Tuesday, September 29, 2020
Home भर्खरै नेकपा विवादः पार्टी बैठकदेखि शीर्ष नेताबीचको छलफल अनिश्चित

नेकपा विवादः पार्टी बैठकदेखि शीर्ष नेताबीचको छलफल अनिश्चित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेका बेला पार्टी बैठकका साथै शिर्ष नेताहरू बीचको छलफल अनिश्चित बनेको छ ।

गत १० असारदेखि जारी स्थायी कमिटी बैठक १३ साउनयता अनिश्चित बनेको छ । गत आईतबार देखी तीन दिनसम्म गम्भिर छलफल गरेका नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल बीचको छलफल पनि अनिश्चित बनेको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहका सूर्य थापाका अनुसार बुधबार हुने भनिएको अध्यक्षद्वय ओली र दाहालबीचको छलफल हिजो बिहीबार बस्ने भनियो । तर बिहीबारसमेत उनीहरूका बीचमा छलफल हुन सकेन र छलफलको अर्को मिति समेत तोकिएको छैन् ।

दाहाल सचिवालयले वालुटारबाट छलफलका लागि खबर नआएकाले भेटघाट नभएको जनाएको छ । तर बालुवाटार स्रोतले बुधबार पार्टीका शिर्ष नेताहरूले पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री ओलीका विरुद्धमा मोर्चाबन्दी गर्न आह्वान गरेकाले विहिबारको छलफलको वातावरण विग्रेको दावी गरेको छ ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओलीको राजिनामा मागसंगै पेचिलो बन्दै गएको नेकपा भित्रको विवाद समाधान गर्न विगतमा निरन्तर छलफल भए पनि निकास निष्कन सकेको छैन् । शिर्ष नेताहरू आ–आफ्नै अडानमा अडिग भएकाले पार्टी नै फुटको संघारमा पुगेको भन्दै नेताहरूले चिन्ता व्यक्त गरिरहेका छन् ।

यसैबीच नेकपा अध्यक्ष दाहाल र संसदीय दलका उपनेता एवं स्थायी कमिटी सदस्य सुवास नेम्वाङ बीच खुमटारमा बिहिबार छलफल भएको छ । ओली र दाहालका बीचमा केही समययता भइरहेको छलफलमा ओलीको तर्फबाट सहभागि हुदै आएका नेम्वाङले दाहाललाई भेटेर छलफललाई निरन्तरता दिन आग्रह गरेका छन् ।

स्रोतका अनुसार पार्टी भित्रको विवाद समाधानका लागि छलफल जारी रहेकै बेला बुधबार पत्रकार सम्मेलन गरेर असन्तुष्टि सार्वजनिक गर्नुले राम्रो सन्देश प्रवाह नभएको भन्दै नेम्वाङले ओलीको सन्देश दाहाललाई सुनाए ।
‘पार्टीभित्र विवाद बढदै गइरहेको छ । त्यसलाई समाधान गर्नका लागि अध्यक्षका नाताले तपाईको पनि जिम्मेवारी हो । तर तपाईहरूले पत्रकार सम्मेलन नै गरेर पार्टीको विवाद छताछुल्ल गर्नुले वार्ता भाँडन र पार्टी एकता नै भत्काउन सहयोग पुग्ने हो । यसले राम्रो गर्दै’ नेम्वाङले भने ।

दाहालले नेम्वाङलाई पार्टीभित्रको विवाद समाधानका लागि पहल गर्न सुझाव दिए । खुमलटार स्रोतका अनुसार विवाद समाधानका लागि भूमिका खेल्न तथा पार्टी बिरोधी गतिविधि रोक्नका लागि ओलीसमक्ष पहल गर्न दाहालले नेम्वाङलाई भनेका छन् ।

‘तपाईले विवाद मिलाउँन सक्नुहुन्छ । केपी कमरेडलाई सम्झाउँनुस् । अहिले पार्टी विरोधी गतिविधि रोक्न र विवाद मिलाउँन तपाई नै पहल गर्नुस््’ नेम्वाङलाई दाहालले खुमलटारमा भने ।

