Tuesday, January 26, 2021
Home भर्खरै वामदेवको आँखामा तीन गुट सक्रिय

वामदेवको आँखामा तीन गुट सक्रिय

गुटले पार्टी कमजोर भएको विश्लेषण

काठमाडौं । नेकपामा देखिएको विग्रह रोक्न भन्दै ६ बँुदे प्रस्ताव सार्वजनिक गरी चर्चामा आएका उपाध्यक्ष वामदेव गौतमले गुटै गुटको भेलाले पार्टी कमजोर भएको विश्लेषण गरेका छन् । उनले पार्टीलाई एकजुट बनाउन आफूले अघि सारेको प्रस्ताव सबै पक्षले मान्नुपर्ने बताएका छन् ।

वामदेवको ६ बुँदे प्रस्तावलाई नेकपाका आमकार्यकर्ताले प्रशंसा गरे पनि गुट भेलामा रमाउँदै आएका शीर्ष नेताहरूले नै बेवास्ता गरेपछि गौतम खिन्न छन् । गौतमलाई ६ बुँदे प्रस्ताव कार्यान्वयनमा ल्याउने गरी सशक्त भूमिका निर्वाह गर्न नेकपाका कार्यकर्ताले सुझाव दिँदै आएका छन् ।

‘मैले पार्टीलाई एक ढिक्का राख्न सो प्रस्ताव ल्याएको हुँ तर केही शीर्ष नेताहरूबाटै सो प्रस्तावको बेवास्ता हुनु दुःखद हो,’ वामदेवले आफू निकटस्थहरूसँग यस्तै गुनासो गर्ने गरेका छन् । यद्यपि, उनले आफू कुनै गुटमा नरहेकाले पार्टीलाई एकजुट बनाएर अघि बढाउनुपर्छ भन्ने मान्यतामा रहेको बताउँदै आएका छन् ।

गौतमले दुवै अध्यक्षले आफूमा रहेको कमजोरी सुधारेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

गौतमको विश्लेषणअनुसार हाल पार्टीभित्र तीन गुट सक्रिय रहेका छन् । गौतमले शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै तीन गुट सक्रिय रहे पनि आफू कुनै पनि गुटमा संलग्न नभएको स्पष्टीकरण दिएका छन् ।

पार्टीभित्र देखापरेका अन्तरविरोध हल हुन नसक्दा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपालको नामका तीन गुट सक्रिय भएको गौतमको ठहर छ । तर, पछिल्लो समय नेपाल समूह पनि दाहाल समूहमा नै समाहित हुन पुगेको विश्लेषण गर्न थालिएको छ । गौतमले भने अहिले तीनवटै गुट सक्रिय रहेको र सोही गुटकै कारण पार्टी कमजोर भएको ठहर गर्दै आफू कुनै पनि गुटमा नरहेको स्पष्ट पारेका हुन् ।

‘अहिले हाम्रो पार्टीभित्र देखापरेका अन्तरविरोध हल हुन नसक्दा तीनवटा विचार समूह बनेका छन् । यी समूहसँग ओली, दाहाल र नेपाल जोडिनुभएको छ,’ गौतमले आफ्नो विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘म समूहगत रूपमा यी कसैसँग जोडिएको छैन र जोडिन पनि चाहन्न,’ गौतमले भनेका छन् । गौतमले पछिल्लो समय आफू गुटगत भेलामा जान छोडेको बताएका छन् । यद्यपि, दुई जना पार्टी अध्यक्षले छुट्टाछुट्टै बोलाउँदा भने आफू जाने गरेको उनको भनाइ छ ।

‘ओली र दाहालले भेट्न बोलाउँदा म जाने गरेको छु । सल्लाह, सुझाव र राय पनि दिने गरेको छु । मैले आफूलाई स्वतन्त्र राख्ने कोसिस गरेको छु । पछिल्लो पटक मैले पार्टीमा राखेको ६ बँुदे प्रस्ताव त्यसकै एउटा उदाहरण हो,’ गौतमले भने ।

नेकपाभित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेका बेला उपाध्यक्ष गौतमले गत १३ साउनमा ६ बुँदे प्रस्ताव सार्वजनिक गरेका थिए । उनको प्रस्तावमा नेकपा अध्यक्ष ओली प्रतिनिधिसभाको यो कार्यकालसम्म प्रधानमन्त्री र एकता महाधिवेशनसम्म अध्यक्ष रहने र पार्टीको कार्यकारी अध्यक्षमा दाहाल नै रहने उल्लेख गरिएको थियो ।

