जनकपुरमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

जनकपुरधाम । कोरोना पोजेटिभ भई धनुषा जिल्लामा थप एक जनाको मृत्यु भएको छ । जनकपुरधाम प्रादेशिक अस्पतालको आइशोलेसनमा उपचार गराइरहेकै बेला मृत्यु भएको छ । कोरोना पोजेटिभ भई गत साउन ८ गतेदेखि नै ओइशोलेसनमा भर्ना भएका विदेह नगरपालिका वडा नं. ८ का ६० वर्षिय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनलाई ज्वरो आइरहेको थियो र लामो समय देखि लक्ष्ण रहेको प्रादेशिक अस्पताल कोभिड १९ का संयोजक डा. जामुन सिंहले बताए । उनको ट्राभल हिस्ट्री भने खुल्न वाँकी रहेको र शव व्यवस्थापनको तयारी भइरहेको छ । यससंगै कोरोना संक्रमणवाट धनुषामा मात्र मृत्यु हुनेको संख्या तिन पुगेको छ । आइतबार मृत्यु भएका जनकपुरधामको कदमचौक स्थित विनय तारा फाउन्डेशन अस्पतालमा सुरक्षा गार्डको रुपमा कार्यरत एकजना पुरुषको पनि कारोना संक्रमण रहेको थियो । मिथिला विहारी वडा नं. ५ ललियाका उनी थिए ।

एकसाता अघि धनुषाका शहीदनगर नगरपालिका डुमरियाका ३८ वर्षीय एक युवकको उपचारको क्रममा मृत्यु भएको थियो । साउन १० गते उपचारका लागि प्रादेसिक अस्पतामा भर्ना गरिएको थियो । भेन्टिलेटरको अभावमा ती युवकलाई विराटनगर तर्फ रेफर गर्दा बाटोमै मृत्यु भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 193 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

शेरको सवारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखरा–१८ मा फेरि मतगणना गर्न अदालतको आदेश