सवस्टेशनमा मुसा पस्दा चार जिल्लामा विद्युत अवरुद्ध

गाईघाट । विद्युत प्राधिकरणको सवस्टेसनमा मुसा पस्दा शनिबार साँझ विद्युत सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरणको उदयपुर वितरण केन्द्र अन्तरगत जलजलेमा रहेको सव स्टेसनको ईनकमरमा मुसा पस्दा विद्युत आपुर्तिमा समस्या भएका हो ।

सव सवस्टेसनको ईनकमर मुसा पसेर विद्युत सट हुदा सवस्टेसनमा आगलागी भएको र तारहरु जलेको विद्युत प्राधिकरण उदयपुरले जनाएको छ । प्राधिकरण उदयपुरका इन्जिनियर संन्जिव कर्णले मुसाको कारण विद्युत अवरुद्ध भएको बताए । ‘शनिबार सावा सात बजेको समयमा गाईघाट फिडर मुसा पसेर विद्युत सट गराउदाँ चार जिल्लामा विद्युत अवरुद्ध भएको छ ।’ उनले भने ‘सवस्टेसनमा विद्युत सट भई आगो लागेकाले प्राविधिकहरु राती साढे बाह्र बजे तिर उदयपुर सिमेन्ट उद्योगको फिडरबाट गाईघाट फिडरमा विद्युत सप्लाई गरेर विद्युत आपूर्ती मिलाएका थिए ।’

जलेको फिडर मर्मत गर्न केही समय लाग्ने भएकाले विद्युत अवरुद्ध हुने जनाईएको छ । जोगिदह र जलजले फिडर बन्द रहेकोमा जोगिदह तर्फको लाई मोतिगडाबाट सप्लाई गरिने वितरण केन्द्र प्रमुख रोसन सिंहले बताए । सिमेन्ट उद्योगको लाईन काटेर भएपनि राती देखी गाईघाटमा विद्युत सुचारु गरिएको छ । मर्मत पुरा नहुन्जेल सम्म जलजले र मुकुर्चीको विद्युत सुचारु हुन पर्खनु पर्ने छ । भने खोटाङ तर्फ गएको ३३ केभिए लाईन समेत केही समय उदयपुर लगायत, खोटाङ, ओखलढुङ्गा र सोलु जिल्लामा बिद्युत अबरुद्ध हुने वितरण केन्द्रले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 230 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भ्रष्टाचार आरोपी नवनिर्वाचित अध्यक्षले लिए सपथ