यो पनि पढ्नुहोस   दाहाल-नेपाल समूहद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

गौतमले आफू कुनै गुटमा नभएको स्पष्टोक्ति दिँदै आए पनि ६ बुँदे प्रस्तावपछि गौतम प्रधानमन्त्री ओली निकट समूहमा गएको विश्लेषण दाहाल–नेपाल पक्षले गर्दै आएको छ ।

‘पार्टी अध्यक्ष भनेको केवल व्यक्ति मात्र हुँदैन, त्यो पार्टीभित्रको सर्वस्वीकार्य संस्था हो । त्यसकारण पार्टी अध्यक्षहरू दुवै वा एक्लैले बोलाउँदा मैले भेट्ने गरेको छु । मैले समय–समयमा भेट गरेकै बेला ओलीकै अगाडि उहाँको गम्भीर आलोचना गर्ने गरेको छु भने प्रचण्डलाई पनि वहाँकै अगाडि आलोचना गर्ने गरेको छु,’ गौतमले दुवै अध्यक्षले आफूमा रहेको कमजोरी सुधारेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

आफ्नाबारे भ्रामक प्रचार गरिएको भन्दै एक फरक प्रसंगमा उनले लगानी बोर्डमा सुशील भट्टलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न प्रधानमन्त्रीसँग आफूले कुनै प्रकारको सिफारिस नगरेको प्रस्ट्याएका छन् । उनले त्यसमा केही तŒवले निहित स्वार्थ राखेर भ्रम फैलाएको दाबी गरेका छन् ।

‘सुशील भट्ट वा कुनै पनि व्यक्तिको नियुक्तिका निम्ति मैले प्रधानमन्त्री वा कोही व्यक्तिसँग पनि केही भनेको छैन । यो मेरो सरोकारभन्दा बाहिरको विषय हो,’ गौतमले भनेका छन् ।

पदको लाज जोगाउनू
यसैबीच प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले शुक्रबार पार्टी प्रवक्तालाई पदको लाज जोगाउन आग्रह गरेका छन् ।

ट्वीटरमा रिमालले लेखेका छन्, ‘इनफ इज इनफ नारायणकाजीजी । कमसे कम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस् । ‘विधि र पद्धति’को नक्कली गीत गाउँदै नेताहरूलाई गुटबन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस्, पार्टी एकताविरुद्धका कुनै पनि गतिविधि कतैबाट पनि नहोस्, मुलुक संवेदनशील मोडमा छ, महसुस होस्,’ रिमालले प्रवक्ता श्रेष्ठको ध्यानाकर्षण गराउँदै लेखेका छन् ।

सार्वजनिक रूपमा प्रधानमन्त्री ओलीको कार्यशैलीको विरोध गर्दै नेताहरूलाई उत्तेजित पारेको आरोप खेपेका प्रवक्ता श्रेष्ठलाई रिमालले सार्वजनिक रूपमै प्रवक्ता पदको लाज जोगाउन आग्रह गरेका हुन् ।

विवाद समाधानका लागि सहमति जुट्न नसकेका बेला नेताहरूले एकले अर्काविरुद्ध सामाजिक सञ्जालमा खरो रूपमा आलोचना गर्न थालेका छन् । युवा नेताहरूले शीर्ष नेतालाई पार्टी एकता जोगाउन पहल गरिरहेको भए पनि सहमति जुट्न सकेको छैन ।

शक्ति आर्जन र एकले अर्कोलाई गलाउने र होच्याउने काम जारी नै छ । सोही कारण विवाद समाधान हुनुभन्दा बढ्ने काम भएको नेकपाका एक नेताले बताए । अहिलेको विवाद कसरी समाधान हुन्छ भन्ने चिन्ता आमकार्यकर्तामा छ । तर, शीर्ष नेताहरूले कार्यकर्ताको भावना बुझ्न सकेका छैनन् ।

(Visited 170 times, 1 visits today)
Loading comments...

आजको समाचार

प्रधानमन्त्री ओलीले पढ्ने संविधान फरक छ र ?

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि नवौं दिनको बहस नसकिएपछि मंगलबारका लागि ‘हेर्दाहेर्दै’ राखिएको छ । सोमबार भएको बहसमा वरिष्ठ अधिवक्ता शम्भु थापा र...

‘गल्ती सच्याएर आउनुस्’

देउखुरी । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती सच्याएर पार्टीमा आउन दाहाल–नेपाल समूहलाई आग्रह गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला...

