Thursday, October 1, 2020
Home खेल खेलाडीको पीसीआर परीक्षण सोमबार र मंगलबार

खेलाडीको पीसीआर परीक्षण सोमबार र मंगलबार

काठमाडौं । कतार विश्वकप २०२२ र एसियन कप २०२३ को दोस्रो चरणको खेलका लागि बन्द प्रशिक्षणमा रहेका नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका खेलाडीहरूको कोरोना परीक्षण सोमबार र मंगलबार हुने भएको छ ।

एक महिनाको योजनामा राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गर्नुअघि बन्द प्रशिक्षणमा रहेका सबै खेलाडी, कोचिङ स्टाफ, टिम अफिसियल, होस्टेल स्टाफको कोरोना परीक्षण गर्न लागेको एन्फाले जनाएको छ ।

सबैको परीक्षण पाटन अस्पताल लगनखेलमा हुनेछ । दुईदुई दिनमा सबैको कोरोना परीक्षण सकिने एन्फाले जनाएको छ । एन्फाले प्रशिक्षणका लागि १७ बुदे प्रोटोकल तयार पारिसकेको छ । नेपाली टोलीले १ भदौबाट प्रशिक्षण थाल्ने तयारी गरेको छ । सुन्दर ढोका साथी सेवाको समन्वयमा एन्फाले बिहीबार एन्फा होस्टेल र एन्फा कार्यालयलाई डिसइन्फेक्सन गरिसकेको छ । परिक्षणको रिपोर्ट आएपछि खेलाडीलाई एन्फा होस्टेलमा राखिनेछ । प्रशिक्षण अवधिभर खेलाडीले होस्टेल छाड्न पाउनेछैन ।

बन्द प्रक्षिणमा ३४ खेलाडीलाई डाकिएको छ । मुख्य प्रशिक्षक योहान कालिन नरहेको अवस्थामा सहायक प्रशिक्षक किरण श्रेष्ठले नेपाली टोलीलाई प्रशिक्षण दिनेछ । गोलकिपिङ प्रशिक्षकमा एन्फाले राष्ट्रिय टोलीका पूर्वगोलरक्षक विकास मल्ललाई नियुक्त गरिसकेको छ । एन्फाले १० देखि १२ जनासम्मको समूहमा राखेर खेलाडीलाई प्रशिक्षणमा सहभागी गराउने तयारी गरेको छ ।

नेपालले घरेलु मैदान दशरथ रंगशालामा ८ अक्टोबरमा चाइनिज ताइपेई, १३ अक्टोबरमा अस्ट्रेलिया तथा १३ नोभेम्बरमा जोर्डनसँग खेल्ने तालिका छ ।

(Visited 24 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

कार्यालय सहयोगीले ‘मैले नै हो नागरिकता सिफारिस गर्ने’ भन्दै घुस लिएपछि

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका एक कर्मचारी घुससहित पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका–१३ का कार्यालय सहयोगी दिलिप पञ्जियारलाई अख्तियारको टोलीले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा...

नेपाल-भारत सीमा नाका खोल्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

जनकपुरधाम । सीमा बन्द हुँदा दुवै देशको जनतालाई कठिनाई भइरहेको खबर आइरहेको बेला नेपाल–भारत खुल्ला सीमा सम्वाद समूह र व्यापारीहरुको संस्थाले नेपाल-भारत सीमा खोल्न...

रुपन्देही र बाँकेमा कोरोनाबाट थप ४ जनाको मृत्यु

बुटवल । रुपन्देही र बाँकेमा कोरोना सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको छ । रुपन्देहीमा लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा बुधबार बेलुका मृत्यु भएका...

मुख्य सचिव रेग्मीले दिए राजीनामा

काठमाडौँ । मुख्सचिव लोकदर्शन रेग्मीले राजीनामा दिएका छन् । रेग्मीले आफ्नो कार्यकाल सकिनु अघि नै राजीनामा दिएका हुन् । बिहीबार उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष...

भर्खरै

कविता : भो नसुत डा. केसी !

  भ्रष्टाचारी, तस्करको अखडामा निशास्सिएको शहरमा निर्दालाई मुर्दा बनाएर कुटिन्छ यहाँ, के गर्छौ र डा. केसी तिम्रा शरिरका रौ हरु पलपल गनि गनि लुटिन्छ यहाँ, तिमी नखाएर सुत्छौ त...

समाचार प्रभाव : ठेकेदारले फिर्ता गरे कमिसन रकम

गुल्मी । विभिन्न संचार माध्यममा समाचार प्रकाशित भएपछि जिल्लाको रुरुक्षेत्र गाउँपालिकाको लागि ट्याक्टर खरिद गरेका ठेकेदारले किसानहरुसँगबाट लिएको कमिसन रकम फिर्ता गरेका छन् । रुरुक्षेत्र...

कार्यालय सहयोगीले ‘मैले नै हो नागरिकता सिफारिस गर्ने’ भन्दै घुस लिएपछि

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका एक कर्मचारी घुससहित पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका–१३ का कार्यालय सहयोगी दिलिप पञ्जियारलाई अख्तियारको टोलीले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा...

नेपाल-भारत सीमा नाका खोल्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

जनकपुरधाम । सीमा बन्द हुँदा दुवै देशको जनतालाई कठिनाई भइरहेको खबर आइरहेको बेला नेपाल–भारत खुल्ला सीमा सम्वाद समूह र व्यापारीहरुको संस्थाले नेपाल-भारत सीमा खोल्न...

धेरै पढिएका

यथाशीघ्र छिटो वार्ता समिति गठन होस् : भूपू गोर्खा सैनिक

काठमाडौँ । भूतपूर्व ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समिति गोर्खा सैनिकले उठाउँदै आएको निवृत्तीभरण र क्षतिपूर्तिलगायतका मुद्दा सम्बोधन गर्न यथाशीघ्र छिटो वार्ता...

कोरोना महामारीपछि नयाँ शिक्षा प्रणालीको आवश्यकता : प्रचण्ड

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना भाइरस महामारीको सङ्कटले विश्वमा नयाँ शिक्षा प्रणालीको आवश्यकतालाई इङ्गित गरेको...

प्रदेश २ मा कोरोना संक्रमितको सङ्ख्या १३१ पुग्यो

जनकपुरधाम । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या १३१ पुगेको छ । समाजिक विकास मन्त्रालयको कोरोनासम्बन्धी तथ्याङ्कअनुसार यस प्रदेशमा आइतबारसम्ममा १२२ जना कोरोना सङ्क्रमित...

ज्लाटनले मिलान छाड्ने

रोम । स्विडिस भेट्रान फरवार्ड ज्लाटन इभ्राहिमोभिचले इटालियन सिरी ‘ए’ क्लब एसी मिलान छोड्न तयार रहेको बताएका छन् । ज्लाटन क्लबको व्यवस्थापनप्रति...

ई-पेपर

(Visited 64 times, 1 visits today)