तेजविलाशले ल्याए उच्छलन

काठमाडौं । कवि, समालोचक तथा उपप्राध्यापक तेजविलास अधिकारीको हाइकु संग्रहको ‘उच्छलन’ एक समारोहबीच सार्वजनिक गरिएको छ । प्रदर्शनीमार्गस्थित वाल्मीकि क्याम्पसमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य डा. देवी नेपालले उक्त कृतिको सार्वजनिक गरे । प्राज्ञ डा. नेपालले समाजको समसामयिक परिवेश चित्रण संग्रहमा रहेको बताए ।

यस्तै, कार्यक्रममा डा. लेखप्रसाद निरौलाले संग्रहमाथि टिप्पणी गर्दै हाइकुमा विद्रोहात्मक चेत बढी रहेको छ भने । संग्रहमा रहेका हाइकुको मुख्य विशेषता भनेकै सशक्त व्यंग्यात्मक चेत रहेको उनले बताए ।

नेपाली साहित्यमा चोटिलो विधाका रूपमा हाइकु आएको र यसमा अधिकारीले आफूलाई सशक्त रुपमा प्रस्तुत गरेको सो कार्यक्रममा प्रजातान्त्रिक प्राध्यापक संघका अध्यक्ष प्रा. धुव्र ज्ञवालीले बताए । अर्का सहप्रा. शान्तिकृष्ण अधिकारीले राजनीतिक, सामाजिक तथा आर्थिक विषयलाई तेजविलासले सशक्त रूपमा हाइकुमार्फत उतारेको भनाइ राखे ।

वाल्मीकि विद्यापीठका प्रमुख गणेशप्रसाद घिमिरे, विद्यापीठका नेपाली विभागीय प्रमुख प्राडा भागवत ढकालले तेजविलासले गहकिलो कृति ल्याएको जिकिर गरे । सो संग्रहमा समसामयिक राजनीति, विश्व परिदृश्य, समाज, प्रकृति, राष्ट्रप्रेम तथा सीमान्तकृत समुदायको भावना समेटिएका हाइकु संग्रहित छन् ।

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कहाँ छ त्यो शून्य सञ्चालक ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्वतन्त्र उम्मेदवार हमाललाई तीन पार्टीको समर्थन