भारतको ७१औं गणतन्त्र दिवसको सार्थकता

स्वतन्त्रता संग्रामको गर्भबाट भारतीय गणतन्त्रको स्थापना हुन सकेको हो । त्यसर्थ, प्रस्तुत आलेखमा भारतीय स्वतन्त्रता संग्रामको बारेमा चर्चा गरिएको छ । साथै, भारतको प्रजातन्त्रितक...

पूर्वभीआईपीका सुरक्षा कटौती जायज

सरकारले पूर्वप्रधानमन्त्री, गृहमन्त्री तथा उच्च पदस्थहरूले आफ्नो व्यक्तिगत सु्रक्षाका लागि प्रयोग गरिरहेका सुरक्षाकर्मीको संख्या कटौती गर्ने गृहकार्य अघि बढाएको छ । यसअघि पनि सुरक्षाकर्मी...

साताका लोकप्रिय समाचार

इलाम अस्पतालमा भेन्टिलेटर जडान

इलाम । इलाम अस्पतालमा लामो समयपछि ‘भेन्टिलेटर’ जडान गरिएपनि सञ्चालन गर्ने विषेशज्ञ नहुँदा समस्या भएको छ । पूर्वी पहाडका कुनै अस्पतालमा सुविधा नभएको ‘भेन्टिलेटर’...

प्रधानमन्त्री ओलीले निर्देशन दिएपछि चिकित्सा शिक्षाको शुल्क नबढ्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएपछि यस वर्ष चिकित्सा शिक्षाको शुल्क नबढ्ने भएको छ । चिकित्सा शिक्षा आयोगको शुल्क निर्धारण सिफारिस कार्यदलले...

लखेटी–लेखटी चौधरीको हत्या गर्ने ३ जना पक्राउ

तुलसीपुर । दाङमा एक जनाको हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार दिउँसो राप्ती गाउँपालिका ६ बस्ने बर्ष ४० को...

आफ्नै आमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

तनहुँ । तनहुँमा आफ्नै आमाको हत्या गरेको अभियोगमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । ७२ वर्षीया आमा लक्ष्मी दरैको हत्या गरेको अभियोगमा ब्यास...

गलत मार्गचित्रका कारण मुलुक संकटको दलदलमा भासियो : कमल थापा

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले २०६२/०६३ पछि अबलम्बन गरिएको त्रुटिपूर्ण मार्गचित्रका कारण मुलुक संकटको दलदलमा भासिएको बताएका छन् । आज मकवानपुरको मकवानपुरगढी...

ट्रेन्डिङ

रोल्पाका बालबालिकाहरुको हितका लागि राम्रो प्रयास भएकोछ :सामाजिक विकास मन्त्री बराल

बुटवल ।सामाजिक विकास मन्त्रालय र रोल्पा जिल्लाका स्थानीय तहहरूसँग बालश्रम न्यूनीकरण तथा सञ्चालित परियोजनाहरूको सिकाई आदानप्रदान कार्यक्रम प्रदेश...

जून फूल नयाँ वर्षमा एक दिन मात्रै फूल्छ

जनकपुरधाम । सिरहाको लहान देखि ३ किलो मिटर पश्चिम दक्षिणमा अवस्थित फुलवारीमा सयाै रुख छन् । ती मध्ये एउटा रुखमा नयाँ वर्षको...

छ हजार घुस खाएकाे अभियाेगमा प्रहरी हवल्दार पक्राउ

इटहरी । ईलाका प्रहरी कार्यालय हरिनगरा, सुनसरीमा कार्यरत प्रहरी हवल्दार भोला यादव अख्तियारको फन्दामा परेका छन् । स्थानीय व्यापारी विनोद शाहसँग ६ हजार रुपैयाँ घुस...

लेवनानमा विष्फोटक पदार्थ राखिएको गोदाम घरमा विष्फोट, कम्तीमा ७० को मृत्यु, चार हजार घाइते

काठमाडौं । लेबनानको राजधानी बेरुतमा विष्फोटक पदार्थ राखिएको गोदाम घरमा विष्फोट हुँदा कम्तीमा ७० जनाको मृत्यु भएको र करिब चार हजार जना घाइते भएका...

ओलीले हिटलर शैली प्रदर्शन गरे : राजेन्द्र महतो

सप्तरी । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले संसद विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले हिटलरको शैली प्रदर्शन गरेको आरोप लगाएका छन् । राजविराजमा...

विदेशी नागरिकलाई ठगीमा सघाएको आरोपमा १५ प्रहरीमाथि अनुसन्धान

काठमाडौँ । ठगी कार्यका लागि विदेशी नागरिकलाई सघाएको आरोपमा अध्ययगमन विभागले सुरक्षामा खटिएका १५ जना प्रहरीमाथि अनुसन्धान थालेको छ । उनीहरुमाथि विभागको हिरासतमा रहेका...

