नुवाकोटमा शुक्रवारदेखि फेरी ‘लकडाउन’

नुवाकोट । नुवाकोटमा कोभिड–१९ कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जिल्लालाई फेरी लकडाउन गरिएको छ ।
पछिल्लो समय ककनी र विदुरमा संक्रमित भेटिएपछि कन्ट्याक्ट टे«सिङको लागि निषेधाज्ञा जारी गरिएकोमा विहीवार बसेको संकट व्यवस्थापन केन्द्रको वैठकले जिल्ला नै लकडाउन गर्ने निर्णय गरेको हो । अत्यावश्यक सेवाका साधन र अनुमतिप्राप्त साधनबाहेक अन्य सवारीसाधन जिल्ला प्रवेशमा पूर्णरुपमा रोक लगाइने र राति ८ बजेदेखि विहान ६ बजेसम्म एम्वुलेन्स बाहेकका कुनै पनि सवारी साधन सञ्चालन गर्न नदिने निर्णय भएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिए ।

वैठकले क्वारेन्टाइन तोकिएका होटल बाहेक सबै होटल तथा चियापसल, रेष्टुरेन्ट सञ्चालन गर्न नपाइने तथा सामूहिक भेला हुन, पर्व मेला सञ्चालन गर्न तथा सभासमारोह गर्नसमेत प्रतिवन्ध लगाइएको प्रजिअ ढकालले बताए ।

अर्को निर्णय नहुँदासम्म बेलकोटगढी नगरपालिका–५ स्थित कोल्पुखोला पुलबाट दुईपिपलतर्फ जाने सडकबाट आवतजावतमा रोक लगाइएको छ । वैठकले बाह्र वर्षमुनिका बालबालिका, अशक्त व्यक्ति, बिरामी, ज्येष्ठ नागरिक र गर्भवती तथा सुत्केरीलाई अत्यावश्यक कार्यबाहेक घर बाहिर ननिस्कन तथा हिँडडुल नगर्न समेत आग्रह गरिएको छ ।

जिल्लाका सबै सरकारी तथा गैरसरकारी कार्यालयले प्रदान गर्ने सेवामा कटौती गरिएको छ । अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने र सेवा प्रवाह गर्दा भौतिक दूरी अनिवार्य कायम गर्ने तथा स्वास्थ्य सुरक्षाका उपाय अपनाउनसमेत सरोकारवाला सबै निकायलाई आग्रह गर्ने निर्णय भएको छ ।

एकै दिन सात जना संक्रमित

जिल्लामा शुक्रवार एकै दिन थप सात जनामा कोभिड–१९ (नोबेल कोरोना भाईरस) को संक्रमण भेटिएको छ । संक्रमितको ‘कन्ट्रयाकट्रेसिङ्ग’को क्रममा परीक्षण गर्दा थप सात जनामा भाइरसको संक्रमण भेटिएको हो ।

शुक्रवार भेटिएका नयाँ संक्रमितमा जिल्ला अस्पताल त्रिशूलीमा कार्यरत एक जना अहेव रहेका छन् । भने जवरजंग गण देवीघाट व्यारेका एक जना नेपाली सेनामा पनि संक्रमणको पुष्टी भएको छ ।एक जना वैदेशिक रोजगारीबाट फर्किएका र वाँकी समुदायस्तरमा संक्रमण भेटिएको हो । शुक्रवार भेटिएका सातसहित नुवाकोटका ५३ जनामा कोरोना भाइरसबाट संक्रमित भएका छन् । १० जना उपचार गरिरहेका छन् । पाँच जना नुवाकोटमै र ५ जनाको काठमाडौंमा उपचार भइरहेको छ । शुक्रवार फेला परेका सातै जनालाई जिल्ला अस्पताल त्रिशूलीमा उपचार गरिने जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 180 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

काठमाडौं उपत्यकामा आन्दोलन चर्किएपछि सेना परिचालन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
फेदीखोलामा एमालेका सुवेदी दोहोरिए