Thursday, October 1, 2020
Home खेल विश्वकप छनोट खेल्ने राष्ट्रिय फुटबल टोलीको कोरोना परीक्षण

विश्वकप छनोट खेल्ने राष्ट्रिय फुटबल टोलीको कोरोना परीक्षण

काठमाडौँ । फिफा विश्वकप छनोट र एशियन कप छनोटका लागि बन्द प्रशिक्षणमा डाकिएका राष्ट्रिय फुटबल टोलीका ११ खेलाडीसहित २५ जनाकोे कोरोना परीक्षण गरिएको छ । लगनखेलस्थित पाटन अस्पतालमा आज पहिलो चरणमा ११ खेलाडीसहित एक प्रशिक्षक, एक फिजियो र एन्फा होस्टलका १२ कर्मचारीसहित २५ जनाको कोरोना परीक्षण गरिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

कोरोना परीक्षण गर्ने खेलाडीमा विशाल राई, रन्जीत धिमाल, मिक्चेन तामाङ, रवि पासवान, दर्शन गुरुङ, विमल राना, दीप कार्की, दिलेन लोप्ताङ, छिरिङ गुरुङ, देवेन्द्र तामाङ र पुजन उपरकोटी रहेका छन् ।

त्यसैगरी फिजियोमा आविष्कार पुडासैनी र प्रशिक्षक किरण श्रेष्ठको पनि परीक्षण गरिएको छ । बाँकी खेलाडी र अफसियलको कोरोना परीक्षण भने भोलि गर्ने एन्फाले जनाएको छ । भोलि हुने खेलाडीमा विक्रम लामा, सुभास गुरुङ, सुजल श्रेष्ठ, सुनिल वल, रोहित चन्द, अभिषेक रिजाल, किरण चेमजोङ, विकेश कुथु, विशाल श्रेष्ठ, सरोज दाहाल, अनन्त तामाङ र अजित भण्डारी छन् ।

त्यसैगरी तेज तामाङ, अमित तामाङ, एरिक बिष्ट, अन्जन बिष्ट, आशिष लामा, विकास खवास, नवयुग श्रेष्ठ, सुमन अर्याल, शेशेहाङ आङ्दम्वे, जर्ज प्रिन्स कार्की र भरत खवासको कोरोना परीक्षण भोलि हुने एन्फाले जनाएको छ ।

विश्वकप छनोटका लागि एन्फाले राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण भदौ १ गतेबाट शुरु गर्ने तयारी गरेको छ । फिफा विश्वकप २०२२ छनोटअन्तर्गत नेपालले तीन होम खेल खेल्दैछ । दशरथ रङ्गशालामा हुने तीन खेल असोज र कात्तिकमा आयोजना हुनेछ ।

समूह ‘बी’मा रहेको नेपालले पाँच खेलबाट तीन अङ्क जोडेको छ । चाइनिज ताइपेईलाई पराजित गरेको नेपाल समूहको चौथो स्थानमा छ । यस समूहको शीर्ष स्थानमा अष्ट्रेलिया छ ।

(Visited 37 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

रुपन्देही र बाँकेमा कोरोनाबाट थप ४ जनाको मृत्यु

बुटवल । रुपन्देही र बाँकेमा कोरोना सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको छ । रुपन्देहीमा लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा बुधबार बेलुका मृत्यु भएका...

मुख्य सचिव रेग्मीले दिए राजीनामा

काठमाडौँ । मुख्सचिव लोकदर्शन रेग्मीले राजीनामा दिएका छन् । रेग्मीले आफ्नो कार्यकाल सकिनु अघि नै राजीनामा दिएका हुन् । बिहीबार उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष...

त्रिविको ‘गोल्डमेडल’ किन्ने वकिललाई १४ महिना कैद

काठमाडौं । विशेष अदालतले घूस खुवाएर त्रिभुवन विश्वविद्यालय स्नातकोत्तर परीक्षामा उत्कृष्ट अंक पाएका विद्यार्थी र त्यसमा संलग्न कर्मचारीलाई कैद र जरिमाना हुने फैसला सुनाएको...

दल दर्ता गर्न संघीय संरचना अनिवार्य

काठमाडौं । निर्वाचन आयोगले आयोगमा नयाँ दल दर्ता गर्न संविधानअनुसार दलको संघीय संरचना अनिवार्य गरेको छ । आयोगले संविधानमा भएको संघीय संरचनाअनुसारको मुलुकको ढाँचाको स्वरूपसहित...

भर्खरै

नेपाल-भारत सीमा नाका खोल्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

जनकपुरधाम । सीमा बन्द हुँदा दुवै देशको जनतालाई कठिनाई भइरहेको खबर आइरहेको बेला नेपाल–भारत खुल्ला सीमा सम्वाद समूह र व्यापारीहरुको संस्थाले नेपाल-भारत सीमा खोल्न...

रुपन्देही र बाँकेमा कोरोनाबाट थप ४ जनाको मृत्यु

बुटवल । रुपन्देही र बाँकेमा कोरोना सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको छ । रुपन्देहीमा लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा बुधबार बेलुका मृत्यु भएका...

दोलखाका शैक्षिक संस्था पूर्ण रुपमा बन्द गर्न निर्देशन

दोलखा । जिल्लामा कोरोनाको लक्षणसहितका सङ्क्रमित फेला परेपछि जिल्ला कोभिड –१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले आजदेखि शैक्षिक संस्था पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएको...

इजरायली श्रम बजार नेपालीका लागि खुला

काठमाडौं । इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएसँगै इजरायली श्रम बजार नेपाली युवाका लागि खुला भएको छ । नेपाल...

धेरै पढिएका

मन्त्रिपरिषदबाट पास भयो लिम्पियाधुरासम्म समेटिएको नेपालको नयाँ नक्सा

काठमाडौं । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्सा पारित गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको सरकारका...

कोरोनाविरुद्ध सचेतना अभियानमा जुटे बर्दियाली युवा

बर्दिया । विश्वभर महामारीको रुप लिइरहेको कोरोना भाइरसविरुद्ध सचेतना अभियानलाई तिव्रता दिइएको छ । कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि जिल्ला...

बम बिस्फोट गराउदै रकम असुल्ने पक्राउ

बारा । बम बिस्फोट एवं सगठित अपराध मुद्धाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराले संगठित मुद्धाका फरार प्रतिवादी परवानीपुर...

अयोध्या भारतको होइन, नेपालकै हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नक्कली अयोध्या खडा गरेर नेपालको सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको दाबी गरेका छन् । प्रधानमन्त्री ओलीले यस प्रकरणमा...

ई-पेपर

(Visited 64 times, 1 visits today)