घट्दै सक्रिय संक्रमित

काठमाडौं । कोरोना भाइरस संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या दैनिक रूपमा घट्दै गएको छ । अब देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ९ सय ४८ मात्रै...

भारतबाट १ लाख मजदुर नेपाल भित्रँदै

काठमाडौं । भारत सरकारले लकडाउनकै बीचमा मंगलबारदेखि रेलसेवा सञ्चालन गरेलगत्तै भारतका विभिन्न राज्यमा रोजगारीका लागि गएका झन्डै १ लाख मजदुरले नेपाल भित्रने तयारी गरेका...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

विघठित संसद् पुनःस्थापनाको माग गर्ने प्रतिगामी : गृहमन्त्री

मान्म । गृहमन्त्री रामबहादुर थापाले विघठित संसद् पुनःस्थापनाको माग गर्ने प्रतिगामी भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कालिकोटमा गरेको जनसभालाई सम्बोधन...

प्रतिनिधि सभाले कार्यपालिकालाई असहयोग गरेको भन्ने कुरामा सत्यता छैन : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाले कार्यपालिकालाई असहयोग गरेको भन्ने कुरामा सत्यता नरहेको बताएका छन् । आज सिंहदरबारस्थित कार्यकक्षमा ध्यानाकर्षण पत्र लिएर आएका अन्तरपार्टी...

थप ३३९ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु

काठमाडौँ । गत २४ घण्टामा थप ३३९ जनामा कोरोना भाइरस देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३३९ जना थपिएसँगै हालसम्म कोरोना सङ्क्रमित...

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको गम्भीर आपत्ति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको विरोध गर्नेहरू देश विरोधी हुन् भनेर दिएको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक रहेको नेपाली कांग्रेसले जनाएको छ । फरक...

भर्खरै

‘गल्ती सच्याएर आउनुस्’

देउखुरी । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती सच्याएर पार्टीमा आउन दाहाल–नेपाल समूहलाई आग्रह गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला...

भारतको ७१औं गणतन्त्र दिवसको सार्थकता

स्वतन्त्रता संग्रामको गर्भबाट भारतीय गणतन्त्रको स्थापना हुन सकेको हो । त्यसर्थ, प्रस्तुत आलेखमा भारतीय स्वतन्त्रता संग्रामको बारेमा चर्चा गरिएको छ । साथै, भारतको प्रजातन्त्रितक...

समाजवादी क्रान्तिका लागि नयाँ ढंगको कम्युनिस्ट पार्टी

मुलुकमा २०६२-६३ को पुँजीवादी जनवादी राजनीतिक क्रान्तिको सफलतासँगै क्रान्तिका उपलब्धिलाई संस्थागत गर्न जारी भएको संविधानले जनतामा सार्वभौमसत्ता निहित रहने, बहुदलीय संघीय शासन प्रणाली, गणतन्त्र,...

पूर्वभीआईपीका सुरक्षा कटौती जायज

सरकारले पूर्वप्रधानमन्त्री, गृहमन्त्री तथा उच्च पदस्थहरूले आफ्नो व्यक्तिगत सु्रक्षाका लागि प्रयोग गरिरहेका सुरक्षाकर्मीको संख्या कटौती गर्ने गृहकार्य अघि बढाएको छ । यसअघि पनि सुरक्षाकर्मी...

धेरै पढिएका

पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ का कारण अतिप्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् । पर्यटन र होटल व्यवसायका...

अदालतको आदेश ढिलो भए चुनाव पछाडि सर्न सक्छ : गृहमन्त्री थापा

मान्म । गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा विघटन मुद्दामा अदालतको फैसला ढिलो भए निर्वाचन पछाडि सर्न सक्ने सङ्केत गरेका छन् । प्रेस सङ्गठन नेपाल कालीकोटले...

दाहाल–नेपाल समूहको शक्ति प्रदर्शन (फाेटाेफिचर)

काठमाडौँ । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले राजधानीमा शक्ति प्रदर्शन गरेकाे छ । राजधानीका विभिन्न स्थानबाट विरोध जुलुस निकालेको छ...

सप्तरीमा तीन जना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु

सप्तरी । सप्तरीको बोदे बरसाइन नगरपालिकामा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा आज एकको मृत्यु भएको छ । जिल्लाको बिसनपुरबाट बोदे बरसाइनतर्फ जाँदै गरेको...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 105 times, 1 visits today)