धनकुटा । धनकुटाका थप एक जना पुरुषमा आज कोरोना संक्रमण पुष्टि भएको छ । धनकुटा नगरपालिका–२ का ३२ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान परीक्षण गर्दा उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईले जानकारी दिए ।
केही दिन अघि कुवेतबाट आएका उनी औद्योगिक ग्राममा निर्माण गरिएको क्वारेनटाईनमा छन् । उनीसँगै क्वारेनटाईनमा रहेका र कन्ट्राक्ट ट्रेसिङमा परेका ३८ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएको थियो । बाँकी ३७ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
योसँगै धनकुटामा कोरोना संक्रमण पुष्टि भएका व्यक्तिको संख्या १७ पुगेको छ । यसअघि संक्रमण पुष्टि भएका १६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 172 times, 1 visits today)