Thursday, October 1, 2020
Home प्रदेश प्रदेश ३ पाटन कृष्ण मन्दिर नखुल्ने: कृष्ण यात्रा पनि स्थगित

पाटन कृष्ण मन्दिर नखुल्ने: कृष्ण यात्रा पनि स्थगित

ललितपुर । दिनदिनै उपत्यकामा कोरोना भाइरसको जोखिम बढ्दै गएका कारण यस वर्ष श्रीकृष्ण जन्माष्टमीका दिन पाटनको कृष्णमन्दिर नखुल्ने भएको छ । मन्दिर दर्शनका लागि खोल्दा भक्तजनहरुको बाक्लो उपस्थिति भई संक्रमण सर्ने खतरा भएकाले मनिदर नखोल्ने भएको पाटनस्थित मंगल टोल सुधार समितिले जनाएको छ ।

समितिसँगै ललितपुर महानगरपालिकाले पनि संक्रमणको जोखीम रहेको भन्दै पाटन दरबार स्क्वायर क्षेत्रमा रहेको ढुंगैढुंगाले बनेको कलात्मक कृष्ण मन्दिर नखोल्ने बताएको हो ।

ललितपुर महानगरपालिका र मंगल टोल सुधार समितिले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै मन्दिर बन्द रहने जानकारी दिएका हुन् । हरेक वर्ष भव्य रुपमा मनाइने श्रीकृष्ण जन्माष्टमी यो वर्ष मंगलबार परेको छ । ‘श्रीकृष्ण जन्माष्टमीको पावन दिनमा सम्पूर्ण भक्तजनहरुलाई आफ्नै घरमा भगवान् श्रीकृष्णको पूजा अर्चना गरी परम्परालाई निरन्तरता दिन हुन अनुरोध गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।

सिद्धिनरसिंह मल्लका पालामा बनेको सो मन्दिर ०७२ सालको भूकम्पमा परी आंशिक क्षति भएको थियो । मन्दिरमा क्षती पुग्दा ०७३ र ०७४ को कृष्णजन्माष्टमीमा मन्दिर घुम्न र बाहीरैबाट परिक्रमा गर्ने मात्र ब्यवस्था मिलाइएको थियो । २ वर्ष अघिदेखी मात्र मन्दिर भित्र दर्शन गर्ने ब्यवस्था मिलाइएको थियो । तर फेरी यसपाली कोरोना भाइरसले गर्दा मन्दिरमा मूल पूजा बाहेक सर्बसाधारणले भित्र प्रवेश गर्न पाउदैनन् ।

महादेव मन्दिर बनाउन राखिएको जग्गामा सपनामा कृष्णले मन्दिर बनाउन भनेपछि राजा सिद्धिनरसिंह मल्लले खन्न लगाउँदा जमिनमुनि कृष्णको मन्दिर फेला परेको किम्बदन्ति छ । त्यसपछि तल कृष्ण र माथि शिवको मन्दिर स्थापना गरिएको अघिल्ला पुजारी विष्णुधर राजोपाध्यायले बताए ।

विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा रहेका स्मारकमध्ये कृष्ण मन्दिरलाई महत्वपूर्ण मानिन्छ । तीन तले शिखर शैलीको उत्कृष्ट नमूनाका रूपमा मानिएको मन्दिरमा २१ गजुर रहेका छन् । १७औँ शताब्दीमा पाटनका राजा सिद्धिनरसिंह मल्लले यो मन्दिरको निर्माण गर्न लगाएर कृष्ण लीलामा आधारित कात्तिक नाच चलाएका थिए । ३ मध्ये मध्य तलामा कृष्णको मूर्ति रहेको छ । मूर्तिको वरिपरि भगवान बिष्णुका १० अवतार छन् । मन्दिरका वरिपरिका थामहरुमा विभिन्न देवी–देवताको मूर्ति पनि कुँदिएको छ ।

पाटन र चापागाउँमा कृष्ण यात्रा नहुने
ललितपुरको पाटनमा बुधबार हुने कृष्ण यात्रा पनि कोरोना सक्रमितको संख्या बढ्दै र्गएको भन्दै स्थगित गरिएको छ । कृष्ण जन्माष्टमीका भोलीपल्ट कृषण यात्रा गरिने चलन छ । यसपाली भने यात्रा नहुने मंगल टोल सुधार समितिका अध्यक्ष किरण मान प्रधानले जानकारी दिए ।

गोदारी नगरपालिका वडा नम्बर ११ मा रहेको कृष्ण मनिदरमा सामाजिक दुरी कायम गरेर मंगलबार दर्शनको ब्यवस्था मिलाइएको श्रीकृष्ण जन्माष्टमी जात्रा मूल समारोह समितीका सचिव उमेश कायस्थले जानकारी दिए । तर कृष्ण अष्टमीको भोलीपल्ट बुधबार गर्ने भनिएको कृष्ण यात्रा भने स्थगित गरिएको उनले बताए ।

