Thursday, October 1, 2020
Home बिचार सीमा/नाकामा कडाइ गर

सीमा/नाकामा कडाइ गर

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले संक्रमण नियन्त्रणका लागि वैकल्पिक उपायहरू अपनाउन थालेको छ । लकडाउनको ठाउँमा सटडाउन र प्रचारात्मक सतर्कताको ठाउँमा आमसतर्कतालाई जोड दिइएको छ । पहिले देशभरि लकडाउन गर्ने र सिंगो देश नियन्त्रणमा राख्ने ठाउँमा अहिले स्थानीय क्षेत्रविशेष लकडाउन र सिल गर्ने कुरामा जोड दिइएको छ । अधिकारक्षेत्रका हिसाबले पनि स्थानीय निकायमा शक्ति हस्तान्तरण गरिएको छ । यसले संक्रमण नियन्त्रण देशव्यापी तर स्थानीय विशिष्टतामा प्रभावकारी रूपमा लैजाने बनाएको छ । यो मोडल स्थानीय जनताका लागि स्वीकार्य र सहभागितामूलक बन्ने देखिएको छ । प्रशासन सञ्चालनका हिसाबले पनि जिल्ला प्रशासन कार्यालयको आफ्नै प्रभावकारी सेट र कमान्ड रहेको देखिन्छ । यसले कोरोना संक्रमण नियन्त्रणमा निकै टेवा पु¥याउने पनि देखिन्छ । आखिर राज्यको संयन्त्र र निकाय भनेको कामकाजी हुनुपर्ने रहेछ । संघीय सरकारले स्थानीय निकायलाई अधिकार प्रत्यायोजन गर्नेबित्तिकै उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको पहलकदमी, बैठक र निर्णय तथा तिनको कार्यान्वयनले पनि यसलाई पुष्टि गरेको छ ।

आमजनताको जनस्वास्थ्यको विषयलाई लिएर स्थानीय स्तरमा संयुक्त रूपमा पहलकदमी लिइएपछि आन्तरिक रूपमा घना तथा कोरोना संक्रमित बस्तीहरूमा र यसको वरपर रहेका नाका तथा सिमानामा नियन्त्रणका कदम अघि बढाइएका छन् । भारतसँग सीमा÷नाका जोडिएका प्रदेशहरूमा मूलतः प्रदेश नम्बर २ र अन्यमा प्रदेश नम्बर १, ३ र ५ ले सीमा÷नाकामा कडाइ गर्नेगरी अनुगमन र नियन्त्रणको प्रक्रियालाई अघि बढाएका छन् । यसमा स्थानीय जनताका चासो मात्र होइन, क्रियाशीलता पनि बढ्न थालेको छ । संघीय सरकारले देशव्यापी लकडाउन गरी हासिल गरेको उपलब्धिमा सन्तुष्ट नरहेका स्थानीय जनता अहिले केही आशावादी बनेका छन् । सबैभन्दा पहिले राजधानी सहर रहेको उपत्यकाबाट प्रभावकारी पहलकदमीको सुरुवात भएपछि यसको देशव्यापी सकारात्मक सन्देश गएको छ । सरकारले भनिरहेको छ भनी सूचनालाई बेवास्ता गर्दै हिँड्ने स्थानीय जनता अब आफ्नै काँधमाथि कोरोना नियन्त्रणको जिम्मा आएपछि बढी संयमी र आत्मानुशासित हुन थालेका छन् । जनता पहिलेभन्दा बढी सचेत हुन थालेका र आफ्नै बचाउका लागि लागिपर्न थालेका छन् ।

स्थानीय जनता स्थानीय प्रशासनसँग मिलेर सहकार्य गर्न थाल्ने हो भने फैलिइरहेको कोरोनाको संक्रमण नियन्त्रण सम्भव छ । यसका लागि संघीय सरकारले भारतीय सीमा इलाकामा निकै ध्यान दिनुपर्ने देखिएको छ । सीमा इलाका आफैंमा पनि अन्तर्राष्ट्रिय सीमा क्षेत्रभित्र पर्ने भएकाले यो संघीय सरकारकै दायित्व र अधिकार क्षेत्रभित्र पर्न आउँछ । सीमा इलाकाबाट अत्यावश्यकीय सामानबाहेक अन्य उतै रोकिदिनुपर्दछ । कम्तीमा पनि महामारी संक्रमणका बेला नेपाल आफंै बाँच्न र बच्न सक्ने वातावरण निर्माण गरिनुपर्छ । केन्द्रीय सरकारले सीमा इलाकामा निकै ध्यान देओस् । कडाइका साथ निरीक्षण अनुगमन गरोस् । रातारात हुलका हुल पस्ने मानिसलाई रोकोस् । ती मानिससँगै देशभित्र पसिरहेको संक्रमणको बहावलाई रोकोस् ।

