Thursday, October 1, 2020
Home राजनीति सरकार असफल भयो : यादव

सरकार असफल भयो : यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न सरकार असफल भएको बताएका छन् ।

जसपा कार्यकारिणी समितिको बैठकमा वर्तमान राजनीतिक अवस्थाको बारेमा बिहिबार बोल्दै अध्यक्ष यादवले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका साथै बाढीपहिरो पीडितका लागि सरकारले केही पनि नगरेको बताए ।

पछिल्लो समय सरकारले गर्नुपर्ने पुर्व तयारी नगरेकाले जनताले दुख पाईरहेको उनले बताए । मुलुकमा महामारी फेलिरहेको अवस्थामा कुर्सी जोगाउँनका लागि भईरहेको खेलमा सरकार व्यस्त रहेको आरोप उनले लगाए ।

पुर्व उपप्रधानमन्त्री समेत रहेका जसपा अध्यक्ष यादवले बैकल्पिक शक्तिको रुपमा पार्टीलाई अगाडी बढाउँने बताए । पार्टी समायोजन, जिम्मेवारी बाँडफाँड गर्दै पार्टीलाई अगाडी बढाउँन आवश्यक रहेको बताए ।

जसपा वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीको निति, सिद्धान्त, विचारको बारेमा धारणा राख्दै संविधानमा रहेका त्रुटिलाई सच्याउँदै अगाडी बढनुको बिकल्प नभएको बताए ।

वर्तमान सरकारले जनताको समस्या समाधान गर्न असफल रहेको बताउँदै उनले बिकल्पको खोजी हुनुपर्ने बताए । जनता पिडामा रहेका बेला सत्ताको खेल भईरहेको बताउँदै सरकारले जनताको समस्या समाधानमा केन्द्रीत हुनुपर्ने उनले बताए ।

जसपा कार्यकारिणी समितिको बैठक बुधबारदेखी शुरु भएको छ । बैठकमा जिम्मेवारी बाँडफाँड, समायोजन लगायतका प्रतिबेदनका बारेमा छलफलका साथै प्रशिक्षण पनि दिने एजेण्डा रहेको छ । बैठक ६ दिनसम्म चल्ने जसपा कार्यकारिणी सदस्य रामसहाय यादवले बताए ।

(Visited 357 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

रुपन्देही र बाँकेमा कोरोनाबाट थप ४ जनाको मृत्यु

बुटवल । रुपन्देही र बाँकेमा कोरोना सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको छ । रुपन्देहीमा लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा बुधबार बेलुका मृत्यु भएका...

मुख्य सचिव रेग्मीले दिए राजीनामा

काठमाडौँ । मुख्सचिव लोकदर्शन रेग्मीले राजीनामा दिएका छन् । रेग्मीले आफ्नो कार्यकाल सकिनु अघि नै राजीनामा दिएका हुन् । बिहीबार उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष...

त्रिविको ‘गोल्डमेडल’ किन्ने वकिललाई १४ महिना कैद

काठमाडौं । विशेष अदालतले घूस खुवाएर त्रिभुवन विश्वविद्यालय स्नातकोत्तर परीक्षामा उत्कृष्ट अंक पाएका विद्यार्थी र त्यसमा संलग्न कर्मचारीलाई कैद र जरिमाना हुने फैसला सुनाएको...

दल दर्ता गर्न संघीय संरचना अनिवार्य

काठमाडौं । निर्वाचन आयोगले आयोगमा नयाँ दल दर्ता गर्न संविधानअनुसार दलको संघीय संरचना अनिवार्य गरेको छ । आयोगले संविधानमा भएको संघीय संरचनाअनुसारको मुलुकको ढाँचाको स्वरूपसहित...

भर्खरै

रुपन्देही र बाँकेमा कोरोनाबाट थप ४ जनाको मृत्यु

बुटवल । रुपन्देही र बाँकेमा कोरोना सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको छ । रुपन्देहीमा लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा बुधबार बेलुका मृत्यु भएका...

दोलखाका शैक्षिक संस्था पूर्ण रुपमा बन्द गर्न निर्देशन

दोलखा । जिल्लामा कोरोनाको लक्षणसहितका सङ्क्रमित फेला परेपछि जिल्ला कोभिड –१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले आजदेखि शैक्षिक संस्था पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएको...

इजरायली श्रम बजार नेपालीका लागि खुला

काठमाडौं । इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएसँगै इजरायली श्रम बजार नेपाली युवाका लागि खुला भएको छ । नेपाल...

निगम भन्छ : नेपाली पाइलटले नै धेरै तलब बुझ्छन्

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विदेशी विमानचालक (पाइलट) ले भन्दा नेपाली पाइलटले धेरै तलब बुझ्ने गरेको जनाएको छ । कोभिड–१९ महामारीको...

धेरै पढिएका

नेकपाको आजको बैठकले पार्टीलाई अतितको कचिङ्गलबाट मुक्त गर्ने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समितिको वैठक आज बस्दैछ । लामो समयदेखि विवाद र बहसपछि आज बस्ने स्थायी समितिको वैठकले...

रिर्सोटमा मृत भेटिएकी युवतीसंग बस्ने युवा प्रहरी रहेको खुलासा

डडेलधुरा । डडेल्धुराको सदरमुकाममा रहेको रातो गुराँस रिर्सोटको बाथरुमामा मृत भेटिएकी युवतीसंग रहेका युवा रामदिन चौधरी प्रहरीमा कार्यरत रहेको खुलेको छ । बुधबार विहान...

गाँजा तस्कर दुई महिला पक्राउ

महोत्तरी । महोत्तरीको जलेश्वरमा आईतवार प्रहरीले ठूलो परिमाणमा गाँजासहित दुई जना महिलालाई पक्राउ गरेको छ । पक्राउ...

हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज राति देशका अधिकाश भू–भागमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...

ई-पेपर

(Visited 64 times, 1 visits today)