कूटनीतिक क्षमता र सीमाविवाद

आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीभित्रका नागरिक भएर जीवनयापन गरिरहेका छौं । देशमा ठूलाठूला राजनीतिक परिवर्तन भए प्रणाली बदलिए तर व्यक्ति र प्रवृत्ति भने फेरिएन । पञ्चायतको अन्त्यसँगै गठित बहुदलीय व्यवस्थामा जेजस्ता पात्र उच्चतहमा आसीन थिए । आज ३० वर्षपछि पनि राज्यसत्ता तिनैका वरिपरि नै घुमिरहेको छ । आमनागरिकको जीवनस्तर उक्साउन सकिएन । आर्थिक समृद्धि बढाउन सकिएन । शिक्षा र स्वास्थ्यमा चरम व्यापारीकरणलाई रोक्न सकिएन भने समग्रमा राज्यको मुहार बदल्न सकिएको छैन । २००७ सालदेखिको थाती रहेको संविधानसभाबाट निर्मित संविधानको जुन चाहना थियो, त्यो पनि अर्बौं खर्चेर पूरा त भयो तर त्यसपछिका राजनीतिक परिदृश्य पनि अग्रगमनतर्फ बढेको देखिएन । जनतामा जेजस्ता अपेक्षा थियो बहुमतको सरकारले जुन स्थिरता र विकासको मार्ग पहिल्याउँछ भत्रे आशा थियो । त्यसैले, आज पूर्णतः निराशामा बदलिएको अवस्था छ ।

लामो समयपश्चात् प्रचण्ड बहुमतको वर्तमान सरकार शक्तिशाली भएर पनि निरीह र पक्षघातको विरामीझैं देखिनु दुःखद पक्ष हो । चाहेको र आवश्यकता पर्दा संविधानका धारा नै संशोधन गर्न सक्ने अधिकारिकता भएर पनि ठोस र गतिलो कार्य सम्पादन गर्न नसक्नु नै विडम्बना नै हो । राष्ट्र जनता र लोकतन्त्रप्रति प्रतिबद्ध र दूरदर्शी राजनेता नहुनुले आजको यो अवस्थाको सिर्जना भएको हो । हरेक दलमा कम्तीमा दुई÷तीन जना नेतामा इच्छाशक्ति राष्ट्रभक्ति तथा लोकतन्त्रप्रति अटल विश्वास भएका नेता भएमा अझै पनि मार्ग भुलेको राजनीति पुनः सही मार्गमा हिँडाउन नसकिने हो भने होइन ।

कोरोनाको कहरमा समेत अपारदर्शिता र भ्रष्टाचारको भूमरीमा फसेर सरकारलाई थप बदनाम गराउने कार्य भएको छ । भाषणमा भ्रष्टाचारमा शून्य सहनशीलता भत्रे तर व्यवहारमा भ्रष्टाचार नै सदाचार बनेको देखिन्छ । भ्रष्टाचाररूपी तालमा चुर्लुम्मै डुबेर जुन किसिमले नग्नता प्रदर्शन गरिँदै छ, त्यसले नेकपाको लोकप्रियता मात्रै घटाएको छैन, समग्र राष्ट्रको विकासको गतिमा पनि अवरोध सिर्जना भएको छ ।

विदेश नीति पञ्चशील र असंलग्नता हिसाबले तटस्थ तथा सामाजिक दृष्टिले सन्तुलित र प्रतिरक्षात्मक हुनुपर्छ