अघिल्ला वर्षहरुमा भगवान कृष्णलाई मन्दिरबाट निकालेर खटमा राखी चापागाउँबाट झ्यालीपाटी, बज्रबाराही हुँदै बुलु, प्याङगाउँसम्म घुमाई फेरी चापागाउँकै मन्दिरमा लगेर राख्ने चलन छ । राती भगवान कृष्ण जन्मेको मानेपछि यात्रा गर्ने चलन रही आएको छ । यस्तै बिहीबार हुने भनिएको भिमसेन जात्रा पनि नहुने भएको छ । भीमसेनको मन्दिरमा सामाजिक दुरी कायम गरी दर्शन गर्ने व्यवस्था भने मिलाइएको छ

(Visited 54 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

कार्यालय सहयोगीले ‘मैले नै हो नागरिकता सिफारिस गर्ने’ भन्दै घुस लिएपछि

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका एक कर्मचारी घुससहित पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका–१३ का कार्यालय सहयोगी दिलिप पञ्जियारलाई अख्तियारको टोलीले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा...

नेपाल-भारत सीमा नाका खोल्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

जनकपुरधाम । सीमा बन्द हुँदा दुवै देशको जनतालाई कठिनाई भइरहेको खबर आइरहेको बेला नेपाल–भारत खुल्ला सीमा सम्वाद समूह र व्यापारीहरुको संस्थाले नेपाल-भारत सीमा खोल्न...

रुपन्देही र बाँकेमा कोरोनाबाट थप ४ जनाको मृत्यु

बुटवल । रुपन्देही र बाँकेमा कोरोना सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको छ । रुपन्देहीमा लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा बुधबार बेलुका मृत्यु भएका...

मुख्य सचिव रेग्मीले दिए राजीनामा

काठमाडौँ । मुख्सचिव लोकदर्शन रेग्मीले राजीनामा दिएका छन् । रेग्मीले आफ्नो कार्यकाल सकिनु अघि नै राजीनामा दिएका हुन् । बिहीबार उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष...

भर्खरै

समाचार प्रभाव : ठेकेदारले फिर्ता गरे कमिसन रकम

गुल्मी । विभिन्न संचार माध्यममा समाचार प्रकाशित भएपछि जिल्लाको रुरुक्षेत्र गाउँपालिकाको लागि ट्याक्टर खरिद गरेका ठेकेदारले किसानहरुसँगबाट लिएको कमिसन रकम फिर्ता गरेका छन् । रुरुक्षेत्र...

कार्यालय सहयोगीले ‘मैले नै हो नागरिकता सिफारिस गर्ने’ भन्दै घुस लिएपछि

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका एक कर्मचारी घुससहित पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका–१३ का कार्यालय सहयोगी दिलिप पञ्जियारलाई अख्तियारको टोलीले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा...

नेपाल-भारत सीमा नाका खोल्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

जनकपुरधाम । सीमा बन्द हुँदा दुवै देशको जनतालाई कठिनाई भइरहेको खबर आइरहेको बेला नेपाल–भारत खुल्ला सीमा सम्वाद समूह र व्यापारीहरुको संस्थाले नेपाल-भारत सीमा खोल्न...

रुपन्देही र बाँकेमा कोरोनाबाट थप ४ जनाको मृत्यु

बुटवल । रुपन्देही र बाँकेमा कोरोना सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको छ । रुपन्देहीमा लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा बुधबार बेलुका मृत्यु भएका...

धेरै पढिएका

भेन्टिलेटर र आइसियूको चरम अभाव

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्ला दिनमा लक्षणसहितका कोरोना संक्रमितको संख्या बढ्न थालेपछि अस्पतालमा आइसियू र भेन्टिलेटरको अभाव देखिन थालेको छ । यही अनुपातमा संक्रमितको संख्या...

झ्याङछ्युब छ्योर्तेनको ह्राप्ने सम्पन्न

सिन्धुपाल्चोक । झ्याङछ्युब छ्योर्तेन (बोधिसत्व स्तुपा) को ह्राप्ने (प्राण प्रतिष्ठा) सम्पन्न भएको छ । सिन्धुपाल्चोक जिल्ला लिसंखु पाखर गाउँपालिका–२, लिसंखु (ह्रिस्याङगो) मा निर्मित छ्योर्तेनलाई...

प्रमाद, प्रहसन र तमासा

दार्शनिक फ्रेडरिक नित्सेले भनेका छन्, ‘जबजब म माथिमाथि चढ्दै जान्छु, तबतब अहंकार नामको कुकुर मेरो पछि लाग्दछ ।’ नेपाल अहिले इतिहासको यस्तो घडीमा उभिएको...

उच्च ज्वरो आएको बिरामीलाई अस्पतालले भर्ना गर्न नमानेपछि बाटैमा मृत्यु

इटहरी । अस्पतालले भर्ना गर्न नमान्दा सुनसरीका एकजना युवाको मृत्यु भएको छ । सुनसरीका २७ बर्षीय रवीन्द्र यादवलाई मोरङका विभिन्न अस्पतालहरुले भर्ना गर्न नमानेपछि...

ई-पेपर

(Visited 64 times, 1 visits today)