Saturday, September 26, 2020
Home प्रदेश प्रदेश ३ सात जिल्ला कोरोना सङ्क्रमित शून्य

सात जिल्ला कोरोना सङ्क्रमित शून्य

काठमाडौँ । गत २४ घण्टामा काठमाडौँ उपत्यकामा ६२ जनासहित देशका विभिन्न जिल्लामा ३७८ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा आज मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले गत २४ घण्टामा कोभिड–१९ बाट तीन जनाको मृत्यु भएको जानकारी दिए । हालसम्म कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या ७३ जना पुगेको छ ।

उनले भने, ‘सक्रिय सङ्क्रमित छ हजार २०६ मध्ये प्रदेश नं १ मा ४७८, प्रदेश नं २ मा दुई हजार ९२९, वाग्मती प्रदेशमा एक हजार २९, गण्डकी प्रदेशमा २४२, प्रदेश नं ५ मा ३९०, कर्णाली प्रदेशमा १६३ र सुदूरपश्चिम प्रदेशमा ९७५ सक्रिय सङ्क्रमित रहेका छन् ।’

हालसम्म विश्वभर एक करोड ९५ लाख ४९ हजार ९०१ कोभिड–१९ बाट सङ्क्रमित छन् । सात लाख २४ हजार १८६ व्यक्तिको मृत्यु भइसकेको छ र एक करोड २५ लाख ७० हजार ६३१ व्यक्ति यस रोगबाट निको भएका छन् । पछिल्लो २४ घण्टामा सात हजार ७८८ जनाको पिसीआर परीक्षण गरिएको प्रवक्ता डा गौतमले जानकारी दिए । हालसम्म जम्मा चार लाख ३५ हजार २८९ परीक्षण भएको छ । क्वारेन्टिनमा रहेका व्यक्तिको सङ्ख्या १० हजार ७९२ छ ।

यो पनि पढ्नुहोस   कोरोना संक्रमणबाट काभ्रेमा थप एकको मृत्यु

गत २४ घण्टामा कोरोनामुक्त भई घर फर्किनेको सङ्ख्या ४९९ जना छन् । हालसम्म डिस्चार्ज हुने १६ हजार ३१३ छन् । पिसीआर सात हजार ८८८ जनामा परीक्षण गरिएको छ । सङ्क्रमितको शून्य सङ्ख्या भएका जिल्ला खोटाङ, धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला गरी सात जिल्ला छन् ।

(Visited 108 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

आजदेखि मौसम सफा रहने

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले विगत केही दिनयतादेखि प्रभावित मौसम आजदेखि सफा हुँदै हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।...

जोखिम कायम रहेकाले तत्काल विद्यालय नखोल्न शिक्षामन्त्रीको आग्रह

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन आग्रह गरेका...

१३१३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७० हजार नाघ्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ३१३ कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४...

सप्तरीमा थप एक कोरोना संक्रमितको मृत्यु

सप्तरी । कोरोनाबाट संक्रमित थप एक सप्तरीवासीको मृत्यु भएको छ । राजविराज नगरपालिका–३ का ७१ वर्षीय पुरुषको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान...

भर्खरै

युक्रेनमा सैनिक विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु

किभ । युक्रेनमा भएको सैनिक विमान दुर्घटनामा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको बताइएको छ । युक्रेनका सैनिक अधिकारीहरुले सो उक्त विमान दुर्घटनामा...

चितवनमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन । जिल्लामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कजेलमा उपचाररत हेटौँडा उपमहानगरपालिका वडा ९ का ७४ वर्षीय पुरुषको...

आजदेखि मौसम सफा रहने

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले विगत केही दिनयतादेखि प्रभावित मौसम आजदेखि सफा हुँदै हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।...

जोखिम कायम रहेकाले तत्काल विद्यालय नखोल्न शिक्षामन्त्रीको आग्रह

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन आग्रह गरेका...

धेरै पढिएका

विपद्मा सरकार फाल्ने कि देखाउने ?

यतिबेला कोरोना कहर यो शताब्दीकै सबैभन्दा ठूलो महामारीका रूपमा देखापरेको छ । दैव लाग्दा कस्तो हुन्छ भन्ने कुरा संसारका सानाठूला सबै मुलुक र धनी,...

दाङको बेलझुण्डीबाट ८ जना कोरोना जितेर घर फर्किए

लमही । दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालबाट आज आठ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । कोरोना विशेष अस्पतालमा यही जेठ २ गते...

पृथ्वीराजमार्गमा चितवन र धादिङ जोड्ने पुल भत्कियो

काठमाडौं । भारी वर्षासँगै आएको बाढीले पृथ्वीराजमार्ग अन्तरर्गत चितवन र धादिङ जोड्ने मौवा खोला पुल भत्किएको छ । मौवा खोलाले पुलको छेउपट्टीको भाग भत्किएकाले यातायात...

‘अदालतको निर्णय मात्र न्याय होइन’

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सबैको प्रयासले स्थानीय न्यायिक समितिबाट अधिक लाभ हासिल गरी जनतालाई घरदैलोमै सेवा दिनुपर्ने बताएका छन् । स्थानीय...

ई-पेपर

(Visited 63 times, 1 visits today)