सातामा पाँच अर्बको मात्रै कारोबार

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक र कारोबार रकम दुवै घटेको छ । समग्र सेयर बजारले दबाबको सामना गरिरहँदा गत साता ८ अर्ब बढीको कारोबार भएको बजारमा यस साता ५ अर्बमा झरेको छ । कोरोना त्रासका कारण पनि सेयर बजारले अपेक्षित गति लिन सकेको छैन ।

साताभर १ सय ९५ कम्पनीको ५ अर्ब २८ करोड ६४ लाख ५५ हजार ५ सय ३६ रुपैयाँबराबरका १ करोड ५७ लाख ९३ हजार ९ सय ७० कित्ता सेयर खरिदबिक्री भएका छन् । गत साता १ सय ९८ कम्पनीको कारोबार भएको बजारमा ८ अर्ब २ करोड २३ लाख ४० हजार ७ सय ४५ रुपैयाँ बराबरका १ करोड ९७ लाख ७५ हजार ३५ कित्ता सेयर खरिदबिक्री भएका छन् ।

नेप्सेको अनलाइन प्रणालीमा आएको समस्याका कारण यो साताको कारोबार र परिसूचक दुवैमा नकारात्मक असर परेको छ । बुधबार नेप्सेको अनलाइन प्रणालीमा देखिएको समस्या नियमित समयभन्दा ४५ मिनटपछि कारोबार सुरु भएको थियो । त्यसमा पनि नेप्सेको वेवसाइट र टिएमएसमा फरक इन्डेक्स देखिएका कारण लगानीकर्ता दबाबमा परेका थिए ।

यसप्रति आपत्ति जनाउँदै बिहीबार लगानीकर्ता संघले विज्ञप्तिसमेत जारी गरेको छ । दैनिक कारोबार सञ्चालन गर्ने जिम्मेवारी पाएको नेप्सेबाट बारम्बार आइरहेका यस्ता समस्यामा दीर्घकालीन समाधानको बाटो खोज्नसमेत संघले नियामक निकाय नेपाल धितोपत्र बोर्डसमक्ष माग गरेको हो ।

सामान्यतयाः साउन–भदौका महिनालाई सेयर बजारले गति लिने महिनाका रूपमा हेरिन्छ । अब कम्पनीकोे वार्षिक वित्तीय विवरण सार्वजनिकसहित लाभांश घोषणा गर्ने क्रम सुरु हुन्छ । सोही कारण विगत वर्षमा पनि सामान्यतयाः यो मौसममा सेयर बजारले गति लिने गरेको थियो । तर अहिले पनि बजार विस्तारै माथि जाने तरखर गरिरहेका बेला फेरि कोरोना संक्रमण वृद्धि हुँदा सर्वसाधारण लगानीकर्ताको मनोविज्ञान केही कमजोर भएको देखिएको लगानीकर्ता बताउँछन् ।

सातामा चार दिन कारोबार भएको बजारमा एक दिन मात्रै नेप्सेसूचक बढेको छ बाँकी ३ दिन भने घटेको छ । पहिलो दिन आइतबार ४२ दशमलव ७८ अंकले घटेर १ हजार ३ सय ९६ को बिन्दुमा पुगेको थियो । साताको दोस्रो दिन सोमबार भने बजार ७ दशमलव ५९ अंकले सूचक बढेको थियो । बुधबार १७ अंकले घटेको बजार साताको अन्तिम दिन बिहीबार १ दशमलव २९ अंकले घटेर १ हजार ३८१ दशमलव ३८ को बिन्दुमा आइपुगेको छ ।

यस साता होटेलबाहेक सबै उपसमूह घटेका छन् । साताको पहिलो दिनको तुलनामा सबै भन्दा बढी निर्जीवन बिमा समूह घटेको छ । जीवन बिमा समूह ५३ दशमलव १० अंकले घटेको हो । त्यस्तै, निर्जीवन बिमा ३८ दशमलव ०७ अंकले, उत्पादन तथा प्रशोधन २३ दशमलव ७३ अंकले, लघुवित्त २५ दशमलव ४९ अंकले घटेका छन् ।

व्यापार १ दशमलव ७७ अंकले, विकास बैंक १४ दशमलव ०२ अंकले, बैंकिङ समूह १७ अंकले, जलविद्युत् १० दशमलव ६६ अंकले, वित्त ३ दशमलव ३२ अंकले, अन्य समूह ३ दशमलव ३९ अंकले र म्युचुअल फन्ड शून्य दशमलव १३ अंकले घटेको छ । होटेल समूह मात्रै ५ दशमलव ८३ अंकले बढेको छ ।

यस साता सातवटा कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको छ । समिट लद्युवित्त वित्तीय संस्थाको ४ लाख ४३ हजार बोनस सेयर, साधना लद्युवित्त वित्तीय संस्थाको २१ लाख ७७ हजार ८ सय कित्ता प्राथमिक सेयर, सोल्टी होटेलको १ करोड ९ लाख ९० हजार ४ सय ३६ कित्ता बोनस सेयर, एक्सल डेभलोपमेन्ट बैंकको ११ लाख ८४ हजार ४ सय ७२ दशमलव ५० कित्ता सेयर, कुमारी बैंकको २ करोड ९६ लाख ५९ हजार १९० दशमलव २८ कित्ता सेयर, ग्लोबल आईएमई लद्युवित्त वित्तीय संस्थाको ३ लाख ८६ हजार ६०१ दशमलव २५ कित्ता सेयर र प्रभु इन्स्योरेन्सको ५ लाख ११ हजार ९ सय ८९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएका छन् ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक गत साताको तुलनामा ६ दशमलव ५८ अंकले बढेर २ सय ८९ दशमलव ५५ अंकमा आइपुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 144 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौंमा बालेन शाहको अग्रता कायमै