दोहा । अर्घाखाँची सेवा समाज कतारको आयोजनामा तेस्रो वनभोज तथा बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कतारको साहानिया स्थित “अल दोसरि जु” मा शुक्रवारको दिन बृहत् सांस्कृतिक तथा वनभोज कार्यक्रम सम्पन्न भएको हो ।
विशेष आकर्षण रूपमा रहेका गायक बेल्वासेले कार्यक्रमलाई रौनक दिनलाई कुनै कन्जुसाई गरेनन् । ७०० भन्दा बढी दर्शक उपस्थित रहेको कार्यक्रममा बेल्वासेले आधा दर्जन गीतमा आफ्नो सुमधुर स्वर मार्फत उपस्थितलाई नचाई नै रहे ।
उपस्थित दर्शक आफू मात्र नाचेनन् उनलाई समेत काँधमा राखेर नचाउन सफल रहे ! गायक बेल्वासेले माली गाईले बाछी चाटेको,तिम्रो जोबन देउन् बास गरी, रातोघलेकीमा जस्ता चर्चित गीत पस्केका थिए भने कार्यक्रमको अन्त्यमा गायिका इन्दिरा शाही सँगको लोकदोहोरी घम्सा घम्सीले पनि निकै कार्यक्रमको आकर्षण बन्यो । त्यस्तै गायक दीपेन्द्र सुनार,राम कृष्ण परियार,सन्दीप राई,पूजा गजुरेल साथै नृत्य तर्फ मोडल तथा डान्सर उर्मिला लामा,मगर सघं कतारका ग्रुपिंङ नृत्यले पनि कार्यक्रम कार्यक्रममा रौनक थपेको थियो ।
कार्यक्रममा विभिन्न वक्ताहरूले शुभकामना मन्तव्य राखेका थिए l मन्तव्यकै क्रममा कार्यक्रममा प्रमुख अतिथि एनआरएनए ( आई सी सी ) मध्यपूर्व संयोजक प्रवीण गुरुङले कतारमा अर्घाखाँची सेवा समाज कतार एउटा छुट्टै विशेषता बोकेको संस्था भएको बताउँदै समाजले विगतका दिनहरूमा गरेका विभिन्न सामाजिक कार्यको प्रशंसा गर्दै संस्थाको उन्नति र प्रगतिको कामना गरे ।

संस्थाका सल्लाहकार तथा कार्यक्रम संयोजक केदारनाथ भुसालले स्वागत मन्तव्य,औपचारिक महासचिव बालाराम पाण्डे र सांस्कृतिक कार्यक्रम सचिव अनिल परियारले सहजीकरण गरेका थिए । अर्घाखाँची सेवा समाज कतारका अध्यक्ष तथा कार्यक्रमका सभापति टेक राज थापाले बोल्दै समाजले गरेको वनभोज तथा बृहत् सांस्कृतिक कार्यक्रममा उपस्थित भएर सभ्य तथा भव्य रूपमा सफल बनाइदिनु हुने सम्पूर्ण सघं संस्थाका प्रतिनिधि,कलाकार,सल्लाहकार, कार्यसमितिका पदाधिकारी लगायत विभिन्न समय तथा कार्यहरूमा सहयोग गर्नेप्रति धन्यवाद टक्राउँदै आगामी दिनहरूमा कतारमा रहेर अझै समाजले सामाजिक कार्यमा डटेर लाग्ने बताउँदै कार्यक्रमको समापन गरेका थिए।
