म्यान्चेस्टर युनाइटेड र इन्टर मिलान युरोपा लिग फुटबलको सेमिफाइनलमा

काठमाडौं । इग्लिस फुटबल क्लब म्यान्चेस्टर युनाइटेड र इटालीको इन्टर मिलान युरोपा लिग फुटबलको सेमिफाइनलमा पुगेका छन् । गएराति भएको क्वाटरफाइनल खेलमा डेनमार्कको एफसी कोपनहेगनलाई १–० ले हराउँदै म्यान्चेस्टर युनाइटेड सेमिफाइनलमा पुगेको हो भने जर्मनीको बायर लिभरकुजेनलाई २–१ ले हराउँदै इन्टर मिलान अन्तिम चारमा स्थान बनाउन सफल भयो ।

म्यान्चेस्टरका लागि ब्रुनो फर्नान्डेजले अतिरिक्त समयमा निर्णायक गोल गरे । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि थपिएको अतिरिक्त समयमा फर्नान्डेजले पेनाल्टीमार्फत गोल गरेका हुन् ।

गएराति नै सम्पन्न अर्को खेलमा जर्मनीको बायर लिभरकुजेनलाई २–१ ले हराउँदै इन्टर मिलान पनि अन्तिम चारमा प्रवेश गर्‍यो । खेलमा इन्टरलाई विजयी गराउन रोमेलु लुकाकु र निकोलो ’boutलाले १–१ गोल गरे । लिभरकुजेनका काई हाभर्ट्जले एक गोल फर्काए ।

तपाइको प्रतिक्रिया
(Visited 420 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

१० माघ २०८१

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीको मोहन्याल गाउँपालिका अध्यक्ष उपाध्यायको शपथ रोक्न आयोगको निर्देशन