कोरोना संक्रमितका दुःख : अस्पताल जाउँ ठाउँ छैन, घरमै बसौं गाउँलेले हेप्छन्

इटहरी । प्रशासनले बेवास्ता गरेकाले इटहरीका कोरोना संक्रमित घरमै बसेका छन् । मंगलबार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि उनी अहिले घरमै छन् । बिहीबार उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।

इटहरी ५ का २७ बर्षीय पुरुष ज्वरो आएपछि जनकपुरबाट धरान आएका थिए । ‘अहिले लगातार खोकी लागेको छ, श्वासप्रश्वासमा पनि समस्या आएको छ,’ उनले टेलिफोन सम्पर्कमा राजधानीसँग भने, ‘श्वासप्रश्वासमा समस्या आएपछि मैले पटक–पटक धरानस्थित वीपी प्रतिष्ठानमा जानकारी गराउँदा पनि वास्ता नै गरेको छैन ।’

उनले शुक्रबार विहानै दुईपटक फोन गरेपछि आफूहरुले बेडको व्यवस्था मिलाएर सम्पर्क गर्ने बताए पनि अहिले फोन गर्दा फोन नउठाउने गरेको बताए । उनले भने, ‘मैले लगातार धरानस्थित वीपी प्रतिष्ठानमा सम्पर्क गर्दापनि फोन उठेको छैन, हेलचेक्र्याईँ भयो ।’

उनले अहिले आफ्नो शरीर गलेको अनुभूत भएको र श्वासप्रश्वासमा समस्या भएको भएपनि स्थानीय जनप्रतिनिधिहरुले वास्ता नै नगरेको बताए ।

अहिले उनी आफ्नो घरमा बेग्ले कोठामा बसेपनि गाउँलेले हेर्ने दृष्टिकोण गलत रहेकाले पनि समस्या रहेको बताए । ‘तत्काल हस्पिटलाइज हुनुपर्ने अवस्था छ, प्रशासनले वास्तै गरेको छैन ।’ उनले भने ।

उनी एक प्रतिनिधि पात्र मात्र हुन् । अस्पतालमा कोरोना संक्रमितलाई राख्ने ठाउँ नहुँदा अहिले इटहरीका ६ जना कोरोना संक्रमित घरमै बसेका छन् ।

इटहरी अस्पतालका इमर्जेन्सी शाखाका इन्चार्ज रामकुमार धमलाका अनुसार आँफूहरुले वीपी प्रतिष्ठानमा परामर्श गर्दै आएको भएपनि अहिले बिरामी राख्ने ठाउँ नहुँदा समस्या हुँदै आएको छ । ‘बिहीबार देखिएका ५ जना र अर्का एकजना गरी ६ जना अहिले घरमै छन्, अस्पतालमा ठाउँ नहुँदा समस्या भएको छ,’ धमलाले भने, ‘बिरामीको उपचारका लागि सम्बन्धित निकायसँग समन्वय भईरहेको छ । हामी पनि तयारी गर्दैछौँ, ठाउँ खाली नभएर समस्या भएको हो ।’ उनका अनुसार बिहीबार कोरोना भाइरस संक्रमणको पुष्टि भएका इटहरी वडा नं. २० का दुईजना, इटहरी ३ का एकजना, इटहरी ४ का एकजना, इटहरी ५ का एकजना र अर्का एकजना घरमै होम आइसोलेसनमा बसेका छन् । अस्पतालसँग समन्वय गरेर उपचारको तयारी भईरहेको उनले प्रतिक्रिया दिए ।

इटहरी उपमहानगरपालिकाले कोरोना संक्रमित र क्वारेन्टिन निर्माण लगायत कोरोना शीर्षकमा चार करोड ९८ लाख रुपैँया खर्च गरेपनि कोरोना संक्रमित घरमै बस्न बाध्य भएका छन् । कोरोना संक्रमित स्वयम्ले पनि पटक–पटक प्रशासनलाई जानकारी गराउँदा बेवास्ता गर्नु लापरबाही देखिन्छ । इटहरीमा कोरोना संक्रमितको संख्या २८ पुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 174 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाजुरा सदरमुकाम मार्तडीमा स्कारपियो दुर्घटना, १ को मृत्यु,४ घाईते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भक्तपुरमा चुनावी चहल पहल बढ्यो