गलत समुहको रगत दिएपछि मृत्यु भयो सुत्केरी महिलाको

जनकपुरधाम । रगतको समुह हेरफेर गरी चढाएपछि जनकपुरधाममा एक सुत्केरी महिलाको मृत्यु भएको छ । नेपाल रेडक्रस सोसाईटी जनकपुरधाम शाखाको रक्त सञ्चार केन्द्रले नमुना परीक्षण नै नगरी दिएको रगत रामजानकी अस्पतालले बिरामीलाई दिँदा महोत्तरी गौशाला नगरपालिका वडा नम्बर ११ भरतपुर बस्ने २२ वर्षीया गंगादेवी महतोको मृत्यु भएको हो ।
महिलालाई ‘ओ’ पोजेटिभ रगत दिनपुर्नेमा ‘बी’ पोजेटिभ समुहको रगत दिइएकाले शुक्रबार विहान गंगा देवीको मृत्यु भएको हो । सुत्कोरी महिलालाई व्यथा लागेपछि बिहीबार साँझ अस्पतालमा भर्ना गरिएको थियो । अप्रेशनमार्फत गंगा देवीले छोरी जन्माइन् । पछि शरीरमा रगत अभाव भएको र थप अपरेसन गर्नुपर्ने आवश्यकता देखिएपछि चिकित्सकले रगतको माग गरेका थिए ।

केन्द्रले सुरुमा बी पोजेटिभ समूहको रगत पठाएको थियो । उक्त रगत गंगादेवीलाई दिने बित्तिकै बिरामीले असहज महसुस् गरेकी थिइन् । चिकित्सकले तत्कालै रगत बन्द गरेर पुन परीक्षण गरि ‘ओ’ पोजेटिभको रगत ल्याउन भन्दै पुनः रक्त सञ्चार केन्द्र पठायो रगत नआइपुग्दै बिरामीको मृत्यु भएको मृतकका श्रीमा राजकिशोर महतोले बताए ।

महिलालाई ‘ओ’ पोजेटिभ रगत दिनपुर्नेमा ‘बी’ पोजेटिभ समुहको रगत दिइएकाले शुक्रबार विहान गंगा देवीको मृत्यु भएको हो

अस्पतालले भने अनुसार नै नमुना रगत ल्याएको तर अस्पतालको लापर्वाहीले गलत समुहको रगत परेकाले बिरामीको मृत्यु भएको भन्दै मृतकका परिवारले अस्पतालले क्षतिपुर्ति दिनुपर्ने माग गरेका छन् ।

२२ वर्षीया गंगादेवी महतोको सुत्केरी हुने समय नजिकिएपछि श्रीमान राजकिशोरले उनलाई लिएर महोत्तरीको बर्दिवासस्थित स्वस्तिक अस्पतालमा चेकजाँच गराउनका लागि पुगेका थिए । सो अस्पतालमा अल्ट्रासाउण्ड गराउँदा चिकित्सकहरुले बच्चाको तौल साढे ३ किलो रहेको र आमाको स्वास्थ्य अवस्था कमजोर रहेकाले अपरेशन नै गर्नु पर्ने सुझाएका थिए । चिकित्सकको सल्लाहअनुसार नै आफूहरु जनकपुरधामस्थित रामजानकी हस्पिटल लगेको मृतकका देवर रामहरि महतोले बताए ।

बिहीबार अपरान्ह ४ बजे अस्पताल भर्ना गरिएको उनको भनाई छ । गाइनोकलोजिष्ट चिकित्सक शैलेन्द्र साहले अपरेशनमार्फत सुत्केरी गराउन सल्लाह दिएपछि सोही अनुरुप अपरेशनको प्रकृया अगाडी बढाइएको रामहरिले बताए ।

यसअघि नै गंगा देवीलाई रगतको खाँचो पर्ने भन्दै एक पिन्ट रगतको पोका व्यवस्था गर्न भनेका थिए । रगतको व्यवस्था गर्न श्रीमान राजकिशोर र देवर रामहरि रक्त सञ्चार केन्द तर्फ गएका थिए । चिकित्सकहरुले गंगा देवीको रगतको नमुना सहित रगत ल्याउन भनेका थिए । रेडक्रस सोसाइटीले गंगाको रगत समुह बी पोजिटिभ रहेको र श्रीमान राजकिशोरको पनि रगत समुह सोही रहेकाले उनले श्रीमतीका लागि एक पोका रगत दिए ।

रक्त सञ्चार केन्दले दिएको रगत चिकित्सकहरुले चढाएपछि बिरामी भएकाले तत्काल रगत दिन बन्द गरेको रामजानकी अस्पताल प्रशासन शाखाका प्रमुख विकासचन्द्र गुप्ताले जानकारी दिए । पछि अस्पतालकै ल्याबमा सुत्केरी महिलाको रगतको परिक्षण गर्दा ‘ओ’ पोजेटिभ ठहरिएको थियो । ‘यो हाम्रो लापरवाही होइन रेडक्रस सोसाइटीको लापरवाही हो ।’ गुप्ताले भने ।

गंगादेवीको मृत्यु भएपछि परिवारजन आक्रोशित छन् । मृतकका ससुरा अजवलाल महतोले भने– ‘दोषीलाई कारबाही नभएसम्म हामी चुप्प लागेर बस्दैनौँ ।’

नेपाल रेडक्रस सोसाइटी धनुषाका सभापति नरेश सिंहले यस विषयमा अनुसन्धान भइरहेको र कहाँ गल्ती भएको हो भन्ने विषयमा बुझिरहेको प्रतिक्रिया दिए । जनकपुरधामको प्याथोलोजी रिपोर्टमाथि पटक–पटक प्रश्न चिन्ह खडा हुँदै आइरहेको छ । जनकपुरधामकै रामजानकी डाइग्नोष्टिक सेन्टरमा ३ महिना अघि रगत समुहको परिक्षण जाँच गराउँदा बी पोजिटिभ रगत समुह रहेको रिपोर्टमा भनिएको छ । तर अहिले आएर सोही महिलाको रगत समुह जाँच गर्दा ओ पोजेटिभ रहेको पाइएको छ । यस विषयमा रामजानकी डाइग्नोष्टिक सेन्टरका मुकेश सिंहसँग कुरा गर्दा उनले रेडक्रसकै गल्ती रहेको जिकिर गरे । उनले आफ्नो ल्याबको रिपोर्ट सही रहेको ठोकुवा गरे ।

‘हामीले घटना’bout बुझेलगत्तै दुई जना चिकित्सकलाई पक्राउ गर्न लगाएका छौं’ धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भने, ‘दुबैलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।’ यस’bout छानबिन हुने बताउँदै प्रजिअ भट्टराईले दोषीलाई कारवाही हुने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 194 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

माघे सक्रान्तिमा रुरु धाममा भक्तजनको भीड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
याङवरक–३ मा नेकपा एमालेका उम्मेदवार २ मतको अन्तरले बिजयी