(Visited 61 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

रुपन्देही र बाँकेमा कोरोनाबाट थप ४ जनाको मृत्यु

बुटवल । रुपन्देही र बाँकेमा कोरोना सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको छ । रुपन्देहीमा लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा बुधबार बेलुका मृत्यु भएका...

मुख्य सचिव रेग्मीले दिए राजीनामा

काठमाडौँ । मुख्सचिव लोकदर्शन रेग्मीले राजीनामा दिएका छन् । रेग्मीले आफ्नो कार्यकाल सकिनु अघि नै राजीनामा दिएका हुन् । बिहीबार उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष...

त्रिविको ‘गोल्डमेडल’ किन्ने वकिललाई १४ महिना कैद

काठमाडौं । विशेष अदालतले घूस खुवाएर त्रिभुवन विश्वविद्यालय स्नातकोत्तर परीक्षामा उत्कृष्ट अंक पाएका विद्यार्थी र त्यसमा संलग्न कर्मचारीलाई कैद र जरिमाना हुने फैसला सुनाएको...

दल दर्ता गर्न संघीय संरचना अनिवार्य

काठमाडौं । निर्वाचन आयोगले आयोगमा नयाँ दल दर्ता गर्न संविधानअनुसार दलको संघीय संरचना अनिवार्य गरेको छ । आयोगले संविधानमा भएको संघीय संरचनाअनुसारको मुलुकको ढाँचाको स्वरूपसहित...

भर्खरै

नेपाल-भारत सीमा नाका खोल्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

जनकपुरधाम । सीमा बन्द हुँदा दुवै देशको जनतालाई कठिनाई भइरहेको खबर आइरहेको बेला नेपाल–भारत खुल्ला सीमा सम्वाद समूह र व्यापारीहरुको संस्थाले नेपाल-भारत सीमा खोल्न...

रुपन्देही र बाँकेमा कोरोनाबाट थप ४ जनाको मृत्यु

बुटवल । रुपन्देही र बाँकेमा कोरोना सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको छ । रुपन्देहीमा लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा बुधबार बेलुका मृत्यु भएका...

दोलखाका शैक्षिक संस्था पूर्ण रुपमा बन्द गर्न निर्देशन

दोलखा । जिल्लामा कोरोनाको लक्षणसहितका सङ्क्रमित फेला परेपछि जिल्ला कोभिड –१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले आजदेखि शैक्षिक संस्था पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएको...

इजरायली श्रम बजार नेपालीका लागि खुला

काठमाडौं । इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएसँगै इजरायली श्रम बजार नेपाली युवाका लागि खुला भएको छ । नेपाल...

धेरै पढिएका

मौद्रिक नीति आएपछि हल सञ्चालकमा जाग्यो आशा

काठमाडौं । सरकारले तीन महिना लामो लकडाउन चार दिनअघि हटाएको छ । तर, कोरोनाको संक्रमण घटेको छैन । कोरोना भाइरसको महामारी अहिले पनि जारी...

भारतमा कोरोनाबाट संक्रमितको संख्या १ लाख १८ हजार नाघ्यो

नयाँ दिल्ली । भारतमा शुक्रबारसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख १८ हजार ४४७ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । शुक्रबार बिहान...

सुदूरपश्चिममा थप १ सय १३ जनामा कोरोना संक्रमण

धनगढी । सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप एक सय १३ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै सुदूरपश्चिम संक्रमितको संख्या चार हजार ३७९ पुगेको छ...

एकैदिन १०१६ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप १०१६ मा कोरोना भाइरस (कोभिड—१९) सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभरका...

ई-पेपर

(Visited 64 times, 1 visits today)