Thursday, October 1, 2020
Home Not-to-be-missed इंग्ल्यान्डको रोमाञ्चक जित

इंग्ल्यान्डको रोमाञ्चक जित

लन्डन । पाकिस्तानविरुद्ध पहिलो टेस्टमा घरेलु टोली इंग्ल्यान्डले ४ विकेटको रोमाञ्चक जित निकाल्दै तीन टेस्ट सिरिजमा १–० को अग्रता लिएको छ । चौथो दिन शनिबार राति भएको खेलमा हारनजिक पुगेको इंग्ल्यान्डका लागि तल्लोक्रमका ब्याट्सम्यानले उत्कृष्ट ब्याटिङ गरेपछि तीन विकेटको रोमाञ्चक जित निकालेको हो ।

२ सय ७७ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ८२ ओभर १ बलमा ७ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । एक समय ११७–५ को अवस्थामा पुगेको इंग्ल्यान्डलाई छैटौं विकेटका लागि क्रिस वोक्स र जस बटलरले १ सय ३९ रनको उत्कृष्ट साझेदारी गर्दै जितको आधार देखाए । क्रिस वोक्स १ सय २० बलमा १० चौकासहित ८४ रनमा अविजित रहे । बटलर ७५ रनमा आउट भए । पाकिस्तानका यासिर शाहले सर्वाधिक ४ विकेट लिए । मोहम्मद अब्बास, नसिम शाह र शाहिन अफ्रिदीले १–१ विकेट लिए ।

त्यसअघि दोस्रो इनिङमा पाकिस्तान ४६ ओभर ४ बलमा १ सय ६९ रनमा अलआउट भएको थियो । त्यसअघि इंग्ल्यान्ड पहिलो इनिङमा ७० ओभर ३ बलमा २ सय १९ रनमा अल आउट भएपछि १ सय ७ रनले पछि परेको थियो । पाकिस्तान पहिलो इनिङमा १०९ ओभर ३ बलमा ३ सय २६ रनमा अल आउट थियो । तीन टेस्ट सिरिजअन्तर्गत दोस्रो खेल अगस्ट १३ देखि साउथ ह्याम्टनमा सुरु हुनेछ ।

(Visited 16 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

मुख्य सचिव रेग्मीले दिए राजीनामा

काठमाडौँ । मुख्सचिव लोकदर्शन रेग्मीले राजीनामा दिएका छन् । रेग्मीले आफ्नो कार्यकाल सकिनु अघि नै राजीनामा दिएका हुन् । बिहीबार उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष...

एकैदिन १५५९ जनामा कोरोना पुष्टि, १०५७ जना डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ५५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ७७ हजार...

पहिरोले बासै उठेपछि विद्यालयमा काजक्रिया गर्दै

वालिङ । पहिरोले परिवारका नौ सदस्यसहित बासै उठेपछि भोजराज नेपालीले विद्यालयमा बसेर काजक्रिया गरेका छन् । स्याङ्जाको वालिङ–१४ तमादीमा गत बिहीबार माया नेपालीको घरमाथिबाट आएको...

हिरासतमा मृत्यु भएको घटनाको संसदीय टोलीद्वारा अनुसन्धान

जनकपुरधाम । प्रदेश २ को विभिन्न जिल्लामा दलितहरुको शंकास्पद मृत्यु भएपछि संघीय सांसदको टोलीले अध्ययन शुरु गरेको छ । केही व्यक्तिको प्रहरी हिरासतमै मृत्यु...

भर्खरै

दोलखाका शैक्षिक संस्था पूर्ण रुपमा बन्द गर्न निर्देशन

दोलखा । जिल्लामा कोरोनाको लक्षणसहितका सङ्क्रमित फेला परेपछि जिल्ला कोभिड –१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले आजदेखि शैक्षिक संस्था पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएको...

इजरायली श्रम बजार नेपालीका लागि खुला

काठमाडौं । इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएसँगै इजरायली श्रम बजार नेपाली युवाका लागि खुला भएको छ । नेपाल...

निगम भन्छ : नेपाली पाइलटले नै धेरै तलब बुझ्छन्

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विदेशी विमानचालक (पाइलट) ले भन्दा नेपाली पाइलटले धेरै तलब बुझ्ने गरेको जनाएको छ । कोभिड–१९ महामारीको...

शंकरदास वैरागी मुख्यसचिव, रेग्मीलाई बेलायतको राजदूतमा सिफारिस

काठमाडौं । सरकारले मुख्यसचिवमा शंकरदास वैरागीलाई नियुक्त गरेको छ । विहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले वैरागीलाई नयाँ मुख्यसचिवमा नियुक्त गरेको हो । मुख्यसचिव लोकदर्शन...

धेरै पढिएका

दिवेश पोखरेल बने अमेरिकन आइडलको उपविजेता

काठमाडौं । काठमाडौ रवीभवनका नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपाधिको उपविजेता बनेका छन् । उपाधीका लागि भएको...

बर्दियामा एकै दिन थपिए १५ जना कोरोना संक्रमित

बर्दिया । बर्दियामा शुक्रबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेको नेपालगंजस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बढैयाताल गाउँपालिकाका ९ जना,...

ट्राफिक प्रहरीमा कोरोना संक्रमण देखिएपछि महाशाखा सिल

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका दुई प्रहरी कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि ट्राफिक महाशाखा सिल गरिएको छ । गत शुक्रबार नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको...

रौतहटमा वडाध्यक्षमा देखियो कोरोना, १२ सय ८१ जना संक्रमित निको

रौतहट । रौतहटको राजदेवि नगरपालिकाको एक वडा अध्यक्षमा कोरोना संक्रमण पुष्टी भएको छ । संघिय राजधानी काठमाडौँ जानको लागि पिसिआर परिक्षण गराउँदा उनलाई कोरोना...

ई-पेपर

(Visited 64 times, 1 visits today)