यशुको नाम लिएर प्रार्थना गरे कोरोना लाग्दैन भन्दा भन्दै कोरोनाबाटै मृत्यु

पोखरा । पोखरामा कोरोना भाइरस (कोभिड–१९) का कारण ज्यान गुमाएका ६२ वर्षीय पुरुषको आइतबार दिउँसो अन्त्येष्टि गरिएको छ । उनको मृत्युको करिब १५ घण्टापछि पोखरा–३२, रातोपहिरो घाटमा अन्त्येष्टि गरिएको हो ।

पोखरा महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले महानगरले पहिलेकै स्थान पहिचान गरिसकेपछि नेपाली सेनाको सहयोगमा शव अन्त्येष्टि गरिएको हो । यसअघि पोखरामा ज्यान गुमाएका स्याङ्जाका दोस्रो संक्रमितको पनि सो स्थानमा शव गाडिएको थियो । सो स्थान सेती नदी नजिक पर्दछ । पहिलो पटक वडाको समन्वयबिनै शव अन्त्येष्टिका लागि ल्याइएको भन्दै स्थानीयले विरोध जनाएका थिए । उनीहरुले नाराबाजी गरेर बाटो छेकेका थिए । त्यसबेला प्रहरीले अश्रु ग्याँस हानेर अवरोध पन्छाउँदै जबर्जस्ती शव गाड्न मद्दत गरेको थियो ।

पोखरा–३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले भने ‘हामीहरुले शव गाड्ने विषयमा कुनै अवरोध गर्दनौं, पहिलो पटक हाम्रो समन्वय नभएकोमा त्यस्तो भएको हो । अब हुँदैन ।’

पोखरामै कोरोनाबाट भएको पहिलो मृत्युमा भने शव अन्त्येष्टि कार्यमा समस्या भएको थियो । स्याङ्जाकै एक पुरुषको शव पोखरा ११ र २० को सीमा सेती नदी किनारमा अन्त्येष्टिको लागि लगिएकोमा स्थानीयले विरोध जनाएका थिए । त्यसबेला प्रहरी र स्थानीयबीच झडप समेत भएको थियो ।

ती पुरुषले यशू ख्रीष्टको नाम लिँदै प्रार्थना गरे कोरोना नलाग्ने भन्दै आफ्नो निवासमा सर्वसाधारण बोलाएर प्रार्थना गर्ने गरेको स्थानीय बताउँछन्

यता, पोखरामा तेस्रो मृत्युको घटनामा कोरोना संक्रमित पोखरा १९ का ६२ वर्षीय पुरुष मधुमेह रोगबाट ग्रसित थिए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा गएराति ११ बजेर ३५ मिनेटमा उनको मृत्यु भएको हो ।
गत साउन १७ मा उपचारार्थ त्यहाँ लगिएका ती पुरुषको आईसीयूमा राखेर उपचार भइरहेको थियो । ती पुरुषले यशू ख्रीष्टको नाम लिँदै प्रार्थना गरे कोरोना नलाग्ने भन्दै आफ्नो निवासमा सर्वसाधारण बोलाएर प्रार्थना गर्ने गरेको स्थानीय बताउँछन् ।

उनको कन्ट्याक्ट टे«सिङका क्रममा अन्य ६ जना पनि संक्रमित भेटिएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानल जनाएको छ । हाल पोखरा १९ सहित वडा १६ क्षेत्रमा अहिले सतर्कता अपनाइएको छ । सो क्षेत्रमा अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन वडावासीलाई आग्रह गर्दै वडा ‘सिल’ गरिएको छ ।

गण्डकीमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । तीमध्ये स्याङ्जाका २, गोरखा, बागलुङ र कास्कीका १–१ जना छन् । गण्डकीमा हालसम्म कुल संक्रमितको संख्या १ हजार ६ सय १२ पुगेको छ । तीमध्ये १ हजार ४ सय ५९ निको भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 147 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

१० माघ २०८१

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानीय तहमा अब कांग्रेस पहिलो दल