स्थायी कमिटीमा उठेका बिषयमा गम्भिर हुन र स्थगित बैठकलाई अगाडी बढानुपर्ने अहिलेको आवश्यकता रहेको बताउँदै दाहालले छलफल, सम्बादबाटै समस्या समाधान हुने भएकाले पहल गर्न आग्रह गरेका छन् ।

(Visited 83 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

सम्झनाका हत्या अभियुक्त सार्वजनिकः प्रमाण बोले पनि आरोपित बोलेनन्

बझाङ । बझाङ प्रहरीले सम्झना कामीका हत्या आरोपीलाई सार्वजनिक गरेको छ । सम्झनाकोे हत्या आरोपमा प्रहरीले २० वर्षीय राजेन्द्र बोहरालाई आज सार्वजनिक गरेको हो...

हिमालय एयरलाइन्सलाई भूमिस्थ सेवा दिने निर्णय खारेज गर्न निगमको माग

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई आफै भूमिस्थ सेवा ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने सम्बन्धमा भएको निर्णय...

बझाङ घटनालाई गम्भीर रुपमा लिएको छु : सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई आफूले गम्भीर रुपमा लिएको बताएका छन् । सिंहदरबारस्थित कार्यकक्षमा बझाङ बलात्कार...

थप १५१३ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार ५१३ जनामा कोरोना भाइरस (कोभिड–१९) सङक्रमण पुष्टि भएको छ । यसैगरी आज कोरोना निको भई ७३१...

भर्खरै

सम्झनाका हत्या अभियुक्त सार्वजनिकः प्रमाण बोले पनि आरोपित बोलेनन्

बझाङ । बझाङ प्रहरीले सम्झना कामीका हत्या आरोपीलाई सार्वजनिक गरेको छ । सम्झनाकोे हत्या आरोपमा प्रहरीले २० वर्षीय राजेन्द्र बोहरालाई आज सार्वजनिक गरेको हो...

तातोपानी नाका असोज १९ देखि खुल्ने

सिन्धुपाल्चोक । पहिरोका कारण सडक सम्पर्क टुटेको तातोपानी नाका यही असोज १९ गतेदेखि खुल्ने भएको छ । नेपाल र चीनका अधिकारीबीच आज मितेरी पुलमा...

हिमालय एयरलाइन्सलाई भूमिस्थ सेवा दिने निर्णय खारेज गर्न निगमको माग

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई आफै भूमिस्थ सेवा ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने सम्बन्धमा भएको निर्णय...

प्रदेश १ मा १६६ जना डिस्चार्ज, १२२ संक्रमित थपिए

मोरङ । प्रदेश १ मा मंगलबार १ सय ६६ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । १ सय २२ कोरोना संक्रमित थपिएका छन्...

धेरै पढिएका

प्रदेश २ मा पछिल्लो २४ घण्टामा ७१ जनामा कोरोना संक्रमण

जनकपुरधाम । प्रदेश नं.२ मा पछिल्लो २४ घण्टामा ७१ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । पर्सामा ५० जना, धनुषामा १४ जना, महोत्तरीमा...

बलात्कारपछि मारिएकी बालिकाले १० दिन अघी हजुरबालाई कानको मुन्द्रा निकालिदिनु भनेकी थिइन्

बझाङ । गएको बुधबार मष्टा २ कि १२ बर्षिया बालिका सम्झना कामी मन्दिरमा शब भेटियो । शबको प्रकृति हेर्दा बालात्कारपछि हत्या भएको संकेत देखिन्थ्यो...

सक्रिय संक्रमित ५,८२५ मात्रै

काठमाडौं । नेपालमा कोरोना भाइरस सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय २५ जनामा झरेको छ । यो कुल संक्रमितको संख्यामध्ये ३३ दशमलव २८...

बर्दियामा कोरोना संक्रमणबाट क्याम्पस प्रमुखको मृत्यु

बर्दिया । कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । गुलरिया नगरपालिका ५ का ५२ वर्षीय बिनोदकुमार अग्रवालको शनिबार दिउँसो निधन भएको स्वास्थ्य...

ई-पेपर

(Visited 63 times, 1 visits today)