लियोन र सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

लन्डन । च्याम्पियन्स लिगअन्तर्गत गएराति सम्पन्न राउन्ड १६ को दोस्रो लेगमा फ्रान्सेली क्लब लियोन र इंग्लिस क्लब म्यानचेस्टर सिटीले सफलता पाएका छन् । लियोनले इटालियन क्लब युभेन्टस र सिटीले स्पेनिस क्लब रियल मड्रिडलाई पराजित गरेका हुन् । यो जीतसँगै लियोन र सिटी क्वार्टरफाईनलमा प्रवेश गरेका छन् ।

युभेन्ट्सबिरुद्ध अवे गोलमा जित निकाल्दै फ्रेन्च क्लब लियोनले अन्तिम ८ मा पुगेको हो । घरेलु मैदानमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपनि युभेन्ट्सलाई च्याम्पियन्स लिगमा अघि बढाउन सकेनन् ।

दोस्रो लेगको खेल २–२ गोलको बराबरीमा सकिएपछि अवे गोलका आधारमा लियोन क्वार्टरफाईनलमा प्रवेश गरेको हो । पहिलो लेगको खेलमा लियोनले १–० को जित निकालेको थियो । गएराति नै भएको अर्को खेलमा म्यान्चेष्टर सिटीले रियल मड्रिडलाई पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिताको अन्तिम १६ को दोस्रो लेगको खेलमा स्पेनिस महारथी रियललाई २–१ गोल अन्तरले हराउँदै सिटीले अन्तिम ८ मा स्थान पक्का ग-यो । समग्रमा ४–२ को नतिजा सहित सिटी क्वार्टरफाईनल प्रवेश गरेको हो । पहिलो लेगमा सिटीले २–१ को अग्रता लिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 8 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

हत्या भएको ६ महिनापछि शव भेटियो

कुरी-कुरी