राष्ट्रवादका नाममा खोक्रो र क्षणिक राष्ट्रवादको प्रदर्शन गर्ने कामले अन्ततः सम्बन्धमा चीसोपन बढाउने मात्र कार्य हुने भएकाले आवश्यक र सच्चा राष्ट्रियताका सवाल तर्कसंगत हुनेगरी प्रस्तुत हुनुपर्छ । अमेरिकी सहयोगसँग सम्बन्धित मिलियम च्यालेन्ज कर्पोरेसन–एमसीसी) को सवाल झनै जटिल बन्दै गएको देखिन्छ । नेकपाभित्रै यसको पक्ष र विपक्षमा मतहरू जहेर भइरहेका छन् । कुनै पनि अनुदानमार्फत हुने कार्यमा दाताराष्ट्रको केही स्वार्थ निश्चित रूपमा हुने गर्छ । त्यसैले, कुन हदसम्मका र कस्ता स्वार्थ छन् भत्रे निक्र्यौल गरी आफ्नो हितमा छ भने एकमतका साथत्यस्ता सहयोग लिन सक्नुपर्छ । विकासका लागि दातृराष्ट्रको सहयोग महŒवपूर्ण भएर पनि स्वीकार गर्ने वातावरण निर्माण गर्न विलम्ब गर्दा अनेकौं प्रश्नहरू उठेका छन् ।

हाम्रो विदेश नीति पञ्चशील र असंलग्नता कूटनीतिक हिसावले तटस्थता तथा सामाजिक दृष्टिले सन्तुलित र प्रतिरक्षात्मक हुनुपर्नेमा वर्तमान सरकार यसबाट चक्दै गएकाले हाम्रो कूटनीतिक क्षमता दिनप्रति दिन क्षय हुँदै छ । शक्तिमा नभएर पनि लुलो र वैधानिकतामा मजबुत भएर पनि कमजोर अनि खतरा नबनेको देखिने वर्तमान सरकारले देश जनता र लोकतन्त्रका पक्षमा कुनै कार्य भने सकेको देखिन्न । हाम्रो भूराजनीतिक परिवेश अनि आर्थिक रूपमा कमजोर राष्ट्रले भारत चीन र अमेरिकासँग मैत्रीपूर्ण सम्बन्ध विस्तार गर्दै देशको हितमा हुने सबैखाले सहयोग लिन सक्ने वातावरणको सिर्जना गर्नु पनि आजको आवश्यकता बनेको छ ।

हाम्रो संविधान २०७२ जारी भएपश्चात् भारतले अघोषित नाकाबन्दी लगाई ६ महिनाभन्दा बढी समय जसरी दुःख दियो । त्यसबेलाको र हालका प्रधानमन्त्री खरो राष्ट्रवादीका रूपमा उत्रिएका थिए । तर, दोस्रोपटक प्रधानमन्त्री त्यो पनि झन्डै दुई तिहाइ बहुमतको शक्तिशाली हुँदा पनि झनै दुर्बल र भारतसामु ‘त्वम् शरणम्’ हुँदा उदेक लाग्छ । एउटै व्यक्तिको विलकुलै फरक प्रस्तुति, त्यो पनि छोटो समयको बीचमा । हामी दुवै सीमासँग जोडिएको भारत र चीनलाई छिमेकीबाट बदल्न सक्दैनौं । त्यसैले, सहज रूपले लाग्नुपर्छ । चीन पनि नेपालसँग सम्बन्ध बिगार्न चाहँदैन । दुवै उत्तिकै महŒवका छन् भन्ने भावनाका साथ वार्ता बसेर सम्बन्ध सुमधुर बनाउनुपर्छ ।

भारत र नेपालका बीचमा अनेकौं विषय मिल्ने धर्म संस्कृति, भाषा संस्कृति, संस्कार चाडपर्व तथा वैवाहिक सम्बन्धसमेत ज्यादा भएकाले एक ढंगले भत्रे हो भने दाजुभाइको जस्तो निकटता रहेको देखिन्छ । आपसमा मिलेर सौहार्दपूर्ण वातावरणमा सीमाका ’boutमा उठेका विवादलाई दीर्घकालीन रूपमा टुंग्याउनुपर्छ । हामी सबल र सच्चा मित्र बन्दै अनावश्यक हस्तक्षेप र थिचोचिोबाट पनि मुक्त हुने मार्ग सुनिश्चित बन्दै जानेछ ।

तपाइको प्रतिक्रिया
(Visited 146 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कपिलवस्तुमा १३ जनाको उम्मेदवारी रद्द