सुरु भएको छ । बुधबार साँझ दुई नेताबीच मेरियट होटलमा...

चेन्नइ शीर्ष स्थानमा

नयाँदिल्ली । इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट अन्तर्गत चेन्नइ सुपर किङ्स विजयी भएको छ । बुधबार राति भएको खेलमा चेन्नइले कोलकाता नाइट राइडर्सलाई...

त्रिचालिस किलो गाँजासहित चारजना पक्राउ

सिन्धुली । जिल्लाका पश्चिमी भेगमा रहेको बाग्मति खोला नजिकबाट प्रहरीले ४३ किलो गाँजा सहित ४ जनालाई पक्राउ गरेको छ । हरिहरपूरगढी गाउँपालिका १ बागमती...

नेपाल र नेदरल्यान्ड्स फाइनलमा

काठमाडौं । मलेसिया र नेदरल्यान्ड्सले बराबरी खेलसँगै घरेलु टोली नेपाल त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा प्रवेश गरेको छ । वर्षाले प्रभावित खेलमा मलेसियालाई जितका...

पाकिस्तानको सेरेना होटलमा बम विस्फोट, चार जनाकाे मृत्यु

एजेन्सी । पाकिस्तानी क्वेटा शहरस्थिति एउटा होटलमा बुधबार राती भएको बम विस्फोट परी कम्तीमा चारजना मारिएका छन् भने अन्य एक दर्जन घाइते भएका देशका...

साताका लोकप्रिय समाचार

कम प्राथमिकता: उच्च जोखिम

यो आलेख तयार पार्दासम्म विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार कोरोना भाइरसको संक्रमणबाट विश्वका २ सय १९ देशका १४ करोडभन्दा बढी मानिस प्रभावित भएका छन् ।...

नमूना नै नलिई बन्छ पिसिआरको नेगेटिभ रिपोर्ट

काठमाडाैं ।  मानिसको स्वाब सङ्कलन नै नगरी कोभिड–१९ परीक्षणको पिसिआर नेगेटिभ रिपोर्ट बनाउने कार्यमा एउटा गिरोह सक्रिय रहेको पाइएको छ । काठमाडौँको सिनामङ्गलमा रहेको...

दश वर्षमा पनि बनेन पुल

पाँचथर । पाँचथर र तेह्रथुम जिल्लालाई जोड्ने, तमोर नदीको लुमुघाटमा मोटरेवल पुल निर्माणको काम सुरु भएको एक दशक बित्यो । तर, हालसम्ममा कामको प्रगति...

प्रतिजैविक सहनशील जीवाणुको बिगबिगी

पृष्ठभूमि जीवाणु ढुसी तथा एकटोमाइसेट तथा सूक्ष्म जीवाणुबाट उत्पादित तत्वलाई एन्टिबायोटिक प्रतिजैविक भनिन्छ । जसले जीवाणु तथा ढुसीजन्य मानिस तथा पशुपक्षीका रोगका कारक तत्वलाई मार्ने...

यातायात मन्त्री नेम्वाङले भने ‘ढुक्क हुनुहाेस् वैशाखभित्रै रेल चल्छ’

महाेत्तरी । जयनगर–बर्दिवास रेल्वेको प्रथम खण्डमा यही वैशाख महिनाभित्रै रेल सञ्चालन हुने भएको छ । जयनगर–बर्दिवास रेल्वेको भारतको जयनगरबाट धनुषाको कुर्थासम्मको पहिलो खण्डमा वैशाख...

ट्रेन्डिङ

कोरोना संक्रमण र देशको भावी कार्यदिशा

कोभिड–१९ ले विश्व अर्थतन्त्र र सबै प्रकारका गतिविधिलाई ठप्प पारेको छ । मानिससँग मानिस डराउने वर्तमान परिस्थितिमा आम मानिसहरू हात बाँधेर घरभित्र बसिरहेका छन्...

‘अंग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट राख्ने फैसला आपत्तिजनक’

काठमाडौं । सर्वाेच्च अदालतले नेपालका सवारीसाधनहरूमा देवनागरी लिपिमा प्रयुक्त नेपाली भाषाको नम्बर प्लेट हटाएर नेपाली भाषाको पहिचान र अस्तित्वमाथि नै आक्रमण गरी अङ्ग्रेजी भाषामा...

ज्येष्ठ नागरिक भत्ता र सुविधाको पुनरावलोकन

विश्वव्यापी रूपमा ज्येष्ठ नागरिकलाई राज्यले सामाजिक सुरक्षाअन्तर्गत मासिक नगद भत्ता दिने प्रचलन छ । यस्तो भत्ता तत् देशको ज्येष्ठ नागरिकप्रति राखिने दृष्टिकोण र देशको...

नेकपाका सांसदलाई प्रधानमन्त्रीको पत्र

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारदेखि सुरु भएको संसद्को छैटौं अधिवेशन सफल पार्न आफ्ना सबै सांसदलाई पत्रमार्फत...

कांग्रेस बैठक : १४औं महाधिवेशन ७–१० फागुनमा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको १४औं केन्द्रीय महाधिवेशन ७ देखि १० फागुनसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ । यसअघिको गत १६...

बैंकिङ घोटालामा १३६ विरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामो समयदेखि अनुसन्धानमा रहेको एक बैंकिङ घोटालासम्बन्धी विषयमा छानबिन गरी एकैपटक १३६ विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको...

दल मिल्यो, अब मन मिलोस् !

अमुक गाउँमा एक जना बुढाका दुई वटी श्रीमती थिए । परिवार संयुक्त थियो । कान्छीले जेठीको भन्दा चुलो, चौको, लिपलाप बढी नै गर्नुपथ्र्यो ।...

पाँच अभिनेत्रीलाई काजलको फेसन सिफारिस

काठमाडौं । फेसन डिजाइनर काजल शर्मा विगत एक दशकदेखि यो पेसामा छिन् । काठमाडौंको कुपण्डोलमा ‘काजल क्रिएसन’ फेसन स्टुडियो सञ्चालन गर्दै आएकी शर्माले थुप्रै...

फिफाको ‘दि बेस्ट’ अवार्ड यो वर्ष नहुने

जुरिच । विश्व फुटबलको निकाय (फिफा)ले हरेक वर्ष आयोजना हँदै आएको ‘दि बेस्ट’ अवार्ड यो वर्ष नहुने घोषणा गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को...

लकडाउन खुकुलो र खुला गर्न बन्यो कार्ययोजना

काठमाडौं । लकडाउन (बन्दाबन्दी)लाई खुकुलो र खुला गर्ने उद्देश्यसहित सरकारले कोभिड–१९ बहिर्गमन रणनीति तयार पारेको छ । कोभिड–१९ को सम्भावित महामारी कम गर्न ४०...

पत्रकार कार्की र पन्तलाई एक लाख रुपैंयाको खोजी पत्रकारिता पुरस्कार

काठमाडौं । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा)द्वारा स्थापना गरिएको खोजी पत्रकारिता पुरस्कार (२०२०) नागरिक दैनिकका सम्वाददाता टपेन्द्र कार्की र लोकान्तर डटकमका समाचार सम्पादक सुशिल...

पोखरामा उपचाररत स्याङ्जाका कोरोना संक्रमितको मृत्यु

कास्की । पोखरामा उपचारको क्रममा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यही भदौ २४ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)