उदयपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ईटहरीले उदयपुरका दुई वन अधिकृत सहित ६ जनालाई घुस लिएको आरोपमा नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । सप्तकोशी नदिले बगाएर ल्याएको काठ निकालेर चिरेको आरोपमा बेलका नगरपालिका– ३ चिलिया टप्पुका एक स्थानीयसँग १७ हजार रुपैया घुस लिएको आरोपमा वनका ६ जना कर्मचारी पक्राउ परेको हो ।
पक्राउ पर्नेमा सब डिभिजन वन कार्यालय रामपुरका प्रमुख सहायक वन अधिकृत बिनोद साह, सब डिभिजन वन कार्यालय मैनामैनीका प्रमुख सहायक वन अधिकृत शिवनारायण यादब सहितको संयुक्त गस्ती टोलीले बेलका नगरपालिका– ३ चिलिया टप्पुस्थित भाटेपुलका स्थानीयबासी गोबिन्द राईले सप्तकोशी नदिले बगाएर ल्याएको उतिस र चिलाउने जातको टुटा निकालेर घरमा राखि दाउराका लागि चिर्दै गरेको अबस्थामा भेटि १७ हजार रुपैया लिएको थियो ।
कोशीले बगाएर ल्याएको दाउरा निकालेर चिर्दा पनि वन कर्मचारीले पक्राउ गर्ने नत्र बिगो बराबरको १७ हजार मागेपछि राईले आफुसँग नभए पनि गाउँमा खोजेर उनीहरुलाई १७ हजार दिएको बताए । वन कर्मचारीले अनाबश्यक रुपमा दुख दिएको भन्दै स्थानीयबासीले तत्काल वन कर्मचारीलाई घेरा हालेर पक्राउ गरि सोमवार ईलाका प्रहरी कार्यालय रामपुरलाई बुझाएको थियो ।
कोशीले बगाएर ल्याएको दाउरा निकालेर चिर्दा पनि वन कर्मचारीले पक्राउ गर्ने नत्र बिगो बराबरको १७ हजार मागेपछि राईले आफुसँग नभए पनि गाउँमा खोजेर उनीहरुलाई १७ हजार दिएको बताए
वनका दुई वटा सब डिभिजन कार्यालयबाट संयुक्त रुपमा आठ जनाको टोली कोशी टप्पु तर्फ सोमवार गस्तीमा निस्केका थिए । स्थानीयबासीले दैनिक जिविकोपार्जनका लागि ज्याला मजदुरी गरि खाने बिपन्न गरिब राईसँग १७ हजार रुपैया घुस लिएको भन्दै पक्राउ गरि प्रहरीलाई खबर गरेको थियो । उनीहरुले २ जनालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको भए पनि राती अन्य चार जनालाई नियन्त्रणमा लिएको र बाँकी २ जना भागेको बताए ।
पक्राउ पर्नेमा सहायक वन अधिकृत बिनोद साह, सहायक वन अधिकृत शिवनारायण यादब, मैनामैनी सब डिभिजनका फरेष्टद्धय बिशेश्वरप्रसाद चौधरी, शैलेन्द्र झा, बन रक्षक मनोज राउत र रामपुर सब डिभिजन कार्यालयका फरेष्ट रमेश राई रहेको ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक रामचन्द्र साहले बताए ।
उनीहरुलाई बेलका नगरपालिका– ३ भाटेपुलका स्थानीयहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् । कोशीटप्पुमा रामपुर र मैनामैनीको संयुक्त वन गस्ती टोलीले अबैध उतिस र चिलाउने काठ स्थानीयहरुले काटि रहेको अवस्थामा फेला बताएका थिए । गस्ती टोलीले पक्राउ नगरी १७ हजार लिएर छाडने भएपछि स्थानीयहरुले घेरा हानेर उनीहरुलाई पक्राउ गरि ईलाका प्रहरी कार्यालय रामपुरलाई खबर गरि बुझाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक (एसपी) भिमबहादुर दाहालले बताए ।
पक्राउ परेका वन कर्मचारीको अख्तियार दुरुपयोग अनुसन्धान आयोग ईटहरीको टोलीले छानबिन गरि राखेको जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पौडेलले बताए । डिभिजन वन कार्यालय गाईघाटका प्रमुख अम्बिकाप्रसाद पौडेलले घटनाको ’boutमा आफुलाई कसैले पनि जानकारी नगराएको बजारमा हल्ला सुनेको प्रतिक्रिया दिए । घटनास्थलमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट आएका चार जनाको टोलीले अनुसन्धान थालेको ईलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।